CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यो बर्ष सेक्सका चर्चा

यो बर्ष सेक्सका चर्चा

विश्वमा दिनदिनै विभिन्न विषयमा अध्ययन अनुसन्धान भइरहन्छन्। केही अध्ययन तथा सर्वेक्षण भने निकै रोचक, घोचक र ज्ञानबर्द्धक हुन्छन्। केही भने फगत मनोरञ्जनका लागि मात्र कामयावी हुन्छन्। यो वर्ष सन् २०१२ विभिन्न कारणले चर्चा रह्यो। यहीँ चर्चाको बीचमा यो वर्ष केही त्यस्ता सेक्स सम्बन्धीका अध्ययन भए जसले झनै चर्चा थपिदियो। यो वर्ष चर्चा कमाएका सेक्स निम्न छन्।  
फ्रान्समा भएको एक अध्ययनले कसिला अन्तरवस्त्र लगाउने पुरुषहरु नपुंशक बन्ने खतरा रहेको देखाएको छ। २६ हजार मानिसमा गरिएको अध्ययन अनुसार कसिला पेन्टी लगाउने पुरुषमा शुक्राणुको गुणस्तर घ
ट्छ जसले नपुंशकताको खतरा बढाउँछ।  
भारतमा गरिएको एक अध्ययनले किशोरावस्थामै सेक्सको स्वाद लिने मामिलामा केटा भन्दा केटी धेरै अघि रहेको देखाएको छ। मेट्रो तथा मझौला सहरहरुमा गरिएको अध्ययनले सहरिया केटीहरुमा शर्म भन्ने कुरा लगभग सकिइसकेको छ। विवाहसम्म कुमारी रहने केटीहरुको अनुपात कुमार केटाहरुको तुलनामा निकै कम रहेको अध्ययनले देखायो। 
अस्ट्रेलियामा गरिएको एक अर्को अध्ययनले साइज नमिल्ने तथा बढी कसिलो ब्रा लगाउँदा महिलाहरुमा श्वासप्रस्वासको समस्या मात्र होइन पिठ्यूँ दुख्ने, अपच तथा स्तन क्यान्सरको समस्या समेत उत्पन्न हुन्छ। त्यसैगरि अमेरिकामा गरिएको अध्ययनले समलिंगी विवाहको समर्थन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ। सन् २००८ मा ३९ प्रतिशतले यस्तो विवाहको समथर्न गर्ने गरेकोमा अहिले त्यो संख्या ४९ प्रतिशत पुगेको छ। बेलायतमा गरिएको एक अध्ययन अनुसार सुत्ने कोठामा बैजनी रंगका सामान प्रयोग गर्ने मानिसहरु बढि कामुक हुन्छन्। बेडरुममा बैजनी रंगका कपडा तथा भित्तामा समेत बैजनी रंग लगाउने जोडीले हप्तामा औषतमा ३ देखि ५ पटकसम्म सम्भोग गर्छन् भने खैरो रंग पोत्नेहरुले औषतमा हप्तामा जम्मा २ पटक मात्र सम्भोग गर्छन्। अमेरिकामा गरिएको अर्को अध्ययनले ३४ प्रतिशत पुरुषले आफ्नो पार्टनरलाई जिवनमा एक भन्दा धेरै पटक धोका दिएका छन्। साथै यस अध्ययनले ३४ प्रतिशत अमेरिकी पुरुषले सेक्सका बेला कण्डम प्रयोग गर्ननचाहने समेत देखाएको छ। 
नेदरल्याण्डमा गरिएको अध्ययन अनुसार सेक्सले मानिसलाई बढि बुद्धिमान बनाउँछ। सेक्सका दौरान निस्कने हर्मनले मानसिक दक्षता बढाउँछ जसबाट मानिसले चुनौतिपूर्ण काम गर्नसक्षम हुन्छ। 
फ्रान्समा गरिएको अध्ययनले त्यहाँका पुरुषमा शुक्रकिटको स्तरमा उच्च रुपले गिरावट हुँदै गएको छ। फ्रान्सेली पुरुषको विर्यमा शुक्रकिटको संख्या तिब्र दरले घटेको अध्ययनको निष्कर्ष छ। न्यूजिल्याण्डमा गरिएको एक अध्ययन अनुसार पुरुषको पहिलो रोजाइ सेक्स हो भने दोश्रो रक्सी हो। अमेरिकामा गरिएको अर्को अध्ययनले पोर्नस्टार महिलाहरुको पारिवारिक जिवन निकै सम्मानित हुन्छ। उनीहरुमा कुनै मानसिक हिनताबोध तथा लज्जाबोध हुँदैन। 
 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis