CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » श्रीमान् छिट्टै स्खलित हुन थाल्नुभयो

श्रीमान् छिट्टै स्खलित हुन थाल्नुभयो

Image result for premature ejaculationम ३९ वर्षीया विवाहित महिला हुँ । मलाई मेरो श्रीमान्सँगको यौनसम्बन्धप्रति असाध्यै सन्तुष्टि थियो, तर केही वर्षयता भने हाम्रो यौनसम्बन्धमा केही समस्या उत्पन्न हुन थालेजस्तो महसुस भैरहेको छ, जसका कारण हामी दुवै तनावमा हुन्छौं । खास कारण के हो भने मेरो श्रीमान् अहिले ४२ वर्षको हुनुहुन्छ र छिट्टै स्खलित हुन थाल्नुभएको छ । यसले गर्दा मलाई पहिले जुन किसिमको यौनआनन्द आउँथ्यो, त्यो अहिले गुम्दै गएको छ । शीघ्र स्खलन किन हुन्छ । यसको केही उपचार छ कि ?

शीघ्र स्खलनका कारणहरूका बारेमा धेरै अनुसन्धान भए पनि यही कारणले हुन्छ भनेर यकिनका साथ भन्ने कारण भने अहिलेसम्म फेला परिसकेको छैन । पहिले यसको व्यवहारिक कुरामा केन्द्रित हुँदै
मनोवैज्ञानिक उपचार पनि गरिन्थ्यो । १९८० देखि शीघ्र स्खलन जैविक तत्त्वका कारण पनि हुन सक्छ भन्ने अनुमान गर्दै त्यसलाई पनि आधार मानेर उपचार गर्न थालिएको छ । 
Image result for premature ejaculationयौन सम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ । दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ । सामान्य रूपमा भन्दा दुवै जना यौन सन्तुष्टिको चरम अवस्थामा पुग्दा खासै समस्या पनि आउँदैन, तर धेरैजसो पुरुषको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ । त्यतिबेला भने महिलामा केही असन्तुष्टि महसुस हुनु स्वाभाविक हो । खासमा शीघ्र स्खलनले महिलालाई मात्र होइन, पुरुषमा पनि यौन असन्तुष्टि उत्पन्न गर्छ । सानैदेखि पिसाबलाई कसरी नियन्त्रण गर्ने भन्ने व्यवहार नसिक्दा शीघ्र स्खलनको समयमा कसरी रोक्ने भन्ने पनि थाहा हँुदैन र यसका कारण समस्या हुन्छ । जैविक कारणमा जुन पुरुष यौनसम्पर्कका बेला बढी संवेदनशील हुन्छ, उसको शीघ्र स्खलन हुन्छ । यौनअंग बढी नै संवेदनशील हुँदा पनि यस्तो अवस्था आउँछ, तर यो विस्तृत अध्ययन–अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन । अध्येताहरू यसमा नयाँ कुरा पत्ता लगाउन लागिपरेका छन । त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन । मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले गर्दा पनि शीघ्र स्खलन हुने अध्ययनहरूले देखाएका छन ।

हाइपरथाइरोइडिज्म र शीघ स्खलनको पनि सम्बन्ध छ । हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने अध्ययनहरूले देखाएका छन् । यसका लागि भने चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुन्छ । 

यौनआनन्दको चरम अवस्था लम्ब्याउन वा शीघ्र स्खलन रोक्न प्रस्तावित केही विधि पनि छन् । जस्तो कि, शीघ्र स्खलन रोक्न केही क्षण सम्पर्क नै रोक्ने । यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ । अर्को भनेको लिंग उत्तेजनालाई पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ । बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि शीघ्र स्खलन रोक्न सकिन्छ । यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ । यही क्रम दोहोर्‍याइरहनुपर्छ जब अर्गाज्म अर्थात् चरम अवस्थामा पुग्न लाग्छ । यसलाई सबैभन्दा प्रभावकारी विधि मानिन्छ । यसका साथै डर तथा त्रास उत्पन्न हुने गतिविधिहरूमा संलग्न हुनु हुँदैन । तपाईंको श्रीमानमा कतै डर, चिन्ता तथा त्रास आदि पो छ कि, पत्ता लगाउनु पनि आवश्यक छ । यी सम्पूर्ण कुरा खुलस्त रूपमा उहाँसँग भन्नुहोला र अन्य जानकारी वा उपचारका लागि मनोविद् वा मनोचिकित्सकहाँ सम्पर्क राख्न सकिन्छ । 


साभार : ईकंतिपुर 


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis