CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » म अंग प्रदर्शन गर्ने नायिका होइन

म अंग प्रदर्शन गर्ने नायिका होइन

करिब पाँच वर्षअगाडि निर्माण भएको चलचित्र ‘माझी दाइ’ बाट नायिकाका रूपमा चलचित्र क्षेत्रमा देखापरेर हराउन पुगेकी नायिका सिम्पल खनाल पुन: एकपटक चलचित्रको पर्दामा देखिने भएकी छन् । यसपटक उनी ‘अध्याय’ चलचित्रमार्फत पुन: देखापर्न लागेकी छन् । पछिल्लो समय चलचित्र अभिनयभन्दा पनि म्युजिक भिडियो अभिनय र टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएकी सिम्पलले संख्यामा चार दर्जनको हाराहारीमा म्युजिक भिडियो र दर्जनको हाराहरीमा विज्ञापन चलचित्रमा पनि अभिनय गरेकी छन् । चलचित्र अभिनयबाट कला क्षेत्रमा प्रवेश गरेर म्युजिक
भिडियोमा रमाउन पुगेकी सिम्पल फेरि किन चलचित्र अभिनयमा देखापरिनन् ? उनीसँग गरिएको कुराकानीको केही अंश ।
लामो समयपछि चलचित्रको पर्दामा देखापर्नुभयो नि ?
लामो समय भन्न मिल्दैन । त्यस्तै चार/पाँच वर्ष त भयो होला । मैले माझी दाइपछि कुनै पनि चलचित्रमा अभिनय गरेकी छैन । चलचित्रमा अभिनय नगरे पनि म अभिनयमा नै छु,चाहे त्यो म्युजिक भिडियो होस् या अन्य । चलचित्रमा अभिनय नगरेकाले लामो समय भएजस्तो लागेको हो ।
कता हराउनुभएको थियो ?
कतै पनि हराएको छैन । अभिनयमा नै छु । म्युजिक भिडियो, विज्ञापन चलचित्र तथा टेलिभिजन कार्यक्रमले गर्दा चलचित्र अभिनय गर्न भने भ्याइनँ ।
पाँच वर्षपछि चलचित्रमा पुन: देखिनुभएको छ । कस्तो आश गर्नुभएको छ ?
यस चलचित्रबाट मैले धेरै आश गरेकी छु । माझी दाइ अभिनय गरेको पाँच वर्षपछि यो चलचित्रमा अभिनय गरेकी हुँ । माझी दाइपछि पनि मलाई चलचित्रको अफर नआएको भने होइन, चलचित्रको अफर आइरहेको थियो । कहिले फुर्सद नभएर त कहिले चलचित्रको विषयवस्तु मन नपरेर अभिनय नगरेको हो । मलाई दर्शकले म्युजिक भिडियो हेरेर जसरी मन पराउनुभएको छ, चलचित्रमा पनि मन पराइदिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।
अध्याय चलचित्र किन खेल्नुभयो त ?
मलाई यो चलचित्रको विषयवस्तु मन परेर यो चलचित्र अभिनय गरेको हो । मैले यसै चलचित्रमा अभिनय गर्नुको अर्काे कारण यो चलचित्रसम्बन्धी अध्ययन गरेका विद्यार्थीले निर्माण गरेकाले चलचित्र राम्रो बन्छ भन्ने लागेर अभिनयका लागि समय निकालेकी हुँ ।
कस्तो भूमिका निर्वाह गर्नुभएको छ त ?
यो तीन जोडीको प्रेम कथामा आधारित चलचित्र हो । ती तीनै जोडीले हाम्रो समाजको प्रतिनिधित्व गरिरहेका छन् जस्तो लाग्छ । मैले चलचित्रमा चञ्चले, चुलबुले केटीको भूमिका निर्वाह गरेकी छु । यही भूमिका मन परेर नै यस चलचित्रमा अभिनय गरेकी हुँ ।
नायिकाहरूमा पछिल्लो समय ग्ल्यामर प्रदर्शन गर्ने होड नै चलेको छ, यसमा तपाईंको कस्तो ग्ल्यामर देख्न पाइन्छ ?
अहिले ग्ल्यामर भनेर धेरैजनाले अंग प्रदर्शन गर्ने गरेका छन् । म त्यस्तो खालको ग्ल्यामर प्रदर्शन गर्ने नायिका पनि होइन । फेरि यो चलचित्र त्यस्तो विषयमा बनेको पनि होइन । चलचित्रको कथा राम्रो लागेर नै मैले यसमा अभिनय गरेकी हुँ ।
म्युजिक भिडियो र चलचित्र अभिनयमा के फरक पाउनुभयो ?
अभिनयका हिसाबले हेर्ने हो भने त्यस्तो केही फरक छैन । दुवैमा अभिनय देखाउने हो । म्युजिक भिडियोमा एक दुई दिन समय दिए पुग्छ भने चलचित्रमा धेरै टाइम दिनुपर्छ । महिनौँ लाग्छ । चलचित्रभन्दा म्युजिक भिडियोमा छिटो फ्री भइन्छ ।
हाम्रो समाजमा चलचित्रका नायिकालाई इज्जतले हेरिँदैन भनिन्छ नि ?
यो पहिले हो, अहिले होइन । पहिला चलचित्रमा लाग्ने केही नायिकाहरू बदनाम भएका पनि थिए । त्यसले गर्दा हेर्ने दृष्टिकोण नराम्रो थियो । अहिले एडभान्स जमाना हो । चलचित्र क्षेत्रमा एक से एक नायिका प्रवेश गरेका छन् । तिनले गर्दा हेर्ने दृष्टिकोण पनि फेरिएको छ ।
टेलिभिजन कार्यक्रम सञ्चालनका साथै म्युजिक भिडियो र चलचित्रमा पनि अभिनय गर्नुभएको छ । आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ?
म एउटा कलाकार हो । मैले कामको सिलसिलामा टेलिभिजन कार्यक्रम पनि चलाएको छु भने म्युजिक भिडियो तथा विज्ञापन चलचित्रमा अभिनय पनि गरेकी छु । तैपनि, आफूलाई चिनाउनु पर्दा एक कलाकार भनेर नै चिनाउन चाहन्छु ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis