CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कम्प्युटरमा काम गर्नेले कसरी दिने आँखालाई आराम ?

कम्प्युटरमा काम गर्नेले कसरी दिने आँखालाई आराम ?

eye on computerअहिले कम्प्युटर हाम्रो जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । मानिस धेरै कामको लागि कम्प्युटरमै निर्भर हुँदै गएको छ ।
कुर्सीमा बसेर लामो समयसम्म कम्प्युटरको पर्दामा हेरेर किबोर्डमा हात चलाउँदै काम गर्नुपर्ने मानिसलाई धेरैले सजिलो काम गर्ने मान्छेको रुपमा हेर्लान् तर कम्प्युटरमा लामो समयसम्म काम गर्नु निकै सकसको काम हो र यसको प्रत्यक्ष असर हाम्रो
आँखामा पर्छ ।
यसका कारण कहिलेकाहीँ हाम्रो आँखा रातो हुन्छ र थकान महसुस हुन्छ । धेरै लामो समयसम्म उच्च प्रकाशमा कम्प्युटरमा काम गर्दा आँखाको दृश्यशक्तिमा पनि असर पर्छ ।
त्यसकारण कम्प्युटरको स्त्रिmनको प्रकाश सन्तुलित बनाउन आवश्यक हुन्छ । अर्थात् स्त्रिmन आवश्यकता भन्दा बढि चम्किलो वा निकै अँध्यारो पनि हुनुहुँदैन । कम्प्युटरमा काम गर्नेहरुले आँखालाई स्वस्थ राख्नका लागि निम्न उपाय अपनाउनु आवश्यक हुन्छ –
आँखाका लागि विश्राम- कम्प्युटर स्क्रिनमा लगातार आँखा गाढेर काम गरिरहँदा यसले आँखामा दबाब पर्छ । त्यसैले केही बेरका लागि विश्राम गर्नु वा कम्प्युटरको पर्दाबाट आँखा हटाउनु आवश्यक हुन्छ । केही बेरका लागि कम्प्युटरबाट आफ्नो नजर हटाएर टाढा केही चिजमा हेर्नुहोस् । २०-३० मिनेटको अन्तरालमा आफु बसिरहेको कुर्सीबाट उठेर केही छिनको लागि कतै टहल्नु लाभदायी हुन्छ ।
आँखा झिम्काइरहनुपर्छ- लगातार आँखा झिम्काउनाले आँखालाई सुख्खा बनाउनबाट बचाउँछ र यसले आँखामा पर्ने दबाब पनि कम गर्छ । कम्प्युटरमा काम गर्नेले हरेक ३-४ सेकेण्डमा आँखा झिम्काउनु पर्छ । आँखा नझिम्काइकन एकटकले लामो समयसम्म कम्प्युटरमा हेरिरहँदा यसले आँखालाई सुख्खा बनाउनुका साथै आँखाको दृष्टिशक्तिमा पनि असर पूराउँछ ।
स्क्रिनको प्रकाश कम गर्नुहोस्- यदि कम्प्युटरमा काम गर्दा टाउको दुख्ने वा आँखा बिझाउने जस्तो समस्या आउने गर्छ भने कम्प्युटरको स्त्रिmनको ब्राइटनेस तथा कन्ट्रास्ट एडजस्ट गर्नुहोस् ।
कम्प्युटर मैत्री बन्नुहोस्- कार्यवातावरणमा पर्याप्त प्रकाश छ छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । एसी वा पंखाको सिधै तल नबस्नुहोस् । यसो गर्दा आँखा सुख्खा हुने र टाउको दुख्ने समस्या पैदा हुनसक्छ ।

साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis