५ माघ, अष्ट्रेलिया ।अष्ट्रेलियामा एक व्यक्तिले जमीनमुनी साढे ५ किलो सुन भेट्टाएका छन् । भिक्टोरिया राज्यको बालाराट शहरमा एक व्यक्तिले मेटल डिटेक्टरको सहयोगमा ६० सेन्टिमिटर मुनी सुनको डल्लो भेट्टाएका हुन् ।
संचारमाध्यमहरुले सुन भेटाउने ब्यक्तिको परिचय खुलाएका छैनन् । भेटाएको सुन देखाउँदै गरेको भिडियो युट्युवमा पोष्ट गरिएको जसलाई दुई दिनभित्र सवा दुई लाखले हेरिसकेका छन् । उनले भने- मैले दुई दशकदेखि सुनको खोजी गरिरहेको थिएँ, यो निकै खुसीको कुरा हो ।’
जमिन खनेर पैसा निकाल्न पाउनु निकै आश्चर्यको कुरा भएको यसले मानिसमा आशा जगाउने उनले बताए ।
भिडियो हेर्नुहोस्

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !