CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रेखाको अमिताभ मोह

रेखाको अमिताभ मोह

रेखाको अमिताभ मोह
हालै ६० वर्षीया अभिनेत्री रेखाको फिल्म 'सुपर नानी' आयो। रेखाको उम्दा अभिनय र सुन्दरताले बलिउडमा कमाल देखाए पनि यस फिल्मले भने खासै कमाल देखाउन सकेन। फिल्मको चर्चा यत्तिकै सेलायो। तर, रेखा र अमिताभको 'लभ स्टोरी' भने बलिउडकर्मीका लागि जहिले पनि 'हट टपिक' हो।
फिल्म 'कुली' को सुटिङका क्रममा अमिताभ घाइते भए। उनको स्वास्थ्यलाभको कामना गर्ने लाखौँ भारतीयमध्ये रेखा पनि एक थिइन्। त्यतिबेला रेखा अमिताभको प्रेममा परेकी थिइन्। अमिताभ मुम्बईको क्यान्डी हस्पिटलमा जीवन र मृत्युको दोसाँधमा हुँदा उनी मन्दिर–मन्दिर चहार्दै थिइन्। हजारौँ मानिस दिनहुँ अमिताभलाई भेट्न हस्पिटलमा आउँथे। फूल र शुभकामना सन्देशको अस्पतालमा थुप्रो नै लागेको थियो।श्रीमती जया बच्चन सेवारत थिइन्। छोरा अभिषेक र छोरी श्वेता सानै थिए। आफ्ना श्रीमान्को जीवनका लागि जया लागिपरेकी थिइन्। रेखा आफ्ना प्रेमीलाई भेट्न चाहन्थिन् तर जान सकिनन्। किनकि, जया उनी र अमिताभबीच पर्खाल बनेर उभिएकी थिइन्। प्रेमीको हालखबर जान्नका लागि रेखा व्याकुल थिइन्। भेट्न जाँदा आफू र जयाबीचको विवादले अमिताभको स्वास्थ्यमा असर पुर्या्उला कि भन्ने डरले उनी अस्पताल जान सकिनन्। तर, उनको व्यग्रता बढ्दै गयो र मन अस्पतालतिरमात्र तानिन्थ्यो। पछि उनले अमिताभलाई भेट्ने जुक्ति निकालिन्– बिहानै अस्पताल जाने। 'त्यतिबेला जया हुँदिनन् होला, भए पनि निद्रामा हुन्छिन् होला,' भन्ने रेखाले अनुमान गरिन्। त्यस समयमा रेखा अमिताभका सुस्वास्थ्यका लागि कठिन पूजापाठ गर्थिन् र मन्दिर जान्थिन्। एक दिन पूजा गरेपछि उनी आफ्ना साथी शरद पाण्डेसँग क्यान्डी हस्पिटल पुगिन्। रेखाको चाहना पूरा भयो। उनले टाढाबाट अमिताभको अनुहार हेर्न पाइन्। तर, आफ्नो प्रेमीको अवस्था देखेर उनी झस्किइन्। अमिताभ आईसीयूमा थिए। पूरै शरीर पाइपले बेरिएका थियो, औषधि, मेसिन र अचेत थिए अमिताभ। यो देखेर रेखाले आँसु थाम्न सकिनन्। उनले भगवान् मात्र एउटा सहारा ठानिन् र तीर्थस्थल भ्रमणतिर लागिन्। उनी उज्जैनको महाकालेश्वर मन्दिर गइन् र त्यहाँ १ लाख २५ हजार जप गराइन्। त्यसपछि तिरुपति श्रीबेंकटेश्वर बालाजीको मन्दिर गइन्। रेखा पैदलै मन्दिर पुग्थिन् र अमिताभको स्वास्थ्य लाभको कामना गर्थिन्।
भनिन्छ, जयाले यही मौका छोपेर द्वेष पोखिन्। उनले रेखाविरुद्ध अमिताभका कान भरिन्। आफू अचेत भएर मृत्युसँग लडिरहँदा रेखा पार्टीमा व्यस्त भएको सुन्दा महानायकको मन अमिलियो। आगोमा घ्यूको थप्ने काम गर्योा सञ्जय दत्त र रेखाको अफेयरको झुटो खबरले। उनले सञ्जयलाई डेट गरिरहेकको कुरा अमिताभलाई सुनाइयो। यो कुरा सुन्नेबित्तिकै उनी रेखाप्रति रिसले आगो भए। पछि रेखाले फिल्म 'उमराव जान' को पार्टीमा बोलाउँदा पनि उनी आएनन्। जयाले आफूले रेखालाई भेट्न कुनै रोक नलगाएको तर रेखा आफैँ उनलाई भेट्न चाहेको कुरा अमिताभलाई सुनाएकी थिइन्।
स्वास्थ्यमा सुधार आएपछि रेखा शशि कपुरसँग अमिताभलाई भेट्न अस्पताल पुगिन्। आफूलाई अमिताभले नदेखेझैँ गरेपछि उनी चुपचाप त्यहाँबाट निस्किइन्। स्वास्थ्य सुधि्रएपछि अमिताभ आफ्नो बंगला 'प्रतीक्षा'बाट फ्यानहरूलाई हात हल्लाउँथे र धन्यवाद दिन्थे। रेखा पनि कालो सिसा भएको गाडीमा बसेर उनलाई हेर्थिन्। तर, अमिताभले यो कुरा कहिल्यै थाहा पाएनन्। रेखाले अमिताभका लागि धेरै त्याग गरिन्, कष्ट गरिन् र पर्खिइन्। तर, अमिताभको मनमा उनका लागि उपेक्षामात्र थियो। यसपछि रेखा अप्ठ्यारो समयबाट गुजि्रन् तर अमिताभले सोधखबर केही गरेनन्। यो कुराले रेखा झन् टुटिन्। एक पत्रिकामा अन्तर्वार्ता दिने क्रममा उनले भनेकी थिइन्– 'तपाईं कसैलाई मन पराउनुहुन्छ र उसले तपाईंको वास्ता नगरोस्। यस्तो मायाको के गर्नु?'
साभार : शुक्रबार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis