CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » क्रिश्चियन बनाउन हिंडेका जापानी युवतीहरु स्थानिय र प्रहरीको फन्दामा

क्रिश्चियन बनाउन हिंडेका जापानी युवतीहरु स्थानिय र प्रहरीको फन्दामा

japani-christine-ladiesकाठमाडौं। काठमाडौं लगायत देशका विभिन्न भागमा धर्म परिवर्तन गराएर क्रिश्चियन बनाउनका लागि पुग्ने गरेका विभिन्न देशका नागरिकहरु अहिले स्थानियहरुको फन्दामा पर्न लागेका छन्। यसैबीच काठमाडौंको मिलनचोक, मुलपानीमा धर्म परिवर्तनका लागि प्रलोभन दिदै घरघरमा ढोका ढक्ढक्याउन पुगेकाहरुलाई स्थानियले निरुत्साहित गर्दै प्रहरीको जिम्मा लगाएर पठाएका छन्।
धर्म परिवर्तनलाई प्रोत्साहन गराउने धर्मपरिवर्तनकारीहरु दुई जापानी युवतीलाई मिलनचोक, मुलपानीका स्थानियले प्रहरीको जिम्मा लगाएर फर्काइदिएका छन्।
एकाबिहानै घर घरमा गएर हाम्रो कुरा सुन्नुहोस भन्दै तनाव दिएपछि स्थानीयहरु बिनोद ढकाल, पण्डित वालमुकुन्द देवकोटा, हरि प्रसाद देवकोटा, प्रयाग देवकोटा, महेश ढुंगेल, प्रकाश ढकालहरुको नेतृत्वमा जापानीहरुलाई सम्झाउँदा समेत नमानेपछि स्थानीयहरुले प्रहरीलाई बोलाएर जिम्मा लगाएका हुन्।
japani-christine-ladies
स्थानिय विनोद ढकालका अनुसार सो स्थानमा धर्म परिवर्तनकारीहरुले अब हामी आउदैनौ भन्ने बचन गराएर पठाइएको छ। तर धर्म परिवर्तन गर्न प्रोत्साहन गर्ने जवर्जस्ती गर्ने काम संगठीत रुपमा हुँदै आएकोमा चिन्ता व्यक्त गर्दै उहाँले मुलपानीवासीले झै यस्ता व्यक्तिहरुलाई दुरुत्साहन गर्नुपर्ने ढकालले आग्रह गर्नुभयो।
साभार : हाम्रा कुरा 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis