'त्यहाँ हाम्रो जीवन निकै कष्टकर थियो। नमाजमा जान बन्द गरेपछि मानिसहरूले ममाथि शंका गर्न थाले। उनीहरूले मलाई इसाई त बनेनौ? भनेर सोध्थे। तर म आफ्नो ज्यान बचाउन झूट बोल्थें। हामी जमिन तल्लामा भेला भएर ईश्वरको प्रार्थना गथ्यर्ौं। यानि मेरो धर्म इसाई थियो, तर संसारका लागि म एकजना मुसलमान थिएँ।'
३३ वर्षका ओमर आज पनि अफगानिस्तानको बिताएको जीवन सम्झँदा झस्कन्छन्। दिल्लीको एउटा अफगान चर्चमा भेटिएका उनी भारतमा चाहिँ ठूलो राहत महसुस गरिरहेका छन्। एउटा सानो कोठा जहाँ केही प्लास्टिकका कुर्सी छन्, हातले लेखिएका बाइबल। पादरी कुरिरहेका उनीहरूको आँखामा अझै पनि डर बाँकी नै छ, जो अफगानिस्तानबाट भागेर भारत छिरे त्यो पनि
धर्मकै कारण र धर्मकै लागि।३३ वर्षका ओमर आज पनि अफगानिस्तानको बिताएको जीवन सम्झँदा झस्कन्छन्। दिल्लीको एउटा अफगान चर्चमा भेटिएका उनी भारतमा चाहिँ ठूलो राहत महसुस गरिरहेका छन्। एउटा सानो कोठा जहाँ केही प्लास्टिकका कुर्सी छन्, हातले लेखिएका बाइबल। पादरी कुरिरहेका उनीहरूको आँखामा अझै पनि डर बाँकी नै छ, जो अफगानिस्तानबाट भागेर भारत छिरे त्यो पनि
एउटै सजाय मृत्यु
अफगानिस्तान एउटा मुस्लिम देश हो, जहाँ अन्य धर्मका लागि कुनै सहिष्णुता छैन। हालको सरकार होस् वा तालिबान संगठन जोकोही पनि अरु धर्मविरुद्ध छन्। र, उनीहरूको उर्दीको उल्लंघनको सजाय एउटै मात्र छ, त्यो हो मृत्यु।
'सरकारको कुरा छोड्नुस्, त्यहाँको अवस्था यस्तो गएगुज्रेको थियो कि गाउँका मानिस, मेरा आफ्नै परिवार र आफन्तले म इसाई भएको थाहा पाए मलाई मार्ने थिए,' ओमर भन्छन्। अफगानिस्तानमा केही यस्ता मानिस छन्, जो इसाई धर्म मान्छन् र संसारबाट लुकेर ईश्वरको नाम पुकार्छन्। उनीहरू आफ्नो पहिचान लुकाएर इसाई र मुस्लिमको दोहोरो जीवन बाँच्छन्, तर भेद खुले रातारात देश छोड्नुको विकल्प उनीहरूसँग हुँदैन।
छुट्यो घरबार
चर्चका पादरी एकजना अफगान इसाई छन्, जो सन् २००७ मा आफ्नो परिवारसँग भागेर भारत आएका थिए। 'हामी धेरै वर्षसम्म लुकेर ईश्वरलाई पुज्यौं। हामीलाई इसाई धर्मप्रति गर्व थियो। तर पछि हामीलाई धम्क्याइन थालियो र हामी भागेर भारत आयौं,' उनी भन्छन्, 'तालिबानलाई लाग्थ्यो, इसाई धर्मालम्बीहरू अरुलाई पनि आफूसँग तान्छन्। त्यसैले उनीहरू इसाई धर्मालम्बीको शिर छेद गरिदिन्थे।'
४२ वर्षीय आदिल अफगानिस्तानमा रहेको आफ्नो आलिसान घर र विस्तार भइरहेको गाडीको कारोबारलाई सम्झँदा आँशु झार्न थाल्छन्। भन्छन्, 'गाडीको बजारमा मेरो पकड यति बलियो थियो कि म गुडिरहेको गाडीलाई हेरेरै त्यो कति पुरानो छ र त्यसमा के खराबी छ भन्न सक्थें। त्यहाँ मेरो आफ्नै व्यापार थियो, धेरै गाडी भाडामा चलाउँथे र नयाँ नयाँ गाडी किन्ने मेरो सौख थियो। देश छाड्दा ती सबै मैले तीन लाख पाकिस्तानी रुपैयाँमा बेचेको थिएँ।' आफ्नो दोहोरो दैनिकीबाट वाक्क भएका उनीहरू सक्ने जति भारत आएका थिए, तर भारत पुग्दासम्म पनि उनीहरूको पिछा छोडिएन।
उस्तै छ समस्या अफगानिस्तानबाट हरेक वर्ष ठूलो संख्यामा मानिसहरू व्यापार र उपचारका लागि भारत आउँछन्। धेरै अफगान शरणार्थीहरू उनीहरूको दोभाषेका रूपमा काम गर्छन्। र, यो काम नै सबैभन्दा ठूलो समस्या बन्ने गर्छ। 'अफगानिस्तानबाट आएका एकजना शेखसँग म धेरै दिनसम्म दोभाषेका रूपमा काम गरेको थिएँ। हाम्रो परिवार निकै नजिकिसकेको थियो। एक दिन उनलाई थाहा भयो कि म इसाई हुँ,' हामिद भन्छन्, 'त्यसपछि उसले मेरो तस्बिर फेसबुक र युट्युबमा राखिदिए। अब त अफगानिस्तानका मात्र होइनन्, भारतका मुस्लिम कट्टरपन्थीहरूसमेत मेरो पछि लागेका छन्।'
आदिल भारतमा आफ्नो धर्म इसाई हो भनेर लुकाउन चाहँदैनन्, तर बेरोजगारीका कारण उनी बाध्य छन्। भन्छन्, 'म धेरै ठाउँमा काम माग्न गएँ। तर उनीहरू अफगान नागरिकसँग डराउँछन्। त्यसपछि एउटा अफगान बेकरीमा काम गर्न थालें। तर अन्य अफगानीले म इसाई भएको थाहा पाएपछि उनीहरूले मैले काम गर्ने बेकरीबाट सामान लिन छोडे। केही दिनमै मेरो मालिकले मलाई अन्तै काम खोज्न भने।'
भारतमा पनि अफगानीका लागि धेरै समस्या छन्। सहयोगको बाटोमा पनि थुप्रै अड्चन छन्। भारत सरकार शरणार्थीको सुरक्षा र उनीहरूलाई शरण दिनेबारे राष्ट्रसंघीय मानवअधिकार संगठनको नियम लागू गर्दैन, किनभने भारतले सन् १९५१ मा भएको रेफ्युजी कन्भेन्सनमा भाग लिएको थिएन।
रमेश दनेखु