CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » महात्मा गान्धीका यौनलिला

महात्मा गान्धीका यौनलिला

ganमहात्मा गान्धी, एक भारतीय अहिंसावादी नेता । जसको इमान्दारिता तथा सरल जिवनशैली र त्यागको बारेमा प्रश्न उठाउने ठाउँ छैन सामान्य रुपमा । तर उनको जिवनको भित्री पाटो भने निकै
घतलाग्दो तथा रोचक रहेछ । बेलायती चर्चित इतिहासकार जेड एडम्सले आफ्नो पुस्तक गान्धी : नेकेड एम्बिसनमा महात्मा गान्धीको विषयमा केही रोचक तथा विवादास्पद तथ्य उजागर गरेका छन् ।
उक्त पुस्तकले आम सर्वसाधारण र मिडियामा समेत सनसनी फैलाएको छ । सादा जिवन उच्च विचारका धनी, विश्व प्रसिद्ध अहिंसावादी नेता महात्मा गान्धीका विषयमा सार्वजनिक गरिएका यस्ता आश्चर्यजनक तथ्यहरु धेरैले पत्याउन पनि सकेका छैनन् । लेखकले महात्मा गान्धीको जवानी निकै रसरंगपूर्ण रहेको र बुढेशकालमा समेत गान्धी निकै भोगी रहेको बताएका छन् । उनको पुस्तकका अनुसार :-
महात्मा गान्धीले आफ्नी श्रीमतीलाई दिनदिनै कुटपिट गर्थे र धेरै दिनसम्म यौन सम्पर्कबाट पनि टाढा राख्थे ।
जब गान्धीका बुवा मृत्युशैयामा थिए र अन्तिम स्वास लिइरहेका थिए त्यसबेलामा पनि गान्धी सहवासमा व्यस्त थिए । लेखकका अनुसार गान्धी परस्त्रीसँग सहवासमा लिप्त हुन्थे । उनले आफ्नो आश्रममा रहेका दुइ जना बेलायती महिलासँग आध्यात्मिक विवाह समेत गरेका थिए ।
gandhi
महात्मा गान्धी आफ्नी १२ वर्षकी भतिजीसँग पनि नांगै सुत्थे । उनी आफ्नो कामबासना नियन्त्रणको क्षमताको जाँच गर्न भन्दै विभिन्न महिलासँग निर्वस्त्र सुत्ने गर्थे ।
गान्धीले आफ्नो आश्रमलाई यौनको प्रयोगशाला बनाएका थिए । त्यहाँ रहेका केटाकेटीहरुले गान्धीसँगै नांगै नुहाउनु पथ्र्यो र नांगै सुत्नुपथ्र्यो । यद्यपि उनीहरुले कुनै छिल्लिएका कुरा गरे भने कारवाही हुन्थ्यो । गान्धीले त्यहाँ आउने महिलालाई श्रीमान नलिइकन आउन भन्थे र यौनको इच्छा भएमा चिसो पानीले नुहाउन सल्लाह दिन्थे ।
गान्धीकी निजी सचिव सुसिला नायरकी सुन्दरी बहिनीले सानै देखि गान्धीलाई आफ्नो जिउ सुम्पिएकी थिइन् । उनले गान्धीसँगै नांगै नुहाउनु तथा सुत्नुपथ्र्यो । आफ्नो करतुतलाई छोप्नको लागि गान्धी भन्थे, जब उनले नुहाउँथिन् मैले आँखा बन्द गर्थेँ । उनले नांगै नुहाएकी छिन् वा कट्टु लगाएकी छिन् मैले देख्दिनथेँ । तर जिउमा साबुन दल्दाखेरि आउने आवाजले भने पत्तो लाग्थ्यो ।
कस्तुरवा गान्धीको निधनपछि महात्मा गान्धी झनै भोगी हुँदै गए । आश्रममा उनले धेरै महिलालाई ओछ्यानमा प्रयोग गरे आफ्नो ब्रम्हचर्य जाँच्न भन्दै ।
साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis