नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लोडसेडिङ बढाएर दैनिक १४ घन्टा पुर्याएको छ । यसैका कारण नेपाल टेलिकमको व्यवसाय पनि चौपट हुने निश्चित भएको छ । दिनको १० घन्टामात्र विद्युत आउने हुँदा टेलिकमलाई व्याटि्र चार्ज
गरेर सेवा पुर्याउन नै हम्मे हम्मे पर्ने गरेको खबर नेपाल समाचारपत्रले छापेको छ । ‘टेलिकममा ८ घन्टाका लागि मात्र व्याटि्र व्याकप धान्ने व्याटि्र र ज्यानेटर राख्ने गरिएको छ’ टेलिकमका सह प्रवक्ता राजेश जोशीले भन्नुभयो ‘१४ घन्टासम्म विद्युत नआउँदा नेटवर्क कनेक्सनमा ठूलो समस्या आउँछ ।’ चालु बर्षमा प्राधिकरणले १९ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको छ, यसले टेलिकमको अर्बौ रुपैयाँको व्यापार धरासायी हुने जोशीको दाबी छ ।
अहिले हरेक मोवाइल प्रयोगकर्ताले टेलिकमलाई गाली गर्ने र मोवाइल सेवाको गुणस्तरमा करिब ५० प्रतिशतसम्म कमी आउने टेलिकमकै अधिकारीहरुको दाबी छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !