CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » छोरीमैयासँगै हराएका भारतीय नागरिक खोज्दै प्रहरी

छोरीमैयासँगै हराएका भारतीय नागरिक खोज्दै प्रहरी

काठमाडौं, माघ १ (नागरिक)- एक वर्ष अगाडि हराएकी छोरीमैयाँ महर्जको खोजी गर्न उनको मोबाइल कलको विवरण विश्‍लेषण भइरहेको प्रहरी मुख्यालयले जनाएको छ। छोरीमैयाको खोजीका लागि दबाब बढेपछि मुख्यालयले सोमबार अनुसन्धान विवरण सार्वजनिक गर्दै हराउँदा उनले प्रयोग गरेको
मोबाइल नम्बर विश्‍लेषण भइरहेको बताएको हो। 
एकाएक हराएकी छोरीमैयाको खोजीका लागी उनका छोरीहरु आन्दोलित छन्। महिला हिंसालाई सम्बोधन गर्न सुरु भएको 'अकुपाइ बालुवाटार' अभियानपछि अन्य घटनासँगै प्रधानमन्त्री बाबुराम भट्टराईले महर्जन हराएको विषयको पुनः अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
काठमाडौं महानगरपालिका जैसीदेवल बस्ने ५१ वर्षीया महर्जन २०६८ फागुन १६ गते एकाएक बेपत्ता भएकी महर्जन ढुकुटी र जग्गा कारोबारमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ।
'महर्जनले सञ्चालन गरेको ढुकुटी व्यवसायसँग संलग्न व्यक्तिलाई झिकाएर सोधपुछ भइरहेको छ,' प्रधान कार्यालयलले भनेको छ, 'उनीसँगै काम गर्ने भारतीय नागरिक समेत सोही दिनबाट काम छोडी हिंडेकोमा उनको समेत खोजतलास भइरहेको छ।'
अनुसन्धानको क्रममा महर्जनले विभिन्न व्यक्तिबाट २२ लाख रुपैयाँ ऋण लिएको र उपकारी विशेष बचतबाट विभिन्न मितिमा २५ लाख नगद झिकेको देखिएपछि सम्बन्धित व्यक्ति तथा संस्थासँग सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।
महर्जन हराएलगत्तै उनका श्रीमान श्रीकृष्ण महर्जनले किटानी जाहेरी दिएका थिए। उनको जाहेरी अनुसार प्रहरीले निक्की भन्ने सुरक्षा सिंहलाई पक्राउ गरी अनुसन्धान गरेकोमा काठमाडौं जिल्ला अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा तारिखमा छाडेको थियो।
अनुसन्धानका क्रममा ८१ जना आफन्त तथा व्यवसायसँग सम्बद्ध व्यक्तिसँग सोधपुछ गरेको, हुलीया परिपत्र गरेको र उनले प्रयोग गर्ने ९८४११४५६७१ नम्वर मोबाइलको कल डिटेल निकाली विश्लेषण भइरहेको प्रधान कार्यालयको समाचार कक्षले जानकारी दिएको छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis