CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अब चाहिन्न बाउ बाजेको नागरिकता ; राष्ट्र बैंकको संशोधन

अब चाहिन्न बाउ बाजेको नागरिकता ; राष्ट्र बैंकको संशोधन

राष्ट्र बैंक पछि हट्यो 
पछिल्लो तीन वर्षदेखि नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन, परिपत्र र निर्देशनहरू कुनै पनि एक वा दुई पटक संशोधन नभएका सायदै उदाहरण छन्। यसै क्रममा राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा खाता खोल्ने प्रक्रियाको सम्बन्धमा केही समयअघि जारी गरेको अव्यवहारिक निर्देशनलाई गत हप्ता संशोधन गरेर पुनः जारी गरेको छ। नेपाल राष्ट्र बैंकको वर्तमान नेतृत्वको अपरिपक्व र अदूरदर्शिताका कारण सर्वसाधारण र बैंकिङ्ग क्षेत्रले एक पछि अर्को समस्या भोग्दै आइरहेका छन्। बैंकका कार्यकारी प्रमुखको तलब
भत्ता निर्धारण सम्बन्धी निर्देशन, घरजग्गा र रियलस्टेट क्षेत्रको कर्जा सम्बन्धी निर्देशन, सुन आयात सम्बन्धी परिपत्र, भारु सटही सम्बन्धी व्यवस्था, पूर्व राजाको तस्बीर अंकित नोट बजारबाट खिँच्ने सम्बन्धी निर्देशन र सफा नोट सम्बन्धी नीतिलगायतका दर्जनौं निर्णयहरू संशोधन नभएको घटना सायदै होलान्। 
केही समयअघि नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न सर्वसाधारणले तीन पुस्ते नागरिकता पेश गर्न कडा निर्देशन जारी गरेको थियो। सम्पत्ति शुद्धिकरणको नियम भन्दै मुलुकको अवस्था, सामाजिक परिवेश र नेपाली जनताको दैनिक व्यवहारलाई पूर्ण रुपले बेवास्ता गरेर राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशनको चौतर्फी बिरोध भएपछि राष्ट्र बैंक पछि हट्न बाध्य भएको हो। हिन्दू संस्कार अनुसार कुनै पनि व्यक्तिको निधन भएपछि उसको परिचयसँग सम्बन्धित नागरिकता, चिना र टिपन एवम् सम्पूर्ण प्रमाणपत्रहरू चितामा सँगै जलाइन्छ। तर राष्ट्र बैंकको नेतृत्वले निधन भइसकेका बाजे, बज्यै र आमा बाबुको समेत नागरिकता पेश गर्नुपर्ने निर्देशन जारी गरेर बैंकमा खाता खोल्न पाउनुपर्ने नेपाली नागरिकको नैसर्गिक अधिकारमाथि बन्चरो प्रहार गरेको थियो।  

दृष्टि 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis