एचसी–१ नाम दिइएको र मोटोरोला सोल्युसन्स कम्पनीले निर्माण गरेको यो कम्प्युटर झट्ट हेर्दा ठूलो साइजको टेलिफोनको हेडसेटजस्तो देखिन्छ। यसलाई टाउकामा बाँधेर प्रयोग गर्न सकिनेछ। साइकलको हेलमेट र ग्यास मास्कजस्तो देखिने
कम्प्युटर पनि सो कम्पनीले निर्माण गर्ने बताइएको छ।
उक्त कम्प्युटर टाउकामा बाँधिए पनि अनुहार सामुन्ने एक स्त्रि्कन रहन्छ जसमा हेर्नका लागि शिरलाई केही झुकाउनुपर्ने हुन्छ। त्यसले तपाईंले मनमा चाहेको कुरा बुझ्छ अर्थात् तपाईं उक्त उपकरणलाई आदेश दिन सक्नुहुन्छ जसबाट त्यसले फाइल खोल्ने, इमेल चेक गर्ने, क्यामेराको जुम–इन गर्ने आदि काम गर्छ। खासगरी दूरदराजमा काम गर्ने इन्जिनियर, निर्माण क्षेत्रमा लागेका कालिगढ, वास्तुकारहरूलाई यो कम्प्युटर उपयोगी हुने बताइएको छ। उक्त कम्प्युटरको बजार ठूलो नहुने अनुमान गर्दै निर्माण कम्पनीले त्यसको मूल्य तीनदेखि चार हजार डलरसम्म पर्ने जनाएको छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !