CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » पुलिसले यसरी छातीमा किक हान्यो की मान्छे त पुक्लुक्कै ( पुरा भिडियो)

पुलिसले यसरी छातीमा किक हान्यो की मान्छे त पुक्लुक्कै ( पुरा भिडियो)

police_kickएउटा अनौठो लाग्ने घटनाको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। दृश्यमा कुद्‌दै गरेका एक लामो कपाल भएका अग्ला मान्छेलाई प्रहरीले छातीमा किक हानेर पुक्लुक्कै ढालिदिएको देख्न पाइन्छ।
मोबाइलबाट खिचिएको लो क्वालिटीको यो भिडियोमा रातो लुगा र कालो पाइन्ट लगाएर कुद्दै गरेको मान्छेलाई
पुलिसले त्यसरी लात हानेर ढालेको देख्न पाइन्छ।
kick1
भिडियोको सुरुवात यो दृश्यबाट हुन्छ। यो त्यति प्रष्ट छैन तर त्यहाँ प्रहरी र मान्छेबीच केही लफडा भएको जस्तो अनुमान गर्न सकिन्छ।
अनि यो लामो कपाल भएको रातो लुगा र कालो पाइन्ट लगाएको मान्छे दगुर्दै गरेको देख्न सकिन्छ।
kick2kick22
यो दृश्यबाट थाहा हुन्छ कि घटनास्थल नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको मूल द्वार बाहिर हो। भिडियोमा ए धेरै नपिट्नुस् धेरै नपिट्नुस् भनेको सुनिन्छ। गेटभित्र पुलिसले कसैलाई पिट्दै लगेको हो कि जस्तो देखिन्छ।
त्यो रातो लुगा लगाएको मान्छे द्वारतिर दौड्दै गर्दा एक जना पुलिसले घाँटीमा हातले पिट्छ तर ऊ बचेर अघि बढ्छ। यत्तिकैमा अर्का एक जना प्रहरी पनि दौड्दै आउँछन् र खुट्टा उचालेर छातीमै किक हान्छ।
kick4kick7 kick6 kick5
ए ल, ल, ल …. भिडियोमा आवाज सुनिन्छ। मान्छै पुक्लुक्कै ढल्छ। अरु प्रहरी आएर उसलाई उठाउने प्रयास गर्दैगर्दा भिडियो सकिन्छ।
प्रहरी दमन , प्रहरी लाई दमन , मुस्कान सहित को सेवा .. के होला यो ? मुस्कान सहित को लात ? 

हेर्नुस्-
हेर्नुस् भिडियो-
साभार  : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis