काठमाडौँको यौन बजारमा स्टाफ भन्ने शब्द अहिले चल्तीमा छ। यौनकर्मीहरू प्रहरी, चालक आदिलाई स्टाफ भन्छन्। आफूलाई स्टाफ बताउनेहरू यौनप्यास मेटेर यौनकर्मीको चित्त दुख्नेगरी छुट माग्छन्। छुट दिए ‘रेड' हान्ने बेलामा सहयोग गर्ने आश्वासन दिन्छन्। उता, चालकहरू चाहिँ नयाँ ग्राहक ल्याइदिने आश देखाउँछन्। यौन बजारको यो स्टाफ र छुटको बेहोरा उतारेका छन्, धनबहादुर खड्का र अम्मर जिसीले।
स्टेसन सोह्रखुट्टे
दिउँसो २ बजे। सोह्रखुट्टे प्रहरी वृत्त र क्षेत्रपाटी चोकबीचको एउटा खाजाघरमा चलहपहल निकै छ। हावाले हल्लिएर भित्रको कर्मकाण्ड छ्याङ्ङै नहोस् भनेर पहेँलो रङको पर्दामा गह्रौँ ढुंगा झुन्ड्याइएको छ। भित्र तालतालका ग्राहक र युवती आ–आफ्नै धुनमा मस्त छन्। पछाडिपट्टिको टेबुलमा खाँदिएर छिल्लिइरहेका युवती भने नयाँ अनुहार देख्यो कि आँखा झिम्क्याउँदै आफैँतिर आकर्षित गर्न कस्सिन्छन्।
काउन्टरमा आसीन ‘साहूजी' बाहिरबाट आउने हरेक ग्राहकलाई ‘आज कोसँग?’ भन्दै केटी छान्न लाउँछन्। पुराना ग्राहक ढिलो नगरी औँलाले देखाउँदै काठको भर्यारङ उक्लिहाल्छन्। बुढा ठट्टा पनि गर्न भ्याउँछन्, ‘घर भत्केला है।' माटो र काठले बनेको थोत्रो घर भत्केला भन्ने पनि चिन्ता छ उनलाई। नौला ग्राहक भने अलि बेर प्रत्येकका अनुहार नियालेर मन डुलाउँदै कोही न कोहीमा औँलो तेर्स्याइहाल्छन्। होटल पसेका कसैले पनि ‘सेवाविमुख' हुनुपर्दैन। माथिल्लो तलमा एकपटकमा चार जोडीले रमाइलो गर्न पाउँछन्। काम सकेका ग्राहक खनखन पैसा गन्छन्। हरेक युवतीको आफ्नै रेट छ। पाँच सयदेखि दुई हजारसम्म।
यसैक्रममा तीनचारजनाको एउटा हूल ‘के हुँदैछ बुढा?’ भन्दै भित्र पस्छ। बुढाको रेडिमेड उत्तर हुन्छ, ‘उही त हो नि हजुर!’ औँलाले देखाउँदै उनीहरू पनि पालैपालो भर्या ङ चढ्छन्। काम सकेर काउन्टर पुगेपछि थाहा हुन्छ। उनीहरू ‘स्टाफ’ पो रहेछन्।
‘कति भयो हाम्रो?’
‘छ सयका दरले दिनू न।’
‘छ सय! बिर्स्यौ बुढा हाम्लाई?’
‘ए, ए। त्यसको आधाउधी दिनू न।’
तीन सयका दरले पैसा गन्दै बुढालाई आश्वस्त पार्छन्, ‘रेड हान्न लाग्यो भने हामी खबर गरौँला। चुपचाप धन्दा गर।’ बुढालाई सुरक्षित महसुस भएछ क्यारे। भने, ‘हस हजुर! हजुरहरूको सहयोग नभए त हाम्रो धन्दै चौपट हुन्छ नि। फेरि पनि आउँदै गर्नुहोला।’
यो हुल बिदा भएको केही बेरपछि फेरि आफूलाई ‘स्टाफ’ बताउने अरू दुईजना काउन्टरमा पुग्छन्।
‘हजुरहरूलाई त मैले चिनिन नि’ भन्छन् साहूजी।
‘आर्मी। अस्ति पनि आथ्यौँ नि। बिर्सेको?’ एकजना भन्छन्।
‘ल, ल। दिनुस् मिलाएर। यो धन्दा गर्न कति टेन्सन छ भन्ने कुरो थाहै छ हजुरहरूलाई।’
उनीहरू गइसकेपछि दुखेसो पोख्छन् साहूजी, ‘के गर्नु? परेको बेला सहयोग गर्ने कोही होइन।’ स्टाफ भन्दै ‘डिस्काउन्ट' माग्नेको लर्को लागेपछि उनी पनि दिक्क भइसके।
स्टाफ भनेका को हुन्?
‘आर्मी र पुलिस,’ उनी भन्छन्। उनका अनुसार स्टाफ बेखुशी भए जतिबेला पनि ‘रेड’को फेला पर्नुपर्छ। कहिलेकाहीँ गाडीका चालक तथा सहचालकले पनि ‘स्टाफ हौँ’ भनेर छुट माग्छन्। ‘ट्याक्सीवालाहरूले त कहिलेकाहीँ ग्राहक ल्याइदिन्छन्,' साहूजी भन्छन्, ‘अरू गाडीका स्टाफलाई त छुट दिनुमात्र हो।’
यो होटलमा गत महिना पुग्दाको दृश्य थियो यो। यही कोठीमा गत आइतवार साँझ पुग्दा सन्नाटा थियो। दुइटी युवती र एक वृद्धमात्र बर्बराइरहेका थिए। एक ग्राहक भन्दै थिए, ‘केटी छैन?’
‘छैन। अब बन्द। साहूजीलाई पुलिसले लग्यो,' वृद्ध भन्छन्, ‘खै, लेनदेन मिलेनजस्तो छ। झ्याप्पै आएर गाडीमा एउटी केटी र साहूजीलाई हालेर लगे।’ कुरो नमिले आफ्नो अड्डा नै बन्द हुने पिरले युवतीहरू चुरोटको सर्कोसँगै सुस्केरा हाल्दै थिए।
माथिल्लो तलामा एक महिला कसैलाई फोन लाएर ‘छोड्दे भनेर फोन गर्दिनू न’ भन्दै थिइन्। छिमेकीहरू भन्दै थिए, ‘उसलाई त यस्तो कति चोटि लिएर गए, गए। कुरा मिलाउँदै छुटाउँछन्। फेरि धन्दा सुरु भइहाल्छ।'
मंगलवार त्यही होटल पुग्दा ताला लागेको थियो। यसबारे बुझ्न सोह्रखुट्टे प्रहरी वृत्त पुगियो। प्रहरी यसबारे अनभिज्ञता जनाउँदै थिए। सई मीनबहादुर खत्री ‘पछिल्लो हप्ता यौनधन्दावाला कसैलाई समाएजस्तो लाग्दैन’ भन्दै बुझ्न मुद्दा शाखामा जान्छन्। भित्र असई पदम न्यौपानेसँग केही कानेखुसी चल्छ। भित्रै बोलाउँछन् शुक्रवारकर्मीलाई। ‘ऊ हेर्नुस्। भित्र भएका तिनै चार जना हुन्। त्यस्तो कसैलाई समाइएको छैन,’ ह्वाइट बोर्डको नाम लिस्ट देखाउँछन् असई न्यौपाने। लेनदेन भएर लुकाउन खोज्या त होइन नि? भन्ने प्रश्नमा उनीहरू एकस्वरमा भन्छन्, ‘त्यस्तो अहिलेसम्म हामीबाट भएकै छैन।’
वृत्तका इन्चार्ज डीएसपी वीरेन्द्र शाहीलाई फोन गर्दा उनले खुलाए, ‘धन्दा सञ्चालक नरेन्द्रबहादुर सिंह तथा जोडी विनोद बस्नेत र सपना रानालाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउँदैछौँ।’ लेनदेन भइरहने भएर लुकाउन खोजिएको त होइन नि? उनी भन्छन्, ‘अरूलाई थाहा नभएर जानकारी नदिएका होलान्।’ यस्तो लुकामारी कहिलेसम्म चल्ने हो? उनको सजिलो उत्तर छ, ‘कडा कारबाही गर्न कानुन नै बाधक बन्छ। वेश्यावृत्तिका लागि छुट्टै कानुन आवश्यक छ। सार्वजनिक मुद्दा लगाएर सात दिनभन्दा धेरै राख्नै मिल्दैन।’ स्टाफ भनेर छुट माग्ने तथा लेनदेन गर्ने गतिविधिबारे उनले जानकारी नभएको बताए, ‘त्यस्तो भएको थाहा भए तुरुन्त कारबाही गर्छौं। हामीले आफ्नै स्टाफलाई पनि कारबाही गरिरहेको तपाईंहरूलाई थाहै छ। फेरि यो ठाउँमा हामी मात्रै छैनौँ। अरू प्रहरी पनि आउँछन्।’

स्टेसन गौरीघाट
ठमेलका अधिकांश मसाज तथा स्पाहरूमा यौनधन्दा हुने गरेको सबैलाई अवगतै छ। नयाँ बसपार्क, सुन्धारा तथा चाबहिलतिरका होटल तथा क्याफेहरूले पनि ‘सेक्स सप्लाई’ गर्ने कुरा नौलो होइन। यो बाहेकका यौन अखडा पत्ता लगाउने क्रममा गौशाला पुग्दा गौरीघाटको स्टेसनबारे सूचना प्राप्त भयो।
गौशाला, पिंगलास्थानका एक किरानापसलेले जानकारी दिए, ‘मलाई अरू त थाहा छैन। इन्द्रेणी होटलले थरीथरीका केटी सप्लाई गर्छ भन्ने मात्र जानकारी छ।’
इन्द्रेणी होटलमा पुग्दा त्यहाँका एक कर्मचारीले भने, ‘हामी त्यस्तो गर्दैनौँ। त्यस्तो चाहने ग्राहकलाई ट्याक्सीवालासँग सम्पर्क गराइदिन्छौँ। उनीहरूले रोजेरै पाइने ठाउँसम्म पुर्यातइदिन्छन्।’ नजिकैको पार्कमा भेटिए आफूलाई यो मामिलामा ‘खुंखार' बताउने ट्याक्सीचालक। ‘कस्ता खालका, कति जना, कति मूल्यका चाहिए?’ प्रश्न गर्दै एक जनालाई फोन लगाइहाले, ‘राम्रा खाले चार वटा सामान छ?’
चारजना ‘सामान’ जुटाउन केही समय लाग्ने जानकारी दिएका उनले शुक्रवारकर्मीलाई ट्याक्सीभित्रै बसालेर इतिवृत्त सुनाए, ‘यो साइडमा नेपाली सामान खोज्ने इन्डियनहरू धेरै आउँछन्। अस्ति भर्खर मैले एउटा इन्डियनलाई मिलाइदिएको। २० हजार आइसीको सामान कस्तो थियो होला, भन्नुस् आफैँ। त्यो इन्डियनले मलाई तीन हजार इनाम दियो। जस्ता भन्यो उस्तै पाइन्छन् गौरीघाटमा। अहिले यता गौशालातिरका क्याफे बन्द भइसके। ठमेलको भन्दा दामी केटी पाउने त्यही स्टेसन हो।’ उनले गौरीघाट स्टेसनको ‘लोकेसन’ पनि दिए।
त्यहाँ पुग्दा स्थानीयले एक क्याफे देखाउँदै त्यहाँ यौनकर्मीको लस्कर हुने गरको बताए। क्याफेभित्र छिर्दा चारजना केटाहरूबाहेक कोही थिएन। ‘कति जना चाहियो रे?’ सोध्छन् एकजना कर्मचारी, ‘म फोन गरेर कन्ट्याक्ट गराइदिन्छु।’
यहाँ त रोजेरै पाइन्छ रे नि, हो?
उनी भन्छन्, ‘पहिला थियो। धेरै किचकिच भएर हटाइदिएँ सब केटीहरू। पुलिस र गुन्डा पाल्नै नसकिने महँगा भए। अचेल खोज्न आउनेलाई फोनबाटै मिलाइदिन्छु।’ उनले इन्डियन ग्राहक भए अलि महँगो शुल्क लाग्ने बताउँदै चाबहिल, मित्रपार्क, गौशालातिरका धेरैजसो अखडा बन्द भएर फोनकै भरमा कारोबार चलाइरहेको जानकारी पनि दिए। शुक्रवारकर्मीको मोबाइल नम्बर लिएर ‘फिक्स भएपछि कल गर्ने’ भन्दै बिदा गरे।
केही घण्टापछि क्याफे सञ्चालकको फोन आउँछ, ‘चारजना दामी केटी मिले। होल नाइट पाँच हजार तिर्नुपर्छ एक जनाले। एकछिन हो भने तीन हजार जतिमा मिल्छ। उतै पठाइदिउँ कि लिन आउनुहुन्छ?’
स्टेसन गणेशस्थान
चाबहिल, गणेशस्थानको घरमा फ्ल्याट लिएर एउटी महिलाले सेक्स स्टेसन चलाइरहेको जानकारी प्राप्त भयो। फोनमा उनले ‘आउनुस् न यतै, छानेरै लानुस्’ भनिन्। यो स्टेसनका नियमित उपभोक्ताका अनुसार यहाँ उमेर समूहअनुसार ‘रेट’ तोकिएका केटी छानेर लान पाइन्छ। चाबहिल चोकमा पुगेर उनलाई फोन गरियो। उनले भनिन्, ‘प्रहरी र टोले गुन्डाको ल्याङल्याङले गाह्रो पार्यो । आज सकिएन। भोलि पक्का!'
आफूलाई पूजारी बताउने गणेशस्थान मन्दिरछेउका व्यक्तिले दिएको ‘लोकेसन’का आधारमा अर्काे अखडामा पुग्दा एक महिला भेटिइन्। ‘तपाईंलाई के सेवा गरौँ?’ उनले सोधिन्, ‘सबै खाले मोजमस्ती पाइन्छ।' उनले फोन लगाइहालिन्। ‘कुन होटलमा बोलाइदिऊँ?’ उनले सोधिन्। एकछिनपछि भनेर टार्दै अरू जिज्ञासा राखियो, ‘फेस टू फेस’ भेटेर रोज्न पाइन्न?' उनले भनिन्, ‘भेटेरै रोज्ने जमाना गए। अब फोन कन्ट्याक्टकै भरमा काम हुन्छ। कोठी खोलेर प्रहरी र गुन्डालाई खुशी पार्न सकिन्न। फोनमै आनन्द।’ प्रहरी र गुन्डालाई खुशी पार्नुपर्ने बाध्यताले उनलाई पनि गाँजेकै छ। दुखेसो पोखिन्, ‘भनेको भन्दा घटाएर दिन्छन् ग्राहक। त्यही पैसा प्रहरीलाई खुवाउनु कि गुन्डालाई पाल्नु? हामी पालिनु कि केटीहरू पाल्नु?’ उनका अनुसार धेरै सेक्स स्टेसनको आयाम फेरिएको छ अहिले। पहिलाको जस्तो कोठी नै खोलेर बस्ने कम भइसके। ‘पीआरकै भरमा काम गर्ने हो,’ उनले सुनाइन्।
हाँडीगाउँको पुरानो स्टेसन एउटा होटलमा पुग्दा त्यहाँ पनि कोही यौनकर्मी भेटिएनन्। कारण थियो– फोनमा सीमित यौन व्यवसाय। ‘धेरै जम्मा पारेर व्यवसाय चलाउने दिन गए। अब जति ग्राहक आउँछन्। फोनबाटै सम्पर्क गराइदिन्छौँ। यसमै आनन्द छ,’ यहाँका सञ्चालकले पनि व्यवसायलाई मोबाइलमैत्री बनाइसके।

लोकसेवा तयारी गर्दै यौनकर्मी
ठमेलको एक मसाज पार्लरमा छिर्दा कुचुक्क परेको सानो कोठामा कोचाकोच गरेर पाँचजना यौनकर्मी ग्राहक कुरिरहेका थिए। मालिकले केही निर्देशन दिँदै थिए, ‘फोनसोन गरेर सम्पर्क बढाउनुपर्योन।’ एक २०–२२ वर्ष उमेरकी युवती हातमा लोकसेवा परीक्षाको किताब पढ्दै गरेको देखियो। नासुमा नाम निकालेर सरकारी जागिरे बन्ने सपना रहेछ उनको। ‘यल्ले त यसपालि पक्का नाम निकाल्ने भई’ भन्दै थिइन् अर्की एक युवती। आफैसँग काम गरेर पढाइ खर्च जुटाइरहेको बताए सञ्चालकले। ‘अहिले पुलिसले टेन्सन गराउँछ। जाने भइ गइहाल्नुस् माथि। एक जनाको आठ सय,’ अरू धेरै कुरा सुन्न चाहन्नन् सञ्चालक। ‘पुलिसलाई त यसो मिलाउन सकिहालिन्छ नि,’ मन चोर्न खोज्दा सञ्चालकले जवाफ फर्काए, ‘तपाईं आठ सय तिर्नुहुन्छ। उसले आठ हजार माग्छ। अनि घाटा कल्ले बेहोर्ने?’ एकछिनपछि भनेर त्यहाँबाट पनि अलप भइयो।
सम्पर्क स्थानः दोहोरी र डिस्को
नयाँ बसपार्कका दोहोरी साँझ फेरिफेरि धाउँछन्, सलिना र उनका साथीहरू। थानकोटमा एउटा कोठा लिएर सँगै बसेका उनीहरू दिन ढल्क्यो कि दोहोरी छिरिहाल्छन्। दोहोरी मन पर्ने भएर होइन। त्यहाँ धेरै ग्राहक भेटिने भएकाले जान्छन् उनीहरू। ‘कोही न कोही त मिलिहाल्छ नि लास्टसम्म बसे,’ खाली हात फर्कनुनपर्ने बताउँछिन् सलिना। देउराली दोहोरी साँझमा भेटिएका उनीहरू सुरुमा प्रतिव्यक्ति होल नाइटको तीन हजार भन्छन्। उनीहरूको एउटा शर्त हुन्छ, एउटै होटलमा जानुपर्ने। ‘जहाँ जाँदा पनि हामी सँगै जान्छौँ। गाह्रोसाह्रो केही पर्दैन ग्रुप बनायो भने। एक्लै भए त के हो कसो हो,’ उनले सुरक्षित हुने उपाय बताइन्। होटलमा काम गर्दा एकपटक प्रहरी फन्दामा परिसकेका उनीहरू त्यसपछि सचेत हुँदै दोहोरीलाई सुरक्षित गन्तव्यका रूपमा रोजेका हुन्। दोहोरी साँझवालाहरूले युवतीहरूलाई दिल खोलेर स्वागत गर्छन्। युवती धेरै जहाँ देख्यो। त्यहीँ धाउँछन् ग्राहक। त्यसैले पनि युवतीहरू अनिवार्य छन् साँझमा।
उनीहरूले भनेजस्तो सुरक्षित पनि छैन दोहोरी साँझ। एक सञ्चालकका अनुसार प्रहरी र टोले गुन्डालाई ‘हप्ता’ पुर्या उनै मुश्किल पर्छ। ‘यत्रा मान्छेको पेट पालिएको छ। अझ पनि सुरक्षित भएर व्यवसाय गर्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘सानोतिनो आँटले व्यवसाय चलाउन सकिँदैन।’ ठमेल, चाबहिल, सुन्धारा, नयाँ बसपार्कतिरका डिस्कोहरू पनि सेक्स वर्कर र ग्राहकको सम्पर्क स्थान बनेका छन्।

‘आरोप लगाएर मात्र हुँदैन'
उत्तम कार्की
प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाडौँ।
यसरी लेनदेन र स्टाफ छुट मागेको आरोप लगाएर मात्र पुग्दैन। त्यसको तथ्य पनि फेला पर्नुपर्छ। मेरो अन्तर्गतका प्रहरीले त्यस्तो गलत काम गरेको पाए छानबिन गरेर कारबाही गर्छु। अहिले आन्दोलनहरूको लफडामा परिएको छ। केही दिनमै अनुसन्धान गर्छु।
पुलिस हुँ भनेर गलत मान्छे गएका पनि हुन सक्छन्। यस्ता गलत मान्छेहरूले हाम्रो संगठनको बदनाम हुने गरी आफ्नो लाभको काम गरिरहेको समय–समयमा फेला पर्ने गरेकै हो। हाम्रै मान्छे पनि सबै ठीक छन् भनेर म दाबी गर्दिनँ। तर, एकदुईजनाको नाम पोतेर समग्र संगठनकै नाम बदनाम गर्नु ठीक होइन। त्यस्तालाई हामीसम्म पुर्याेउनुस्। कारबाही गर्ने जिम्मा हाम्रो हो। पत्रकारको नाममा नराम्रा काम गर्नेहरू पनि त छन् नि। के सबै पत्रकार त्यस्तै खराब हुन् त? अनि यौन व्यवसायलाई सखाप पार्ने हाम्रो अभियान त सधैँ जारी नै छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !