
बैंकले आफ्ना सबै डेबिट कार्डको कारोवार रोकेको बताइएको छ। यसअघि कार्डबाट ५ करोड ७६ लाख रुपैयाँ हिनामिना भएको आरोप लगाउँदै हिमालयन बैंकले आफ्ना डेपुटी म्यानेजर अनिषभक्त सुवालविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरीसमेत दायर गरेको थियो। कार्ड सेन्टरमा कार्यरत सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउँदै पटक पटक गरेर सो रकम झिकेको उजुरीमा उल्लेख थियो। पछिल्लो समयमा ग्राहकको जानकारी विनै भारतको नयाँ दिल्लीबाट कार्डमार्फत अनाधिकृत रुपमा रकम झिकिएको पाइएपछि बैंकले सबै डेबिट कार्डको कारोबार रोकेको थाहा भएको छ। रकम हराउन थालेपछि पछिल्लो समयमा हिमालयन बैंकसँगै एनआईसी र एस डेभलपमेन्ट बैंकले सम्बन्धित बैंकमा पुगेर आफ्नो कार्डको पिन नम्वर र डेबिट कार्ड परिवर्तनगर्न आग्रह गरेका छन्।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !