संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको समीक्षा गोष्ठीमा अनियमितता नियन्त्रणका लागि तराईका जिल्लाहरूमा जान आग्रह गर्दा कोही पनि तयार नभएपछि मन्त्री श्रेष्ठ असन्तुष्ट बने । ‘तराईका केही जिल्लाहरूमा आची छ भनेर सबैले स्वीकार्ने तर त्यो आची फाल्न जान कोही तयार नहुने ?’ आक्रोशित हुँदै उनले भने, ‘संस्थागत सुधारका लागि गइदिनुहोस् भनेर आग्रह गर्दा पनि किन नमान्ने ?, किन कसैले पनि फाल्न नखोज्ने त्यो आचीलाई ?’
मन्त्रालयका अधिकारीहरूका अनुसार जिल्ला विकास समिति धनुषामा करिव ३० करोडभन्दा बढीको अनियमितता भेटिएपछि मन्त्री श्रेष्ठले शंकास्पद अन्य जिविसबाट भएको खर्च र विकास निर्माणको कामको निरीक्षणको तयारीमा छन् । अति नै संवेदनशील अवस्थामा रहेका र लाखौंको अनियमितता भएको आशंका गरिएका बारादेखि धनुषासम्मका जिल्ला विकासमा हालका स्थानीय विकास अधिकारीहरूबाट सुधार नहुने निचोड मन्त्रालयको टिमले निकालेको स्रोतले जनायो । यस्तै शैलीमा सुधार सम्भव छैन भनेर मन्त्रीजीले दह्रो अडान लिनसक्ने टिम पठाएर सुधार्न खोजेको काएको हो,’ स्रोतले भन्यो ।

सत्ताकेा मैदानमा बसेर खुलेआम जनताकेा टाउकामा आचि गर्न छेाड पहीला, अनि पठाउ तराइितर आची सेाहेार्ने कर्मचारी, सैद्धान्तिक विस्तारबादकेा ट्वाक बेाकाएर ।
ReplyDelete