CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बेड सिनको मौसम !: अर्की नायिकाको उत्तेजक वेडसिन

बेड सिनको मौसम !: अर्की नायिकाको उत्तेजक वेडसिन


नायिका पुजना प्रधानले चलचित्र ‘रक्षा’ मा उत्तेजक बेडसिनको दृश्य दिएपछि यसले खुबै चर्चा पाएको थियो । पुजनाले नायक अशोक फुयाँलसँग दिएको उक्त बेडसिनका बारेमा थुप्रै टिप्पणी पनि बजारमा चल्यो । कतिले ‘रक्षा’ सिनेमाले हराउदै गएकी पुजनालाई पुनः चर्चामा ल्याएको बताए । चलचित्रमा समावेश उक्त बेडसिनले सिनेमाको व्यापारमा समेत असर पर्ने निर्माणपक्षको सोचाई छ ।तर पुजनाले दिएको बेडसिनलाई समेत विर्साउने गरी अर्की एक नायिकाले ‘रक्षा’ मा उत्तेजक दृश्य दिएकी छिन् । युवतीहरुलाई नेताले कसरी प्रयोग गर्छन् भन्ने
बिषयलाई उठान गरेको चलचित्रमा समावेश एक दृश्यमा नव नायिका खुशी थापा ले सनसनीपुर्ण बेडसिन दिएकी हुन् । जागरी खानका लागि नेताले युवतीलाई शोषण गरेको दृश्य देखाउन वेडसिन खिचिएको निर्देशक राजु गिरीले बताए ।

चलचित्रमा समावेश बेड सिनमा नव नायिका खुशीले कुनै हिचकिचावट बिना नै उत्तेजक दृश्य दिएकी हुन् । चैत्र ९ गतेबाट काठमाण्डौ बाहिरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रलाई पबन बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, साकिरा घिमिरे लगायतका कलाकारको समेत अभिनय छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।


सौ: अन्लाईन खबर 


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis