CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » एक्लै खान खोज्दा डनको आक्रमण?

एक्लै खान खोज्दा डनको आक्रमण?

काठमाडौं । नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी माथि भएको आक्रमणका अभियुक्तहरु हालसम्म पक्राउ पर्न सकेका छैनन्।  कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयबाट भैसेपाटी,सैंबुस्थित घर घरतर्फ फर्किरहेका बेला एक समूहले उनी चढेको गाडी तोडफोड मात्र गरेी पेट्रोल छर्किएर आगो लगाउने प्रयास समेत गरेको थिए। घटना निकै गम्भीर किसिमको भएपनि प्रहरीले पत्ता लगाउन सकेको छैन। 
कतिपयले सो घटनालाई दुवै माओवादी पार्टीको चन्दा आतंकसँग समेत जोडेर हेर्दै आएका छन्। तर उच्च स्रोतका अनुसार कर्जाको घटना कर्जाको लेनेदनसग सम्बन्धित छ। भण्डारीले केही समयअघि ललितपुरको एक हाउजीङलाई कर्जा दिएका थिए। त्यसरी कर्जा प्रवाह गर्दा १० प्रतिशत रकम भण्डारीलाई कमिसन दिइएको स्रोतको भनाई छ।  
सो कुरा थाहा पाएपछि काभ्रेली समूहले उनीसँग भाग मागेका थिए। तर भण्डारीले दिन अस्वीकार गरेपछि योजनाबद्ध रुपमा
उनीमाथि आक्रमण भएको स्रोतको भनाई छ। आक्रमणको प्रकृतीअनुसार उनलाई हत्या गर्न नभई तर्साउने उदेश्यबाट प्रेरीत रहेको प्रहरी अधिकारीहरु बताउछन्।  
 साँझ पौने सात  बजेको समयमा घर पुग्नै लाग्दा मोडमा ढुकेर बसेका तीन जना युवाहरुले उनीमाथि आक्रमण गरेका थिए। आक्रमण 
गाडीको सिसा फुटेपनि उनी र उनका चालकमाथि भने घाउचोट नलागेको प्रहरीले जनाएको छ।  
आक्रमणपछि  चार युवा मोटरसाइकलमा भागेका थिए।  सैंबुस्थित घर नजिकै पुग्ने बेला उनको गाडीमाथि आक्रमण भएको हो। डण्डीलेे उनी चढेको गाडीमाथि अन्धाधुन्ध आक्रमण भएको प्रहरीले जनाएको छ। उनी आउने बाटोमा कुरेर बसेर आक्रमण गर्नु र गाडीमा आगजनीको समेत प्रयास हुनुले सुनियोजित रुपमा उनीमाथि आक्रमण भएको प्रहरी अधिकारीहरु बताउछन् ।   
नेपालमा सबै बैंकका सिईओले कमिसश लिएपछि मात्र कर्जा स्वीकृती गर्ने गरेका छन्। कमिशनको लोभमा उनीहरुले अनियमित तरिकाले समेत कर्जा प्रवाह गर्दछन्। आफ्नो कमिसनको कुरा बाहिर आउने भएकाले बैंकर भण्डारीले आफूमाथि कसैले पैसा नमागेको र धम्की पनि नदिएको दाबी गरेका हुन्।




---weekly nepal
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis