- घर-गाउँ, टोल, छिमेक, सहर-बजार फोहरै फोहरले आक्रान्त
साँझ ढल्केपछि महानगरका बासिन्दा हातमा फोहरको पोको बोकेर सडकका छेउकुना र अँध्यारा गल्लीतिर कुद्छन्। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले त्यसरी फोहर मिल्काउने थुप्रै ठूलाबडा र सम्मानित भनिएका मान्छे फेला पारेका छन्। तिनलाई कारबाही स्वरूप जरविाना पनि तिराएका छन्। पछिल्ला ६ महिनामा मात्रै त्यसरी सार्वजनिक स्थलमा फोहर फालेकामा सात सय जना कारबाहीमा परेका छन्। तिनबाट काठमाडौँ महानगरपालिकाले जरविाना मात्रै नौ लाख रुपियाँ संकलन गरेको छ। यो तथ्य नै काफी छ, राजधानीवासीको फोहरी आनीबानीको तस्बिर बुझ्न।
फोहर उत्पादन र त्यसको व्यवस्थापनमा आमनेपालीले अपनाउने तौरतरकिाका आधारमा भन्न सकिन्छ, हामी फोहरसँग अभ्यस्त छौँ र फोहरीपना हाम्राे परचिय भइसकेको छ। फोहर (सोलिड वेस्ट) व्यवस्थ्ाापनको विषयमा एसियाली विकास बैंक -एडीबी)ले सन् २०१३ मा नेपालका ५८ नगरपालिकाका ३ हजार २ सय ३३ घरधुरीमा गरेको सर्वेक्षणमा प्रत्येक नेपालीले दैनिक १ सय ७० ग्राम फोहर उत्सर्जन गर्दै आएको देखिन्छ। जबकि, काठमाडौँमा प्रतिव्यक्ति प्रतिदिन चार सय ग्राम फोहर उत्सर्जन हुन्छ। जहाँ पायो त्यहीँ फोहर फाल्ने, सफा र स्वच्छ पानीको पहुँच, सरसफाइमा ध्यान, शौचालयको उचित प्रयोगजस्ता तथ्यको कसीमा जाँचेर हेर्दा हामी कति फोहरमा बाँचिरहेका छौँ भन्ने निष्कर्षमा पुग्न सकिन्छ। "फोहरसँगको निकट सम्बन्ध, फोहरजन्य संक्रमणबाट हुने जोखिमप्रतिको बेवास्ता र फोहर व्यवस्थ्ाापनमा हाम्रो असभ्य शैलीका आधारमा हामी फोहरी छौँ भन्न सकिन्छ," नेपाल जनस्वास्थ्य संघका अध्यक्ष डा भोगेन्द्रराज डोटेल भन्छन्।
गाउँको तुलनामा विकसित भनिएका नेपालका नगरपालिकामा पनि फोहरको उचित व्यवस्थापन हुँदैन। एडीबीको अध्ययनमा समेटिएका ५८ नगरपालिकामध्ये ६ वटासँग मात्रै आफ्नै डम्पिङ साइट रहेको पाइयो भने अन्य ५२ नगरपालिकाबाट उत्पादित फोहर खोलाका किनार वा खाली ठाउँमा मिल्काइने गरेको रहेछ। जबकि, उक्त अध्ययनले ती नगरपालिकाबाट प्रत्येक दिन १ हजार ४ सय ३५ टन र प्रत्येक वर्ष ५ लाख २४ हजार टन फोहर उत्पादन हुने देखाएको छ।
सार्वजनिक ठाउँमा देखिने फोहरका थुप्रो, जथाभावी फोहर मिल्काउँदै हिँड्ने प्रवृत्ति र फोहरको सामीप्यमा हुर्किने जीवनशैलीले हामीलाई फोहरी देखाउँछ। फोहरमैला तथा स्रोत व्यवस्थापन केन्द्रका कानुन अधिकृत तथा अध्ययनकर्ता दीपेन्द्रबहादुर ओली विश्वका अन्य कुनै पनि सहरका बासिन्दा हामीजति फोहरी हुनै नसक्ने बताउँछन्। उनले पुसको पहिलो साता प्रधानमन्त्री कार्यालयमा भएको नियमित छलफलमा सहरयिा बासिन्दा फोहरी बन्दै गएको विषयमा चर्चा भएको प्रसंग जोड्दै भने, "विदेश गए चकलेटको खोल गोजीमा बोक्ने हामी आफ्नो एयरपोर्ट झर्नेबित्तिकै फोहर सार्वजनिक स्थानमा मिल्काउन उद्यत हुन्छौँ।"
बेहाल राजधानी
दैनिक झन्डै पाँच सय टन फोहर उत्पादन हुने काठमाडौँ महानगरपालिकामा पाँच प्रतिशतभन्दा थोरै फोहर मात्रै उत्पादनकर्ता आफैँले व्यवस्थापन गर्छन्। जबकि, तथ्यांकले देशका अन्य भेगमा भन्दा धेरै प्रतिव्यक्ति फोहर गर्ने काठमाडौँकै बासिन्दा रहेको देखाउँछ। एडीबीको अध्ययनले प्रतिपरविार मासिक ४० हजार वा त्यसभन्दा धेरै खर्च गर्ने घरधुरीले मासिक पाँच हजार रुपियाँ खर्च गर्ने परविारले भन्दा दोब्बर फोहर उत्सर्जन गर्छन् भन्ने निष्कर्ष निकालेको छ। यो तथ्यले पनि गाउँमा भन्दा सहरयिा धनी परविार फोहर उत्सर्जनमा अगाडि रहेको देखाउँछ। काठमाडौँ महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागका प्रमुख तथा वरष्िठ इन्जिनियर रविमान श्रेष्ठ ठूला र धेरै फोहर उत्पादन गर्नेहरू नै फोहर व्यवस्थापनमा सबैभन्दा निष्क्रिय रहेको बताउँछन्। अचम्म त के भने काठमाडौँबाट उत्पादन हुने फोहरमा भान्छाबाट उत्पादन हुने फोहरको मात्रा करबि ६२ प्रतिशतको हाराहारीमा छ। जुन फोहर सानो प्रयासमा पनि कम्पोस्ट मल वा अन्य जैविक मल बनाउन उपयोग गर्न सकिन्छ। श्रेष्ठ भन्छन्, "घरमै व्यवस्थ्ाापन गर्न सकिने फोहर पनि बाहिर मिल्काउने हाम्राे बानी भइसक्यो।"
२० वर्षदेखि फोहरमैला संकलन र व्यवस्थ्ाापनको काममा संलग्न नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्रका अध्यक्ष देवी आचार्यले नेपालीको फोहरी संस्कारलाई नजिकबाट नियाल्ने मौका पाएका छन्। ४५ हजार परविारको फोहर संकलन गर्ने जिम्मेवारी बोकेका आचार्य सकेसम्म घरभित्रको फोहर सार्वजनिक स्थानमा मिल्काएर सफा देखाउने प्रवृत्ति नत्यागेसम्म फोहरी संस्कार नहट्ने बताउँछन्। भन्छन्, "सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई कडा कारबाही नगरेसम्म केही हुँदैन।"
फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दण्ड जरविाना महलमा बाटोमा फोहर फाल्नेलाई एक लाख रुपियाँसम्म जरविाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। जबकि, सार्वजनिक ठाउँमा फोहर फालिएका कैयन् दृष्टान्त हुँदाहुँदै पनि यस ऐन अन्तर्गत कोही कारबाहीमा परेको उदाहरण छैन। त्यसैले कानुनभन्दा पनि व्यवहारमै सुधारको खाँचो देखिन्छ।
फोहरका विषयमा त हाम्रो कानुन कडा नै छ। जस्तो : स्थानीय स्वायत्त शासन ऐन, २०५५ को धारा १६५ मा छिमेकीले फोहर फालेमा महानगरपालिकामा उजुरी गर्न पाइन्छ। त्यसरी सार्वजनिक स्थानमा फोहर फालेको पाइएमा १५ हजार रुपियाँसम्म जरविाना गर्न सकिन्छ। सापकोटा भन्छन्, "न कसैले आजसम्म यस्तो विषयमा उजुरी गरेको छ, न कोही यो ऐन अन्तर्गत कारबाहीमा परेका छन्। किनभने, सबै जना सार्वजनिक ठाउँमा फोहर फाल्छन् र तैँ चुप मै चुप हुन्छन्।"
थन्क्याउनै सास्ती
काठमाडौँ महानगरपालिकाको झन्डै आधा जनशक्तिको काम हो, फोहर थान्को लगाउने। महानगरपालिकाले वाषिर्क बजेटको करबि आधाआधी अर्थात् ३० करोड रुपियाँ त फोहर थान्को लगाउनमै सिध्याइरहेको छ। सहरका बासिन्दाले उत्सर्जन गरेको फोहर थन्क्याउन आठ सय कुचीकार परचिालित छन् भने फोहर बोक्न दैनिक १ सय २० गाडी महानगरमा कुद्छन्। १ हजार १ सय कर्मचारी त फोहर संकलन र व्यवस्थापनमै खटिएका छन्। महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखाका प्रमुख श्रेष्ठ भन्छन्, "सहरका मान्छे २४ सै घन्टा सार्वजनिक स्थानमा फोहर मिल्काउँछन्, त्यो उठाउनु र त्यसको व्यवस्थापन गर्नु सजिलो छैन।"
श्रेष्ठको भनाइमा फोहरको व्यवस्थित संकलनका लागि महानगरपालिकामा अझै एक हजार जनशक्ति थप्नुपर्छ। जनशक्तिको संख्या मात्रै होइन, फोहर संकलनमा भइरहेको खर्च पनि उति नै धेरै छ। निजी क्षेत्र र महानगरपालिकाबाट भइरहेको फोहर व्यवस्थापन खर्च करबि एक अर्ब रुपियाँको हाराहारीमा छ। यो तथ्यले नै देखाउँछ, हाम्रो फोहरी आनीबानीका कारण राज्यले बर्सेनि कति ठूलो मूल्य चुकाइरहेको छ भनेर।
फोहरी संगत
फोहरसँग हाम्रो सामीप्य संस्कारकै रूपमा विकसित भएको तथ्य बताउन फोहरमैलाको क्षेत्रमा काम गररिहेका अगुवाहरू हिचकिचाउँदैनन्। जस्तो : फोहरमैला संकलन र व्यवस्थापनमा सक्रिय सुबोध आचार्यको अनुभव छ। फोहरप्रतिको सहरी मनोविज्ञान अचम्मको रहेको उनी बताउँछन्। सहरमा त्रिशूलदेखि भालासम्म, डमरुदेखि तरबारसम्म बोकेका भगवान् रहेका तर झाडु बोकेको एउटै भगवान् नरहेको तर्क गर्दै भन्छन्, "त्यही भएर पनि हो कि हामी घरको फोहर सार्वजनिक ठाउँमा मिल्काएर सफा भएको भ्रम पाल्छौँ।" आचार्यको संस्था क्लिन नेपालले काठमाडौँ महानगरपालिकासँग मिलेर सार्वजनिक ठाउँमा मिल्काइएका मृत जीवजन्तुको व्यवस्थापन गर्छ। प्रत्येक महिना औसतमा सय जनावरको शव उनी खोलानाला र अन्य सार्वजनिक स्थानबाट उठाउँछन्। उनको अनुभव छ, "पढेलेखेका भनिएका झन् धेरै फोहरी छन्। यो हाम्रो सभ्यताकै अंग भइसक्यो।"
फोहर जथाभावी मिल्काउनमा मात्रै हामी सिपालु छैनौँ, फोहरजन्य आनीबानी र संस्कारसँग पनि हाम्रो उत्तिकै लगाव देखिन्छ। पानी, शौचालयजस्ता अत्यावश्यकीय वस्तुमा हाम्रो पहुँच र त्यसको उपयोग शैलीले पनि हामी कति फोहरी छौँ, प्रस्टै बताउँछ।
सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणका अनुसार शौचालयको सुविधा नपुगेका घरको संख्या अझै पनि ४४ प्रतिशत छ। त्यस्तै सफा पानीको पहुँचमा नभएका घरको संख्या सहरमा ४२ प्रतिशत र गाउँमा ५९ प्रतिशत छ। यसले फोहरसँग हाम्रो सामीप्यलाई त देखाउँछ नै, सफाइमा हाम्रो पहुँचको दुरावस्थालाई पनि झल्काउँछ। जीवनस्तर सर्वेक्षणको आँकडाबाट सरसफाइमा सुधार भइनसकेको बुझिन्छ। जस्तो : शौचालयको सुविधाकै कुरा गरौँ। १४ वर्षको अन्तरालमा शौचालयको पहुँचमा पुग्ने घरधुरीको संख्या जम्मा ३४ प्रतिशतले मात्रै बढोत्तरी भएको छ।
यसै वर्षको सरसफाइसम्बन्धी नेपाल प्रतिवेदनका अनुसार ३ हजार ९ सय ३० गाविसमध्ये १ हजार ३०, ५८ नगरपालिकामध्ये १२ नगरपालिका र ७५ जिल्लामध्ये नौ जिल्लाका शतप्रतिशत जनताको मात्रै शौचालयमा पहुँच छ। मतलब, २ हजार ९ सय गाविस, ४६ गाविस र ६६ जिल्लाका मानिसको अझैसम्म पनि शौचालयमा पूर्ण पहुँच छैन। डा डोटेल भन्छन्, "जुन देशका जनताको शौचालयमै पूर्ण पहुँच छैन र खुला दिसा गर्ने प्रचलन छ, त्यहाँ पूर्ण सफाइको कल्पनै गर्न सकिन्न।"
अचम्म त के भने सहरी क्षेत्रमा भएका शौचालयको पनि उचित तवरले निर्माण गरएिको छैन। शौचालयको फोहर सीधै नदीनालामा मिसाउनु सहरी सभ्यताकै अंग भइसकेको छ। पछिल्लो आँकडा अनुसार सहरमा भएका शौचालयमध्ये ३० प्रतिशत फोहर सोझै ढलमा मिसाउने गरएिको छ।
शौचालय मात्रै होइन, सफा पानीको उपयोगमा समेत हामी पछाडि नै छौँ। अर्थात्, फोहर पानीको संगतले पनि हामीलाई फोहरी बनाएको छ। राष्ट्रिय तथ्यांक विभागले हालै मात्र गरेको बहुसूचक सर्वेक्षण ०७०/७१ ले ८२ प्रतिशत नेपालीले प्रयोग गर्ने पानीको स्रोतमा हैजाको जीवाणु इकोलाई रहेको निष्कर्ष निकालेको छ। त्यस्तै, सोही सर्वेक्षणले ६० प्रतिशत नेपालीको मात्रै सुधारएिको शौचालयमा पहुँच रहेको उल्लेख गरेको छ। १३ हजार घरपरविारमा गरएिको उक्त सर्वेक्षणका अनुसार दुई वर्षमुनिका बालबालिकामध्ये ४८ प्रतिशतले मात्रै सुरक्षित ठाउँमा दिसा गर्छन् भने ७३ प्रतिशतले मात्रै हात धुनका लागि साबुन-पानी उचित स्थानमा राख्छन्। सरसफाइसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०१३ ले त झन् २५ प्रतिशत नेपालीले खुला ठाउँमै शौच गररिहेको बताउँछ। यी विभिन्न तथ्यांक नै पर्याप्त छन्, हामी कति फोहरी संगतमा हुर्किरहेका छौँ भनेर बुझ्नका लागि।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनी कैयन् रोग त हाम्रो फोहरी आनीबानी र जीवनशैलीको उपज भएको बताउँछन्। भन्छन्, "पाँच वर्षमुनिका बच्चाको मृत्युको पहिलो कारणका रूपमा झाडापखाला रोग रहेको छ। जुन रोग फोहर पानीका कारण हुने गर्छ।" उनी यही उदाहरण नै हाम्राे फोहरी बानीको सबैभन्दा बलियो प्रमाणका रूपमा रहेको बताउँछन्। चार वर्षअघिको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणमा पाँच वर्षमुनिका १५ प्रतिशत बालबालिकाको मृत्यु झाडापखालाका कारण हुने गरेको उल्लेख छ। फोहर पानीको उपलब्धता र त्यसको प्रयोग कुन स्तरमा भइरहेको छ भन्ने यसैले स्पष्ट पार्छ।
विश्व स्वास्थ्य संगठनको सन् २०१२ मा प्रकाशित रपिोर्टमा प्रति १० लाखमध्ये १ हजार ४ सय ६२ नेपालीको मृत्यु मलेरयिाका कारण हुने गरेको छ। ज्ञातव्य छ, मलेरयिा फोहरकै संक्रमणबाट सिर्जित रोग हो।
विश्वव्यापी रूपमा स्वस्थ पानीको पहुँचका निम्ति ढल र पानीको स्रोतको दूरी कम्तीमा पनि ५० मिटर हुनुपर्छ। जबकि, नेपालमा यस्तो अभ्यास छैन भने पनि हुन्छ। प्रमाणित कुरा के हो भने सफा पानीको पहुँचले मात्रै पनि २१ प्रतिशत र सरसफाइको वृद्धिले ३७ दशमलव ५ प्रतिशत झाडापखाला रोग कम गर्न सकिन्छ। जन्डिस, टाइफाइडदेखि मलेरयिा, एनेमियाजस्ता प्रमुख रोगको पहिलो कारण नै फोहरी बानीव्यवहार र फोहरसँगको संगत नै हो। काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्य भन्छन्, "उठेदेखि सुत्ने बेलासम्म हामी फोहरको संगत गररिहेका छौँ र आफूलाई फोहरी तुल्याइरहेका छौँ।"
के छ प्रतिवेदनमा ?
नेपालमा फोहर (सोलिड वेस्ट) व्यवस्थापनका विषयमा सन् २०१३ मा एसियाली विकास बैंकले गरेको अध्ययन प्रतिवेदनमा फोहरमैलाको उत्सर्जनदेखि विसर्जनसम्मका प्रक्रियामा हामी कुन र कस्तो अवस्थामा छौँ भन्ने देखाइएको छ। ५८ नगरपालिकाका ३ हजार २ सय ३३ घरधुरीमा गरिएको सर्वेक्षणले हामीले उत्पादन गर्ने फोहरको प्रकृति मात्रै छुट्याएको छैन, यसको अवस्था, उत्सर्जन दर र व्यवस्थापनमा हाम्रो दुरावस्थालाई पनि बुझाएको छ। प्रतिवेदनका अनुसार प्रतिदिन प्रत्येक स्कुलबाट चार किलो, अफिसबाट १.४ किलो, पसलबाट १.४ किलो र होटल तथा रेस्टुराँबाट ५.७ किलो फोहर उत्पादन हुन्छ ।
अध्ययनले देशभरका नगरपालिकाले आफ्नो कुल बजेटको १० प्रतिशत हिस्सा फोहर व्यवस्थापनमा खर्च गरिरहेको निष्कर्ष निकाल्दै त्यस्तो खर्च कहाँ कसरी भइरहेको छ भनेर पनि देखाएको छ । जस अनुसार कुल खर्चमा ६० देखि ७० प्रतिशत खर्च कुचीकारलाई र २० देखि ३० प्रतिशत खर्च फोहर ओसार्न भइरहेको छ । यसको अर्थ हो, फोहर संकलन गर्ने र थुपार्ने काममा मात्रै अधिकांश नगरपालिकाको ध्यान केन्दि्रत छ, न कि फोहरको उचित व्यवस्थापन र पुन:उपयोगमा । अध्ययनले देखाएको अर्को नयाँ तथ्य भनेको फोहर उत्पादनमा पहाडी र हिमाली क्षेत्रका नगरपालिकाभन्दा तराईका नगरपालिका धेरै अगाडि छन् । जस्तो : हिमाली र पहाडी नगरपालिकाभन्दा तराईका नगरपालिकाले ८० प्रतिशतभन्दा धेरै फोहर उत्सर्जन गर्छन् ।
साभार : ईकंतिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !