CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » गर्मी लाग्न थाल्यो, स्वास्थ्यमा ख्याल गर्नुहोस्

गर्मी लाग्न थाल्यो, स्वास्थ्यमा ख्याल गर्नुहोस्

Image result for burning sunकाठमाडौं, फागुन ७ - जाडो सकिएर गर्मी लाग्न थालेकाले मौसममा आउने फेरबदलसँगै स्वास्थ्यमा समस्या देखिने हुँदा सचेत हुन डाक्टरले सुझाव दिएका छन् । डाक्टर अरुणा उप्रेतीका अनुसार अहिलेको समयमा विहान बेलुका चिसो र दिउँसो गर्मीसँगै हावाहुरी चल्ने भएकाले सचेत हुनुपर्छ ।
हावाहुरी चल्दा धुवाँ धुलो धेरै उड्ने हुँदा सावधानी नपनाए श्वसप्रश्वासमा समस्या आउँछ । यतिबेला दमका विरामी अझ बढी सचेत हुनु पर्ने उहाँले
बताउनुभयो । दमका विरामीलाई धुलोको एलर्जी भए सास फर्न झनै गाह्रो हुन्छ । नाकले सास फर्ने गाह्रो भई मुखले सास फेर्दा किटाणुहरु सिधै फोक्सोमा पुग्ने उहाँले बताउनुभयो । जसले गर्दा घाँटी, छाती र फोक्सोमा समस्या देखिन्छ ।
यस्तै मौसम परिवर्तनका बेला रुघाखोकी, पखाला लगायतका समस्या पनि देखिन सक्छ । यस्ता स्वास्थ्य समस्याबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै धुवाँ धुलोबाट जोगिन माक्स लगाएर हिँड्नुपर्छ । डाक्टर अरुणा उप्रेतीका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउन पानीसँगै झोलिलो खानेकुरा तथा तातो पानीमा मरिच तथा बेसार राखेर खानुपर्छ । 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis