CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रसेन्द्रकी छोरी भेट्दा नेताहरु मख्खै ! बलीउड, हलीउड छाडेर गुजराती व्यापारीको संगत

रसेन्द्रकी छोरी भेट्दा नेताहरु मख्खै ! बलीउड, हलीउड छाडेर गुजराती व्यापारीको संगत

janisha bhattarai 5२५ कात्तिक, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतलाई भेट्न गुजराती व्यापारीको एउटा टोली सोमबार दिउँसो मन्त्रालयमा प्रवेश गर्‍यो । टोलीमा गगल्स लगाएकी एउटी नेपाली चेली पनि थिइन् ।
भारतीय व्यापारीमार्फत नेपालमा लगानीको खोलो बगाएर नेपाललाई हराभरा बनाउने दाबी गर्ने यी महिला अरु कोही नभएर नेपाली ‘नटवरलाल’को पहिचान बनाएका स्व. रसेन्द्र भट्टराईकी कान्छी छोरी हुन् भन्ने शायद मन्त्री बस्नेतले पनि पत्तो पाएनन् ।
रसेन्द्र भट्टराई तिनै व्यक्ति थिए, जसले आफूलाई नेपालको सबैभन्दा धनी व्यक्ति भन्दै सोल्टी
होटलमा बसेर कान्तिपुर दैनिकलाई झुक्याएका थिए । ०६० साल कात्तिक २ गते ‘पाँच डलरबाट खर्बपति भए नेपाली’ शीर्षकमा रसेन्द्रको तस्वीरहित कान्तिपुरमा मुख्य समाचार छापिएको थियो । सो सामाचारमा उनी २० वर्ष विदेशमा बसेर नेपाल फर्केको, अमेरिकाका र्जज बुस र विल क्लिन्टन साथी रहेको र आफ्नै निजी विमानस्थल र विमानसमेत रहेको उल्लेख थियो ।
नेपाली मूलका ‘नटवरलाल’ रसेन्द्रले नेपालकै धनी दाबी गरे पनि सोल्टी होटलमा ६० दिन बसेर खाएको पैसा तिर्न नसकी बदनाम अवस्थामा उनको दयनीय स्थितिमा निधन भएको थियो । उनैको काण्डले गर्दा सम्पादक युवराज घिमिरेले कान्तिपुरबाट राजिनामा दिनु परेको थियो । रसेन्द्रलाई अहिले पनि चर्चित ‘ठग’का रुपमा नेपाली मिडियाले सम्झने गरेको छ ।
तिनै रसेन्द्रकी कान्छी छोरी जनिशा भट्टराईले यतिबेला पिताको जस्तै भूमिकामा अगाडि आएकी छन् । उनका पिताले मिडियालाई झुम्याएका थिए भने छोरीले चाँहि ठूल्ठुला नेता र मन्त्रीलाई मख्ख बनाउन थालेकी छन् । जनिशाले एमाओवादी अध्यक्ष प्रचण्डदेखि एमाले पूर्वअध्यक्ष झलनाथ खनाललाई समेत मख्ख पारेकी छन् ।
janisha bhattarai 5
जेनिशाले केही वर्ष अघिसम्म हलिउड र बलिउडका कलाकारलाई नेपालमा ल्याउने र नेपाली चलचित्रलाई स्तरीय बनाउन तालिम दिने बताएकी थिइन् । तर, अहिले उनले पेशा परिवर्तन गरेर गुजरातका व्यापारीलाई नेपाल भित्र्याउने अभियान सुरु गरेकी छन् ।
सोमबार ‘गुजरात सुरत’का भारतीय व्यापारीलाई नेपालमा लगानी गर्न लगाउने भन्दै जनिशाले उद्योगमन्त्री महेश बस्नेतसमक्ष पुर्‍याइन् । उनले टेक्सटायल र मोतीमाला (लखौटा)का व्यापारीलाई मन्त्री बस्नेतसँग भेट गराएकी हुन् ।
बेलायतमा पढेर नेपाल आएकी बालुवाटार निवासी जनिशाले भारतबाट लगानी भित्र्याएर नेपालमा विकासको मूल फुटाउन सकिने योजना उद्योगमन्त्री बस्नेतलाई सुनाएकी छन् ।
उनले आफ्ना पिता रसेन्द्र भट्टराईले चिनाइदिएका विदेशीहरुका आधारमा भारतीय व्यापारीसँग पहुँच बढाएको दाबी गरेकी छन् ।
पावर ब्रोकरको भूमिकामा देखापरेकी जनिशाले एमाओवादी अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, वर्षमान पुन अनन्त, एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेट गर्न भ्याइसकेकी छन् । नेतासँग खिचेका यिनै तस्वीर देखाएर उनले भारतीयलाई आफ्नो पहुँच माथिसम्म रहेको प्रमाण पेश गर्छिन् ।
सभामुख सुवासचन्द्र नेम्वाङ र एमाले नेता भरतमोहन अधिकारीसँग पार्टीमा भेट्दा खिचिएका तस्वीरलाई पनि जनिशाले ‘क्यास’ गर्दै भारतीय व्यापारीसँग सम्बन्ध बढाइरहेकी छन् ।
खिलराज सरकारका गृहमन्त्री माधव घिमिरे र बाबुराम सरकारका सञ्चारमन्त्री राजकिशोर यादवसँग खिचेका तस्वीरलाई पनि उनले आफ्नो पहुँच विस्तारको माध्यम बनाएकी छन् ।
जनिशाले भारतमा आफ्नो सम्पर्क बीजेपी नेतासँग पनि सुमधुर रहेको दाबी गर्ने गरेकी छन् । भारतमा रोटरी क्लबलगायत कतिपय संस्थाको कार्यक्रममा खिचिएका तस्वीरलाई जनिशाले ‘क्यास’ गरेकी छन् । बाबुराम भट्टराई बिरामी भएपछि जनिशाले आफ्नो फेसबुकमा बढ्ता धपेडी नगर्न आफूले भट्टराईलाई भनेको र उनले आफ्नो कुरा नसुनी हात्तीले जसरी काम गर्दा बिरामी भएको लेखेकी छन् ।
प्रचण्डसँग हात मिलाएको तस्वीर सार्वजनिक गर्दै उनले प्रचण्ड आफ्नो घरमा आउँदा खिचेको तस्वीर भनेकी छन् ।
janisha-bhattarai-6
वर्षमान पुनसहित खिचिएको तस्वीर भने प्रचण्ड निवासमै खिचिएको हो । माधव नेपालसँग खिचिएको तस्वीरमा पनि नेता नेपालकै घरको पृष्ठभूमि देखिन्छ ।
भारतीय व्यापारीको लगानी भित्र्याउने जनिशाको अभियानमा एमाओवादीका पूर्वसभासद खिमलाल देवकोटा र एमाओवादी नेता बीकेमान श्रेष्ठलेे समेत सहयोग गरिरहेका छन् । नेपालबाट परम आनन्द, सोनाम शेर्पा र उषा कार्कीले पनि आफ्नो मिसनलाई सघाइरहेको जनिशाले बताएकी छन् ।
janisha bhattarai 4राति आफ्नै घरमा पाकिस्तानी सैनिक अधिकारी ?
भारतीय व्यापारीसँग हातेमालो गरिरहेकी जनिशाले आफ्नो फेसबुकमा राखेको राति खिचिएको एउटा तस्वीर काठमाडौंस्थित पाकिस्तानी दूताबासका मिल्ट्री एट्याचीको भएको र उनी आफ्नै घरमा आएका बेला तस्वीर खिचिएको बताएकी छन् ।
पाकिस्तानी मिल्ट्री अट्याचीलाई आफ्नै घरमा राति निम्त्याउन सक्ने खुबी भएकी रसेन्द्रपुत्रीले अहिले भारतीय व्यापारीलाई उद्योग मन्त्रालयसम्म पुर्‍याउने एजेन्टको भूमिका निभाइरहेकी छन् ।
केही समय पहिले उनले एक साप्ताहिक पत्रिकालाई दिएको अन्तरवार्तामा पिता रसेन्द्र भट्टराईका अधुरा सपना पूरा गर्ने प्रयास गरिरहेको बताएकी थिइन् ।
तत्कालीन युवराज पारससँग पनि
त्यसो त जेनिशाले सत्ता र शक्तिमा भएका बेला तत्कालीन युवराज पारस शाहसँग पनि फोटो खिच्न भ्याएकी थिएन् । ज्ञानेन्द्रपुत्री प्रेरणासँग लण्डनमै तस्वीर खिचाएकी उनले ‘मुमा बडामहारानी’सँग खिचेको तस्वीर पनि सार्वजनिक गरेकी छन् ।janisha bhattarai 2
विगतमा राजपरिवारसँग नजिक भएकी उनी अहिले एमाओवादी नेताहरुको किचनसम्मै पुग्न थालेकी छन् । तर, एमाओवादी सत्तामा नरहेपछि अब उनले महेश बस्नेतसँग सम्बन्ध सुमधुर बनाउने अभियान अघि बढाएकी हुन् ।
janisha bhattarai 1 janisha bhattarai 3

साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis