CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » मोबाइल हरायो ? अब तपाईंकै फोनले चोरको फोटो खिचेर पठाइदिन्छ

मोबाइल हरायो ? अब तपाईंकै फोनले चोरको फोटो खिचेर पठाइदिन्छ

lost phoneमोबाइल चोरिनु संसारभरी नै निकै ठूलो समस्या बन्दै गएको छ । सन् २०१३ मा अमेरिकामा मात्र करिव ३० लाख मोबाइल सेट चोरी भएको रिपोर्टबारे हामीले तपाईंलाई बताइसकेका छौं ।
यो डरलाग्दो समस्याबाट जोगिन मोबाइल सुरक्षासँग सम्बन्धित धेरै कम्पनीहरुले काम गरिरहेका छन् । स्वयं स्मार्टफोन उत्पादकहरुले पनि यसबारे गृहकार्य गरिरहेका छन् ।

तर, मोबाइल एप्स निर्माताहरुले भने केही रोचक फिचरसहित यस्ता एप्स सार्वजनिक गरिरहेका छन् । यदि तपाईको स्मार्टफोन वा ट्याबलेट चोरी भयो भने खोजीका लागि धेरै चिन्ता गरिरहनुपर्दैन, किनभने तपाईको स्मार्टफोनले चोरको फोटो खिचेर तपाईसम्मक्ष पठाउँछ ।
लुकआउट एप्सको प्रिमियम भर्सन एप्सले यस्तो अनौठो सुबिधा ल्याएको हो । यसमा रहेको थेफ्ट अलर्ट सिस्टमले तपाईको मोबाइल फोन कुन लोकेसनमा छ भन्ने पत्ता लगाई चोरको तस्वीरसमेत खिच्नेछ ।
तपाईको फोन चोरेर लगेपछि चोरले स्क्रिन लक अन गर्नासाथ फोनको अघिल्लो भागमा रहेको क्यामेराले चोरको फोटो खिचेर तपाईको इमेलमा पठाउने छ ।
एप्सको निर्माताले भनेका छन– तपाईले यो तस्वीर प्रहरीलाई दिएर चोर पक्रन सक्नुहुन्छ ।’
लुकआउटको प्रिमियम भर्सनका लागि ग्राहकले हरेक महिना ३ डलर र बार्षिक ग्राहक बन्दा ३० डलर तिर्नुपर्छ ।
एप्समा यो सेवा लिएपछि कसैले फोनको स्क्रिन खोल्दा, सिम निकाल्न खोज्दा वा एरोप्लेन मोडमा राख्न खोज्दा सम्बन्धित इमेलमा अलर्ट गर्ने छ ।
तत्कालका लागि यो सेवा एन्ड्रोइड स्मार्टफोनमा मात्र उपलब्ध छ । एप्पल फोनले एप्समार्फत् अग्रभागको क्यामेरा कन्ट्रोल गर्ने अधिकार नदिएका कारण आइफोनमा यो सुबिधा दिन नसकिएको निर्माताले बताएको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis