CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ठ्याक्कै बाबा रामदेव जस्तै यो मान्छे को हो? गज्जब

ठ्याक्कै बाबा रामदेव जस्तै यो मान्छे को हो? गज्जब

कसरी बने रामदेव  
संजयका अनुसार, यो भाग्यका कुरा हो, सन् २००५ मा एक टीभी च्यानलको टीम नेहरू विहारमा कुनै काममा आएको थियो। त्यो बेला कुनै विषयमा टिभीको सो टीमलाई कसैको बाइट चाहिएको थियो, मलाई देख्नासाथ उनीहरूको मुखबाट अचानक निस्कियोः अरे, तपाई त रामदेव जस्तै देखिनु हुन्छ। बस, त्यसपछि मैलेे पनि रामदेवकै शैली अपनाएर आफूलाई
पनि उनकै स्वरुपमा ढाल्ने कोसिस गरें। उनी आधा घण्टा दैनिक योगाभ्यास गर्दछन्। विहान ६ बजे उठ्छन्। बाबा रामदेवको जस्तै आवाज निकालल्नका लागि उनले धेरै नै मेहेनत गरे। बाबा रामदेवको सीडी हेरेर उनको आवाज निकाल्छन्। ब्लू लाइन बसमा १४ वर्ष ड्राइभर रहेका संजय भन्छन्ः बाबा रामदेवलेे जुन मुद्दा उठाएका छन्, जस्तो कि भ्रष्टाचार र विदेशमा रहेको कालो धन स्वदेश आउनै पर्दछ, उनीसंग म पनि सहमत छु। 
  
 
जब बाबालाई भेटे  
सन् २००८ मै म र उनी(रामदेव)बीच कुराकानी भइसकेको छ। जब उनले मेरो अनुहार–मोहरा देखे, छक्क परेर प्रेमपूर्वक मलाई गलामा लगाए। मेरो अनुहार बाबा रामदेवसंग मिलेका कारण जिन्दगीमा एक टर्निङ्ग प्वाइन्टको काम भएको छ। मलाई मानिससंग प्रेम छ, स्नेह भरपूर पाएको छु। यहाँसम्म कि केही हदसम्म नोटको बर्षा पनि मेरो आँगनमा हुन थालेको छ। गतवर्ष रामलीला मैदानमा जब रामदेव बाबाको अनशन भयो, तब त्यस प्रोग्राममा पनि म संलग्न भएको थिएँ। दुई वर्ष पहिलाको घटना अहिले पनि सम्झना छ। जब विधायक सुरेन्द्र पाल सिंह बिट्टूकी छोरीको विवाहको निमन्त्रणा मैले पाएँ। त्यहाँ दिल्लीकी मुख्यमंत्री शीला दी212ित पनि आएकी थिइन। तब उनले मलाई वास्तविक बाबा रामदेव ठानेर मलाई अभिवादन गरिन्। संजय भन्छन् मेरो हिरो बन्ने सपना त पूरा भएन, तर परमात्मालेे मेरो अनुहार एकदमै बाबा रामदेवसंग मिलाई दिए। यसै कारण कविता चौधरी एक डाक्युमेन्ट्री फिल्म ''जागो रे'' बनाउदै छन्। त्यसमा मुख्य भूमिका बाबा रामदेवको निभाउनका लागि मलाई नै उनले छनौट गरेकी छिन्। उनी भन्छन्– मानसिक शान्ति प्राप्त गर्नका लागि म मथुरा, वृन्दावनको यात्रा नियमित रुपमा गर्दछु। यसका साथ–साथै नरेन्द्र चञ्चलको गीत सुनेर मख्ख हुन्छु। मेरो मोबाइलमा उनले गायको फिल्म आशाकी ''चलो बुलावा आया है माता ने बुलाया है'' को रिंग टोन लगाएको छु। संजय पनि शाकाहारी हुन्। दाल–चामल–, हरियोपरियो साग–सब्जी आदि उनको मनपसन्द भोजन हो।  




साँघु 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis