CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सीटीईभीटीमा अख्तियारको छापा

सीटीईभीटीमा अख्तियारको छापा

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा करोडौंको अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजात नियन्त्रणमा लिनुका साथै लाहाछाप मारेर छोडेको छ।  
हिजो दिउँसो अख्तियारका उपसचिव लक्ष्मीप्रसाद निरौलाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि र प्रहरीसमेत खटाई अख्तियारले सीटीईभीटीमा भएको अनियमितता सम्बन्धमा गहन अध्ययन थालेको प्रवक्ता कृष्णप्रसाद ढुंगानाले  जानकारी दिनुभयो। 'विभिन्न समयमा पत्रपत्रिकामा प्रकाशन भएका समाचार, त्यहीँका कर्मचारीहरूका उजुरी तथा अन्य प्रमाणका आधारमा सम्बन्धनमा भएका अनियमितताबारे आन्तरिक छानबिन भइरहेकोमा आज भने कागजात अध्ययनका लागि
बन्द ताला खोलिएको हो'– ढुंगानाले भने– 'यो एउटा छानबिन प्रक्रियाकै अंग हो, यसलाई छापा वा जे–जसरी बुझ्नुछ बुझ्नूस्।'  
परिषद्ले विभिन्न १२ वटा शिक्षण कार्यक्रम स्वीकृति दिँदा लाखौं रुपियाँ कमिसन खाएर सम्बन्धन दिएको भन्दै एमाले, माओवादी र कांग्रेसनिकट कर्मचारी संगठनले आन्दोलनस्वरूप तालाबन्दी गर्दै आएका थिए। उनीहरूले परिषद्का उपाध्यक्ष डा. गोपाल खनाल, सदस्य–सचिव जयबहादुर टन्डन र स्तर निर्धारण महाशाखाका निर्देशक विष्णु कोइरालाको कार्यकक्षमा 
तालाबन्दी गर्दै आएका थिए। स्रोतका अनुसार एउटा नर्सिङ कार्यक्रममा ४० लाख र इन्जिनियरिङ कार्यक्रममा ३५ लाख र साधारण कार्यक्रममा २० लाखसम्म लिएको बताइन्छ। अझ रोचक कुरा त गत भदौदेखि नै अवैध रूपमा सञ्चालनको स्वीकृति दिएर कानुनी स्वीकृति भने पुस ३ गतेको बैठकले गरेको देखिन्छ। पुसमा स्वीकृति दिएको कार्यक्रमको कक्षा सञ्चालन आगामी भदौबाट हुनुपर्थ्यो। त्यसरी स्वीकृति दिएबापत शिक्षामन्त्री दीनानाथ शर्मा, सदस्य–सचिव टन्डन र सम्बन्धन महाशाखा प्रमुख कोइरालाले बाँडीचुँडी लाभ लिएको बताइन्छ। यस सम्बन्धमा जिज्ञासा राख्दा सम्बन्धन महाशाखा प्रमुख कोइरालाले फोन उठाएनन्।  
हिजो अख्तियार टोलीले उपाध्यक्ष, सदस्य–सचिव र स्तर निर्धारण महाशाखाको ताला फोरेर गत पुस ४ गतेको परिषद् बैठकको निर्णयको माइन्युट पुस्तिका खोज्दा सो पुस्तिका नभेटिएको बताइएको छ। सो नभेटिएबाट पनि आन्दोलनरत कर्मचारीहरूले दाबी गर्दै आएझैं पुसमा भएको निर्णय परिषद्मा बसेर नभई अन्य होटेलमा बसेर गरिएको पुष्टि भएको बताइन्छ। कर्मचारीहरूले अनियमितताको आशंकामा लगातार तालाबन्द गरेकोमा दुई दिनका लागि खोलिएको मौका पारेर छाप र लेटरप्याड कोठाबाट लिई सम्बन्धनको चिठी दिएको प्रमा णित भएको बताइन्छ। अख्तियारको टोली छापा मार्न आउँदा उपाध्यक्ष डा. खनालसमेत कार्यालयमै रहेका थिए।  

फाल्गुन २ गते बुधबार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis