तक्मे बूढा विल्सन विक्रम राईले आफ्नो स्टान्डअप कमेडीबाट जापानका दर्शकहरूलाई पेट मिचिमिची हास्न बाध्य बनाएका छन्। गुरुङ जातिको महान पर्व ल्होसारको अवसरमा तमु धिं जापानले प्रत्येक वर्ष आयोजना गर्ने ल्होसार पर्वमा यसपटक विल्सन प्रमुख आकर्षण थिए। जापानस्थित नेपाली राजदूत डा. मदनकुमार भट्टराईले उद्घाटन गरेको कार्यक्रममा तोक्मे बूढाले लगातार दुई घन्टा स्टेज कब्जा गरेका थिए। गत साता टोकियो सिन्जुक खाबुची चोकस्थित युनिभर्सिटी हलमा आयोजित कार्यक्रममा गुरुङ जातिको पहिचान झल्किने भाषा, संस्कृति, संस्कार एवं परम्परा देख्न सकिन्थ्यो।
कलाकारहरूले त्यहाँ रोधी साँझको परम्परालाई दुरुस्तै उतारेका थिए। कार्यक्रममा वारि जमुना पारि जमुना गायक खेम गुरुङले आफ्ना लो कप्रिय गीतहरू सुनाएका थिए। दर्शकको बाक्लो उपस्थितिका बीचमा नायिका सिपोरा गुरूङले नृत्य प्रस्तुत गरेकी थिइन्। पछिल्लो अवधिमा चर्चा बटुलेका लोकदोहोरीगायक रामजी खाँडले पनि श्रोताहरूलाई पर्याप्त मनोरञ्जन दिए। उक्त अवसरमा नेपालबाट आएका सबै कलाकारलाई तमु धीं जापानले सम्मान गरेको थियो।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !