परियारसँगैको अर्को बेडमा एकमहिने छोरी सविनालाई उपचार गराइरहेकी चरिमाया तामाङको ब्याग चोरेर लुटेरा भागे।
मुलुकको एकमात्र केन्द्रीय बाल अस्पताल कान्तिमा बिरामी र कुरुवाको मात्र होइन उपचार गरिरहेका बेला चिकित्सकको पनि मोबाइल चोरी भएको छ। बहिरंग विभागमा बिरामी जाँच्दै गर्दा श्रेष्ठ थरका एक चिकित्सकको मोबाइल चोरी भएको उल्लेख गर्दै अस्पतालकी एक नर्स भन्छिन्, 'पकेटमार र लुटेराहरु आफैं बिरामी वा बिरामीको अभिभावकका रुपमा आउँछन्। मोबाइल वा ब्याग जे भेटिन्छ त्यही लुटेर फर्किन्छन्। अस्पतालमा चोरी र लुटपाट हुनु त फेसनजस्तै भइसक्यो।'
मुलुकको एकमात्र केन्द्रीय बाल अस्पताल कान्तिमा बिरामी र कुरुवाको मात्र होइन उपचार गरिरहेका बेला चिकित्सकको पनि मोबाइल चोरी भएको छ। बहिरंग विभागमा बिरामी जाँच्दै गर्दा श्रेष्ठ थरका एक चिकित्सकको मोबाइल चोरी भएको उल्लेख गर्दै अस्पतालकी एक नर्स भन्छिन्, 'पकेटमार र लुटेराहरु आफैं बिरामी वा बिरामीको अभिभावकका रुपमा आउँछन्। मोबाइल वा ब्याग जे भेटिन्छ त्यही लुटेर फर्किन्छन्। अस्पतालमा चोरी र लुटपाट हुनु त फेसनजस्तै भइसक्यो।'
कान्ति अस्पताल नजिकको त्रिवि शिक्षण अस्पतालमा पनि दिउसै चोरी/लुटपाट हुन्छ। तीन दिनअघि बिरामीका कुरुवाको ल्यापटप चोरी भएको उल्लेख गर्दै शिक्षण अस्पतालका सुरक्षा शाखा इन्चार्ज जयबहादुर पण्डित भन्छन्, ‘दुईतीन जना डाक्टरका पनि मोबाइल र सरसामान चोरी भएको छ।' विगतमा सातामा तीन वटासम्म मोटरसाइकल चोरी हुने गरे पनि हाल कमी आएको उनले दाबी गरे।
मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालमा पनि चोरी र लुटपाट हुने गरेका घटना दोहोरिने गरेको स्वास्थ्यकर्मी बताउँछन्। उता लखनखेलस्थित मानसिक अस्पतालमा कालिकोटबाट आएका बिरामीका कुरुवालाई बेहोस बनाएर लुटिएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट नशा तथा मनोरोग विशेषज्ञ डा.मोहनराज श्रेष्ठ बताउँछन्। ‘महिलाका गहना लुटिएको छ,' डा. श्रेष्ठ भन्छन्, ‘तर, चोर समात्न सकिएको छैन।'
कान्ति बाल अस्पतालले पकेटमारको बिगबिगी भएपछि सुरक्षाकर्मी संख्या ६ बाट बाह्र पुर्यानएको एक महिना भएको छ। तर, पनि चोरी घटनामा कमी आएको छैन। अस्पतालका प्रशासक रमेशनरसिंह केसी भन्छन्, ‘नौ ठाउँमा सिसिटिभी क्यामरा राखे पनि चोरीको समस्या उस्तै छ।'
पकेटमार ओपिडीमा टिकट लिएर उभिने र मौका पाउनासाथ चोरी गर्ने गरेको प्रशासक केसीको भनाइ छ। पकेट मार्नमा युवती पनि संलग्न छन्। ‘जिन्स पाइन्ट लगाएका, मंगोलियन अनुहारका युवतीले पालेका लामा-लामा नङभित्र ब्लेडको टुक्रा घुसाउने र टिकट लिने स्वाङ पार्दै अगाडि उभिएको व्यक्तिको ब्याग वा पकेट काटेर भाग्ने गरेको प्रशासक केसी बताउँछन्।
पकेटमार र लुटेरा आफैं बिरामी वा बिरामीको अभिभावक भएर आउने हुनाले सुरक्षा व्यवस्थामा समस्या भइरहेको कान्ति अस्पतालका सुरक्षा शाखा इन्चार्ज तिलक सापकोटाको भनाइ छ। गाउँघरबाट आउने सोझा प्रवृत्तिका बिरामीका अभिभावकको कमजोरी पत्ता लगाएर चोरी तथा लुटपाट हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्। ‘बिरामीका कुरुवा वा भेटघाट गर्न आउनेलाई पास दिने व्यवस्था लागू गर्ने योजना बनाएका छौं,' कान्ति अस्पतालका प्रशासक केसी सुधारको प्रयास गरिरहेको उल्लेख गर्दै भन्छन्, ‘अब छिट्टै व्यवहारमा लागू गर्दैछौं।'
शिक्षण अस्पतालको सुरक्षा व्यवस्थालाई बलियो बनाउन अस्पतालमा ३६ जना निजी कम्पनीबाट थप सुरक्षाकर्मी खटाइएको छ। ‘तर पनि समस्या ज्यूँका त्यूँ छ,' अस्पतालका सुरक्षा शाखा प्रमुख पण्डित भन्छन्, ‘हाकिम साबहरुलाई जानकारी गराएको छुँ। सबैतिर सिसिक्यामरा राख्ने हो भने पकेटमार र लुटेराले हिम्मत गर्दैनथे।' शिक्षण अस्पतालमा आएका पकेटमार तथा लुटेरालाई रंगेहात पक्रे पनि प्रहरीले केही समयपछि छोड्दिने भएका कारण पनि उनीहरु दोहोर्याटएर चोरी र लुटपाट गर्न आउने गरेको सुरक्षाकर्मी बताउँछन्।
-----नागरिक न्युज

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !