एक स्थानीय अखबारका अनुसार बेल्जियमका जेनको सन् १९९३ मा इण्डोनेशियाकी मोनिकासँग विवाह भएको थियो। विवाहपछि लामो कानुनी लडाई जितेर उनीले मोनिकालाई बेल्जियम ल्याए। त्यस क्रममा अदालतले उनको बर्थ सर्टिफिकेटमा आशंका गरेपनि उनको दावीलाई नै स्वीकार गरेको थियो। जेनले पनि
पहिल्यै आफ्नो श्रिमतीमाथि शंका गरेनन्। किनकी मोनिकामा एक महिलामा हुनु पर्ने सबै गुण थियो। मोनिकासँग शारीरिक सम्वन्ध राख्दा पनि उनलाई कुनै आशंका लागेन।
तर, मोनिकाले फूलटाइम काम गर्न थालेपछि भने उनीहरु बीचमा विवाद सुरु भयो। जेनले मोनिकाको कम्प्युटरमा अन्य पुरुषको कामुक तस्वीरहरु भेटाए। त्यही विषयलाई लिएर झगडा सुरु भयो। उनीहरुको झगडा मिलाउन पुलिस नै आउनु परेको थियो। त्यसक्रममा जेनका एक साथीले उनको श्रिमतीले लिंग परिर्वतन गरेको सुनाए।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !