यस्तै पत्रकारका कारण यतिबेला राम्रा कलाकार, राम्रा सिनेमा बनाउने निर्माता र निर्देशकलाई भन्दा पनि अश्लिलतालाई र जसले पैसा दियो त्यसको भजन गाउने प्रवृत्ति बढेपछि अहिले धेरै जसो गतिछाडा चलचित्रहरू बनिरहेका छन भने केही युवतीहरूले नग्न फोटो सेसन गरी रातारात चर्चा बटुलिरहेका छन। आफ्नो चलचित्रको सकारात्मक समाचार लेख्न सिने बिटका पत्रकारलाई पैसा खुवाउनु पर्ने देखि रेष्टुरेण्टमा टन्न रक्सी खुवाउनै पर्ने नभए नकारात्मक समाचार लेखिदिने गरेको निर्माता/निर्देशकहरूले गुनासो गर्दै आएका छन। पत्रकारलाई खुसी नबनाए लाखौं रकम लगाएर निर्माण गरिएको चलचित्रको जथाभावी लेख्दा धेरैजसो चलचित्र चल्दाचल्दै उतारिने गरेको पनि निर्माताहरूको गुनासो रहेको छ।
राम्रो चलचित्र निर्माण गर्नेतर्फ ध्यान दिनुभन्दा पनि पत्रकारलाई मनाउन तर्फ ध्यान दिनुपर्ने समय आएको नाम चाहिं उल्लेख नगरिदिनु है, भन्दै एक पीडित निर्माताले बताए। हुन पनि निर्माताहरूले भने जस्तै हुदै गएको छ हाल रंगपत्रकारिता क्षेत्र। निकै राम्रा मानिएका चलचित्र समेतको असफलता र निकै विवादमा आएका छाडापन प्रदर्शन गरेका चत्रचित्रको सफलताले पनि पत्रकार माथि लगाएका आरोपको पुष्टी हुन आउछ। राम्रा मानिएका चलचित्र, 'मुनामदन' देश, मशान, पल, ठेगाना लगायतका चलचित्रको नकारात्मक समाचार सम्प्रेसन गरेका थिए भने छाडा चलचित्र लुट, चपली हाईट, द लास्ट किस आदि चलचित्रको निकै प्रशंसा गरेर समाचार लेखेका थिए। चलचित्र चल्नुमा पत्रकारको पनि महत्वपूर्ण भूमिका हुने भएपनि रंगपत्रकारहरूले राम्रो र नराम्रो सही र तथ्य कुरा समाजमा नपस्किदिंदा अनि नोट र मदिरामा बिक्दा निर्माता मारमा परेका छन।
अझ कतिपय पत्रकारले महिला कलाकारहरूलाई ब्ल्याकमेल समेत गर्ने गरेको बताइन्छ। भनेको मान्ने भए नम्बर वान नायिका भनेर लेखिदिन्छु, नभए नराम्रो होला भन्दै ब्ल्याकमेल गर्ने गरेको पीडित नायिकाहरूले गुनासो गर्ने गरेका छन्। नाम, दाम र मस्ती सबै पाइन्छ भन्ने गलत सोचाई बोकेर सिने क्षेत्रमा लागेका केही गलत प्रवृत्तिका रंगपत्रकारका कारण इमानदार पत्रकार समेत बद्नाम हुनु परेको भन्दै अग्रज तथा स्वाभिमानी रंगपत्रकारहरूले यस्तो प्रवृत्तिप्रति घोर आपत्तिप्रकट गरेका छन्।–बक्स अफिस(७) बाट
-- साँघु
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !