CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » एभरेस्टमा अचम्मको सवा तीन करोडको ठगी

एभरेस्टमा अचम्मको सवा तीन करोडको ठगी

काठमाडौं। एभरेस्ट होटलमा रहेको एक रेस्टुरेन्टका कर्मचारीले ३ करोड २० लाख रुपियाँ ठगी गरेको भन्दै होटल व्यवस्थापनले ती कर्मचारीविरुद्ध पैसा असुलीको प्रक्रिया सुरु गरेको छ।  
होटल एभरेस्टको सातौं तलामा रहेको चाइनिज रेस्टुरेन्टमा यो घोटाला भएको हो। अचम्म त के भने विगत १५ वर्षदेखि यस्तो घोटाला हुँदै आए पनि व्यवस्थापनले भने गत हप्ता मात्र यसको पत्तो पाएको हो। होटल व्यवस्थापन स्रोतका अनुसार एभरेस्टमा रहेका थुप्रै रेस्टुरेन्टमध्ये यो चाइनिज रेस्टुरेन्ट सबैभन्दा चल्तीको हो। त्यहाँ सात जना कर्मचारी छन्। ती
कर्मचारीले विगत १५ वर्षदेखि होटल व्यवस्थापनले दिएको भन्दा बढी मूल्य राखेर अर्को मेनु बनाई ग्राहक र होटल व्यवस्थापनमाथि ठगी गर्दै आएको बुझिएको छ। हरेक खाने कुराका प्रकारका १ सयदेखि २ सयसम्म मूल्य बढाएर ती कामदारले प्रतिव्यक्ति मासिक ३० हजार अतिरिक्त आम्दानी गरेको दाबी व्यवस्थापनले गरेको छ।  
थुप्रै मान्छेको भीडभाड हुँदा पनि त्यहाँका वेटरले सकिनसकी सेवा दिइन्, तर अरू वेटरलाई छिर्न नै नदिने गरेपछि  
होटल मालिक लारीले त्यसको रहस्य खोज्दै जाँदा उनीहरूको ठगी पत्तो लागेको स्रोतले बतायो। ठगी पत्ता लागेपछि व्यवस्थापनले उनीहरूसँग लिखित र मौखिक स्पष्टीकरण मागेको थियो। स्पष्टीकरणमा उनीहरूले यो काम अहिले नभएर १५ वर्षदेखि चल्दै आएको बताएपछि व्यवस्थापनले अहिलेसम्म भएको ठगीको पैसाको हिसाब निकालेको हो।  
उक्त होटलमा विगत २७ वर्षदेखि काम गर्दै आएका कर्मचारी रहेको र उनीहरू अन्त सरुवा हुन पनि मान्ने नगरेको स्रोतले बतायो। सिनियर सुपरभाइजर प्रल्हाद थापा २७ वर्षदेखि त्यहाँ कार्यरत छन् भने क्याप्टेन खेमराज खतिवडा, वेटर कृष्णप्रसाद महर्जन, हरिराम अवाले, खिलप्रकाश श्रेष्ठ र इन्चार्ज मिलन श्रेष्ठ पनि दुई दशकदेखि त्यही रेस्टुरेन्टमा कार्यरत रहेको बताइन्छ।  
यी कामदारले बिदा पनि नबस्ने, बिदाको समयमा पनि काममा आउने, ओभरटाइमबापतको पैसा नलिनेजस्ता गतिविधि गरेर यतिका वर्ष व्यवस्थापनको आँखामा छारोे हाल्दै आएको बताइन्छ। उक्त होटलमा फुड एन्ड वेभरेज मेनेजर दिपेश केसी छन्। उनको जानकारीबिना यी सबै गति हुन सम्भव नै नहुने बताइन्छ। तर, यसबारे केसीलाई सोध्दा उनले आफूलाई केही थाहा नभएको भन्दै पन्छिएर हतार–हतार फोन राखे।  
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis