File Photo :
ऋषिसमक्ष बिहेको प्रस्ताव गएको धमला निकट स्रोतले जनाएको छ। बिहेको टिकाटालो भइसक्दा पनि धमलाले भने आफ्नो बिहे हुन लागेको कुरा अस्वीकार गरिरहेका छन्। दिनमा १८ घण्टाभन्दा बढी ऋषिसँगै हिड्ने र ऋषि धमलाको पकेट टक्टक्याएर घर खर्च चलाउने कतिपय 'होलटाइमर' पत्रकारहरु समेत ऋषिको छापामार शैलीको बिहेको खबरबाट चकित भएका छन्। उनले आफ्नो बिहे हुन लागेको हल्ला गलत भएको बताए।
माघ ५ गते बेलुका राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीकी छोरीको बिहेभोजमा गएका बेला ऋषिलाई धेरैले बधाइ दिए पनि उनले बिहेको बधाइ अस्वीकार गरेका थिए। टिकाटालोको फोटो नै सार्वजनिक भइसक्दा पनि उनले 'म सेलिब्रिटी मान्छेसँग फोटो खिचाउन जो पनि चाहन्छन्, कतिसँग खिचिन्छ त्यस्तो फोटो, सबैलाई बिहे गरेर सम्भव हुन्छ र?' भन्दै राजेश हमालकी फ्यानसँग तुलना गरेका थिए। दाजु भाउजुसँगै सामाखुसी रानीबारीमा बस्दै आएका धमलाको अव्यवस्थित जीवनशैली, खानपान र बेवारिसे सम्बन्धहरुलाई नियन्त्रण गर्न परिवारले पहिलेदेखि नै बिहे गरिदिन खोजेको थियो। तर राती १२ बजेसम्म पनि बाहिरै बस्ने र बिहान ५ नबज्दै मोबाइलमा हेलो हेलो भन्दै पुतलीसडकतिर पुगिसक्ने धमलासँग जस्ता तस्ता केटीको घरबार जम्न नसक्ने भएकाले धेरै कुराहरु त्यत्तिकै टरेका थिए।
धमलाले आफ्नो टिकोटालोको फोटो बाहिर सार्वजनिक गरेकोमा नयाँपत्रिकाका पत्रकार भुवन शर्माको झाँको झार्दै तत्काल फोटो हटाउन दबाब दिएका थिए। बेला बेलामा उट्पट्याङ हर्कत गरेर भने पनि चर्चामा आउन रुचाउने धमलाले टिकाटालो पनि चर्चाका लागि मात्र गरेका त होइनन्? भन्ने प्रश्न पनि उठेको छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !