सहरी उपभोक्ताहरुको भान्सामा नभई नहुने वस्तु खाना पकाउने ग्यासको भाउमा सरकारले क्रान्तिकारी छलाङ मारिदिएको छ। सरकार फेर्ने कुरा चलिरहेको बेला झ्याप्प लाएर एकै सिलिन्डरमा ६३० रुपियाँ भाउ बढाइएको हो। यति धेरै रुपियाँले ग्यासको भाउ आजसम्म बढेको थिएन। महंगी नियन्त्रण गरिनुपर्छ र दैनिक उपभोगका वस्तुहरू सस्तो आपूर्ति गर्नुपर्छसहितका ४० बुँदे माग राखेर जनयुद्ध
सुरु गरेकै दिन पारेर ग्यासको भाउमा यो क्रान्तिकारी छलाङ मारिएको हो। त्यसो त घरायसी उपभोक्तालाई ५ सय ५० रुपियाँ अनुदान दिने त भनिएको छ तर त्यसको प्रक्रिया झण्झटिलो छ र किन्ने बेलामा बिक्रेतालाई २१ सय रुपियाँ तिरेरै किन्नुपर्नेछ।
ग्यास बेच्न एकाधिकार पाएको नेपाल आयल निगमले ग्यासमा अनुदान दिएर धेरै घाटा सहनु परेको भन्दै घरायसी र व्यवसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रङको सिलिन्डर प्रयोग गर्ने प्रयास धेरैअघिदेखि गरेको थियो। तर व्यवसायीहरुकै असहयोगका कारण तीन पटक मिति तोकिसक्दा पनि यो संभव हुन सकेको थिएन। अन्ततः आजदेखि यसलाई प्रयोगमा ल्याइने भएको छ।
तर कति परिवारले अहिलेसम्म ग्यास कार्ड नै बनाएका छैनन्। ग्यास कार्ड बनाउँदा अनियमितता हुने संभावना पनि छ। हुँदै नभएका वृद्धको नाममा त भत्ता लिएर पचाउने देशमा महिनामा ५५० रुपियाँ आउने चिज पो त।
होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, गाडी आदि व्यवसायिक प्रयोगकर्ताले भने अनुदान पाउने छैन। यसको मतलब उनीहरुले आफ्नो सेवामा पक्कै भाउ बढाउने बहाना पाउने छन् आउँदा दिनमा।
ग्यास कार्ड बनाउनु भएको छैन ? यो फाराम प्रिन्ट गर्नुस् र भरेर बिक्रेताकहाँ बुझाउनुस्-
यो फाराम नेपाल आयल निगमको वेबसाइटमा गई डाउनलोड गर्न सकिन्छ। अथवा यहाँ क्लिक गरी File मा क्लिक गरी डाउनलोड अथवा Ctrl+S गर्नुस्।
यो फाराम नेपाल आयल निगमको वेबसाइटमा गई डाउनलोड गर्न सकिन्छ। अथवा यहाँ क्लिक गरी File मा क्लिक गरी डाउनलोड अथवा Ctrl+S गर्नुस्।
By Salokya, on February 12th, 2013
फोटोः सुरज शाह/फेसबुक
