CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » इमेज च्यानल अब केवलबाट प्रशारण नगरिने

इमेज च्यानल अब केवलबाट प्रशारण नगरिने

काठमाडौं, माघ १ । इमेल च्यानललगायत टेलिभिजनका मालिकहरुले सम्पूर्ण केवुल अपरेटरहरुलाई विस्थापित गर्ने गरी संचारमन्त्रीलाई घुस खुवाएर राष्ट्रिय प्रशारण नियमवाली परिवर्तन गरेको विरुद्धमा देशभरका केवुल अपरेटरहरुले इमेल च्यानलको प्रशारण रोकेका छन् भने उक्त कार्यमा सहयोग गर्ने अन्य च्यालन पनि रोकिने भएको छ । 
इमेजलगायतका टेलिभिजनका मालिकहरु डिस टिभी हुँदै केवलसम्मको व्यापारमा आउनका लागि सजिलो हुने गरी परिवर्तित नियमवालीको बिरुद्ध यो सरकार विरुद्धको आन्दोलन भएको विराटनगरका एक केवुल अपरेटरले बताए । 
संचार जगत जसले गलत कार्य रोक्नु पर्नेमा उल्टै घुस खुवाएर देशको नियमवालीसमेत परिवर्तन गर्ने गर्नु कति ठिक हो उनको प्रश्न छ । 
केहि वर्षदेखि डिस होमका नाममा च्यानल बेच्दै आएकाहरुले केवुल सस्तो भएका कारण आफ्नो व्यापार नबढेको भन्दै केवुललाई नै विस्थापित अथवा चल्न न नसक्ने गर्ने उद्देश्यले संचारमन्त्रीको सहयोगमा लाखौ ग्राहकलाई महगो शु्ल्क उठाउने नियत र हजारौ
कर्मचारीलाई भोको बनाउने कदम भन्दै आन्दोलन सुरु भएको हो ।
यसैबीच इमेज च्यानलले भने आफ्ने कर्तुत लुकाउनका लागि सरकारविरोधी समाचार आएको भन्दै केवुल नेटवर्कलाई दवाव परेपछि उनीहरुले प्रसारणबाट आफ्नो टेलिभिजनलाई हटाएको हल्ला गरेको छ । 
इमेज च्यानल यस्तो सं‍स्था हो जहाँ विगत पाँच बर्षदेखि काम गरेका कर्मचारीलाई नियुक्ती पत्र पनि दिइएको छैन र तलब पनि ५—६ हजारभन्दा बढी छैन त्यस्तो सं‍स्थाको कर्तुतबाट सिघो व्यवसाय र कर्मचारीलाई मार्ने नियत सरकार छ उनको आरोप छ । 
यसैबीच देशभरका पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघका महासचिव भइसकेका र सभापतिमा हारेका महेन्द्र विष्टले उक्त स‍ंस्थाको समाचार व्युरो र राजनीति नेतृत्वबाट पाउने फाइदाका लागि संस्थालाई सहयोग गरिरहेका छन् । 
यसैबीच विष्टले एक विज्ञप्तीमार्फत संवैधानिक प्रत्याभूतिअनुसार कुनै पनि प्रसारण माध्यम अवरुद्ध गर्न पाइन्न भने पनि उनका अन्तर्गत कार्यरत पत्रकारले सरकारले तोकेको न्युनतम तबलका बारे भने केहि उल्लेख गरेका छैनन् । 
विज्ञप्ती बारे टिप्पणि गर्दै केवल अपरेटर भन्छन् — हैन ती विष्टको नियतै पत्रकार कर्मचारीलाई ठगी गरी मालिकबाट कमिशन बुझ्ने हो कि क्या हो ।


Source :weekly nepal
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis