कुनै
समय नेपाली फिल्ममा जमेकी अभिनेत्री विपना थापा गुमनाम छिन्। टिनेज
पुस्ताका लागि त विपना कुन चरीको नाम भइसकिन्। तर, अब उनलाई सम्झने बेला त
आएको छ, अभिनेत्री होइन खराब ऋणीका रूपमा।
फिल्मबाट पलायन थापाले सात वर्षअघि लिएको आठ लाख रुपियाँ ऋण नतिरेपछि उनीविरुद्ध ऋण असुली न्यायाधिकरणमा मुद्दा परेको छ भने उनलाई कर्जा सूचना केन्द्रले कालो-सूचीमा
राखेको छ। ११ साउनमा नारायणी नेसनल फाइनान्सले विपनाविरुद्ध मुद्दा हालेको हो। मासिक १७ हजार ३ सय ९४ रुपियाँका दरले ६० किस्ता बुझाउनुपर्ने सर्तमा फाइनान्सबाट विपनाले ऋण लिएकी थिइन्। तर, २० किस्ता तिरेपछि उनी गायब भइन्। पटक-पटक सार्वजनिक सूचना निकाल्दासमेत सम्पर्कमा नआएपछि फाइनान्स ७ लाख २६ हजार ५ सय ८० रुपियाँ दाबी गर्दै न्यायाधीकरण पुगेको हो। विपनाले फियाट पालियो मोडलको गाडी किनेकी थिइन्, हायर पर्चेज ऋण लिएर। जैन समूहका व्यापारी तेजकरण जैन विपनाका लागि ग्यारेन्टी बसेका थिए।
विपनाले डेढ दशकमा डेढ सय फिल्ममा अभिनय गरेकी छन्। भारतीय नागरकिसँग विवाह गरेपछि उनी उतै बसेकी छन् भने फिल्मी क्षेत्रबाट समेत टाढा छिन्। घरजम गरेकी चेलीले माइतीको ऋणचाहिँ कहिले तिर्ने हो ?

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !