अपरिचित नम्बरबाट मिस कल वा म्यासेज आयो? झुक्किएर पनि कल ब्याक नगर्नुस् तपाई ठगिन सक्नु हुन्छ। विशेष गरी विदेशबाट आउने मिस कल तथा सन्देश ठग्नकै लागि आएको पाइएको छ।
+९२३३२०७६८१८९ , +९२३०४७१७५९० वा यस्तै नम्बरबाट मिल कल आयो भने बुझ्नुस् तपाई ठगिदै हुुनुहुन्छ। तपाईले कल व्याक गर्ने वित्तिकै उनीहरुले तपाईलाई नेपाल टेलिकम, कौन बनेगा करोडपति वा यस्तै कुनै संस्था वा
कार्यक्रमको नाम दिएर पच्चिस लाख, पचास लाख रुपैयाको चिठ्ठा वा लट्री परेको बताउँछन्।
थप जानकारी दिनका लागि मोबाईलमा तीन सय रुपैया रिचार्ज गरी फेरि फोन गर्न भन्छन्। फेरि फोन गर्दा बैंक एकाउण्ट माग्छन्। मिलेसम्म तपाईको एटिएम कार्ड नम्बर र पिन कोड माग्छ।
नभए चिठठामा परेको रकम लिनका लागि सरकारको कर तिर्नु पर्ने भएकाले बीस हजार रुपैया भारु पठाउन आग्रह गर्छन्। त्यसरी रकम पठाउँदा नजिकको सिमावर्ती भारतीय शहरमा पुगेर पठाउन आग्रह गर्छन्। रकम पठाउनु भयो भने तपाईको रकम ठगियो ढुक्क हुनुुस्।
करिब एक साता देखि धेरै नेपालीलाई यस्तो मिलकल आएको छ। धेरैले यसको पछि लागेर बैंक एकाउण्ट, एटिएम कार्ड नम्बर उपलब्ध गराइरहेका छन्। आफू ठगिएको कुरा बताउन लाज लाग्ने भएकाले ठगिएकाले पनि यो कुरा गोप्य राखिरहेका छन्। कति नेपाली ठगिइसके कति ठगिने क्रममा छन् यकिन हुन सकेको छैन। यसलाई कस्ले रोक्ने हो त्यो पनि ठेगान छैन।
तपाईँ वा तपाईँका चिनेजानेकाले पनि यस्तै भोगेका छन्? तल कमेन्टमा जानकारी दिनुस्। ठगिनबाट अरुलाई जोगाउनुस्।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !