कणर्ाली क्षेत्रमा बर्सेनि हैजा, झाडापखाला र रगतमासीको महामारी
'ती झिँगा जीवनका छुट्याउनै नमिल्ने अंगजस्तो बनिसकेका रहेछन्, साथीजस्तो रहेछन्, यहाँ मान्छेको बस्तीमा झिँगा होइन, झिँगाको बस्ती अतिक्रमण गरेर मान्छे बसेजस्तो लाग्यो।' साहित्यकार शारदा शर्माले आफ्नो पुस्तक भुइँफूलको देशमा लेखेकी छन् ।
३० भदौमा जुम्लाको तातोपानी गाविसको राँकामा रात बिताएका प्रधानमन्त्री बाबुराम भट्टराईले समग्र कणर्ालीको विकास गर्ने आश्वासन बाँडेर स्थानीयवासीलाई मक्ख मात्र बनाएनन्, राजधानी फर्केलगत्तै कणर्ाली
त्यसै पनि मानव विकास सूचकांकका आधारमा कणर्ाली देशको सबैभन्दा पिछडिएको क्षेत्र हो (हेर्नूस्, बक्स)। यसै सूचकांकलाई प्रतिनिधित्व गर्छन्, कणर्ालीका पाँचवटै जिल्लामा जताततै देखिने झिँगाले, जसलाई स्थानीय भाषामा माखा भनिन्छ। कणर्ाली क्षेत्रको अध्ययन/अनुसन्धानमा लामो समयदेखि क्रियाशील मानवशास्त्री विहारीकृष्ण श्रेष्ठका शब्द पैँचो लिएर भन्ने हो भने कुनै समयको खस साम्राज्यको केन्द्र मानिने कणर्ाली क्षेत्रमा गर्मी याम सुरु हुनासाथ झिँगाको साम्राज्य चल्छ। भन्छन्, "कणर्ालीमा झिँगा गणना नै गर्ने हो भने एउटै गाउँमा अर्बौं-खर्बौंको संख्यामा भेटिएलान्।"
बर्सेनि कणर्ालीका विकट गाउँमा फैलिने झाडापखाला र हैजाको महामारीका मूल कारण यिनै झिँगा हुन्। जस्तो ः ०६२ मा हुम्लामा फैलिएको झाडापखालाको प्रकोपबाट १८ जनाले ज्यान गुमाए। त्यही वर्ष मुगुमा तीन जनाको ज्यान गयो। ०६३ को चैतदेखि ०६४ कात्तिकसम्म फैलिएको झाडापखाला र हैजाबाट कालीकोटका ६ गाविसमा ४१ ज्ानाको मृत्यु भयो। कालीकोटकै १६ गाविसको तथ्यांक हेर्ने हो भने ०६४ देखि ०६८ बीचमा झाडापखाला र हैजाबाट ७६ तथा रगतमासीबाट २० गरी ९६ जनाले ज्यान गुमाएका छन्। हुम्ला जिल्ला स्वास्थ्य प्रमुख रविन खड्का भन्छन्, "खुला दिसाको उचित व्यवस्थापन गर्न मात्र सकेे ७५ प्रतिशत सरुवा रोग नियन्त्रण हुन्छ र झिँगाको समस्या पनि स्वतः नै न्यून हुन्छ।" जुम्ला घर भएका वातावरण विज्ञानका शोधार्थी वरदान सेजुवालको भनाइमा पनि जताततै खुला दिसा नै झिँगा उत्पादनको कारखाना हो। कणर्ालीका अधिकांश ग्रामीण वस्तीहरू एकै ठाउँमा गुजुमुज्ज परेकाले सरसफाइको बढी समस्या देखिनु स्वाभाविक भएको जुम्लाको नागरकि समाजका अगुवा मेघराज न्यौपाने बताउँछन्।
घरको आँगनमा मल बनाउनु त्यहाँका बासिन्दाको पर्यावरणीय बाध्यता हो, जो झिँगाको प्रकोप बढाउने एउटा अर्को प्रमुख कारण हो। वातावरण विज्ञानका शोधार्थी सेजुवाल भन्छन्, "भैँसी, गाई र गोरुले विसर्जन गरेको गोबर र त्यससँगसँगै निस्किने कम्पोस्ट मलको व्यवस्थापन नहुनुले पनि समस्या थपेको छ।"
कणर्ालीका गाउँमा मात्र होइन, जंगल क्षेत्रमा पनि झिँगाको प्रकोप कम छैन। खासगरी वैशाखदेखि साउनसम्म गाई, गोरु र भैँसीलाई जंगलमा लगेर छाड्ने गरन्िछ। गाउँमा रहेको चरन क्षेत्र जोगाउन गाईवस्तु जंगलमा राख्ने परम्परा छ। गाउँमा रहेको चरन क्षेत्रमा उमि्रने घाँस काटेर जाडोयामका लागि सञ्चित गरन्िछ। जंगलमा गाईवस्तु राख्ने क्षेत्रलाई स्थानीय भाषामा आँटी भनिन्छ। त्यस्ता आँटीमा पनि गाईवस्तु सँगसँगै झिँगा जान्छन् र जंगलमा फैलिन्छन्। सोही सिजनमा स्थानीयले आँटी आसपासका जग्गामा मकै, आलु, सिमी, फर्सीलगायतका फसल लगाउने गर्छन्। स्याउका बोटमा पानी हाल्ने सिजन पनि त्यही हो। उक्त फसल जंगली जनावरले ननासिदिऊन् भनेर गोठालाहरू चार महिनाजति जंगलमै हुन्छन्। झिँगाले पनि तिनै गाईवस्तु र गोठालोलाई पछ्याइरहेका हुन्छन्। रातभर चिसोमा झिँगा बास बस्छन्, जब घाम उदाउँछ, झिँगा आतंक पनि सुरु हुन्छ। यद्यपि, चिसो ठाउँमा पनि झिँगा हुनुको अरू नै कारण भए पनि त्यसमा गहन अध्ययन भएको छैन। गोठालाहरू भने दूध, दही, महीका कारण झिँगा आउने गरेको बताउँछन्।
यातायात र ढुवानीका लागि त्यस क्षेत्रमा घोडा, खच्चर, भेडाको नै बढी प्रयोग हुन्छ। प्रस्तावित कणर्ाली शिक्षण अस्पतालका डा विकल्प पोखरेलका भनाइमा तिनले हिँड्ने क्रममा बाटामा विसर्जन गर्ने गोबर पनि झिँगा फैलिनुको अर्को एक कारण हो। कणर्ालीको सरसफाइ सम्बन्धमा अध्ययन गरेकी डा अरुणा उप्रेतीका अनुसार धारामा पानी भए पनि घरवरपिर िसफा राख्नुपर्छ भन्ने चेतनाको कमी देखिन्छ। उनका अनुसार सफा रहनुपर्ने अस्पताल र स्वास्थ्य चौकी नै फोहोरको भण्डारजस्ता लाग्छन्। भन्छिन्, "स्वास्थ्य र सरसफाइ सिकाउने स्थान नै फोहोर छन् भने अन्यत्रको अवस्था के होला ?"
चित्र निराशाजनक मात्र छैन। कणर्ालीका पाँचै जिल्लामा सरसफाइ अभियानलाई विभिन्न माध्यमबाट सुरुआत पनि गरएिको छ। त्यसको उदाहरण हो, सम्बन्धित जिल्ला प्रशासनले स्थानीय निकाय परिचालन गररिहेका दिसामुक्त क्षेत्रको कार्यनीति। त्यसको सुरुआत कालीकोटबाट भयो, ०६५ सालमा कालीकोटको जिम्जेडी गाउँलाई खुला दिसामुक्त घोषणा गरेर। कालीकोटका विद्यालयमा अध्ययनरत बालबालिकालाई सरसफाइमा २५ पूणर्ांकको व्यवस्था गरएिको छ। हाल त्यहाँका १७ गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने बाँकी १३ गाविसमा सरसफाइ अभियान तीव्र छ।
कालीकोटलाई सन् २०१४ सम्म खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यसहित ६ वर्षे रणनीतिक योजना बनेपछि सरसफाइका क्षेत्रमा अपत्यारिलो परविर्तन आएको खानेपानी तथा सरसफाइ सहजकर्ता वीरेन्द्रबहादुर शाही बताउँछन्। यद्यपि, विडम्बना नै हो, घोषणा भएका गाविसमा पनि त्यसको कार्यान्वयन बलियो छैन। "पहिलो कुरा त धेरै गाविस अझै खुला दिसामुक्त घोषणा हुन बाँकी छन्, घोषणा भइसकेका गाविसमा पनि कार्यान्वयन पक्ष फितलो देखिन्छ," डा उप्रेती भन्छिन्, "समस्या अझै बाँकी छ।"
नेदरल्यान्ड्स सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग फाउन्डेसन अफ नेदरल्यान्ड्स भोलिन्टियर्स -एसएनभी नेपाल)का जुम्लास्थित सल्लाहकार गोविन्द रोकायाका भनाइमा प्रभावकारी कार्यान्वयन नहुनुका केही कारण छन्। भन्छन्, "तीमध्ये खट्केको विषय जिल्लागत रूपमा नीति तथा रणनीतिक योजना नहुनुु नै कार्यान्वयन पक्ष फितलो हुनुको मूल कारण हो।"
एउटा व्यक्ति लागेर होइन, पूरै राज्य लागेर मात्र कणर्ालीलाई यसबाट मुक्ति दिन सकिन्छ। जबसम्म राज्यले आफ्ना सम्पूर्ण साधन स्रोत कणर्ालीका लागि परचिालन गर्ने अभियान चलाउँदैन, त्यस क्षेत्रलाई यो दुर्दशाबाट मुक्त बनाउन सकिँदैन। गरबिी नै त्यसको मूल कारण हो। जब मान्छेसँग पर्याप्त पैसा हुन्छ र ऊ खाने लगाउने समस्याबाट मुक्त हुन्छ, उसले आफैँ सरसफाइमा ध्यान केन्दि्रत गर्न सक्छ। "जबसम्म कणर्ालीको आर्थिक उन्नति हुँदैन, तबसम्म फोहोर र झिँगाको यो प्रकोप कायमै रहनेछ," मानवशास्त्री श्रेष्ठ भन्छन्, "आर्थिक उन्नति भयो भने कणर्ाली नेपालको सबैभन्दा सुन्दर स्थान बन्ने पक्का छ।"
उपेन्द्र पोखरेल , नेपाल
साथमा, तुलाराम पाण्डे/मान्म (कालीकोट) र एलपी देवकोटा/खलंगा (जुम्ला)