कतिपय युवती साइज जिरो हासिल गर्ने क्रममा भोकै बस्न थाले र एनेक्सिरेसियाको सिकार हुन पुगे । त्यसपछि पनि साइज जिरोलाई नै सौन्दर्यको मापदण्ड मान्नेहरूको संख्या कम भएन । कतिपय हलिउड अभिनेतृले जिरो फिगर प्राप्त गर्न अनेकौं उपाय अपनाए । चलचित्र डि्रम गर्लकी अभिनेतृ वेयानले आफ्नो तौल कम गर्न अस्पतालको समेत सहयोग
लिइन् । त्यहाँ उनलाई कागतीको रस, एप्पल सिरप र पानीको सहायतामा ४० दिनसम्म राखियो ।म.र्लिन मुनरोदेखि मेगन फक्ससम्म ५०-६० को दशकमा हलिउडमा राज गर्ने मर्लिन मुनरोको सौन्दर्यको चर्चा आज पनि हुन्छ । यो त्यो समय थियो जब आवर ग्लास टाइपको फिगरका लागि मर्लिनको विकल्पमा अन्य उदाहरण नै थिएन । हलिउडमा राज गर्ने यी अभिनेतृको फिगरलाई साइज एट '८' मानिन्थ्यो, तर त्यो साइज १६ नै थियो अर्थात् उनको शरीर कर्वी थियो । उनको बडीमा कतै अतिरिक्त बोसो थिएन तर उनी त्यति दुब्ली पनि थिइनन् जति उनी पछि आएकी बि्रटिस सुपर मोडल टि्वगी थिइन् । टि्वगी साइज सिक्सकी थिइन् । उनी पछि बडी साइज र सेपलाई हेर्ने दृष्टिकोणमै परितर्वन आयो । साइज जिरोको अवधारणा टि्वगीको स्किनी बडीलाई हेरेपछि चलनमा आएको मानिन्छ । त्यसपछि हरेक युवतीले टि्वगीलाई मानक मानेर त्यस्तै शरीरको चाहना राख्न थाले र पातलो दुब्लो बान्की परेको फिगर सौन्दर्यको मानक बन्न पुग्यो ।
१९८० को दशकमा पनि हलिउड अभिनेतृहरूको साइज ८ देखि १० को बीचमै रह्यो । यहीँबाट अभिनेतृहरूमा एक प्रकारको दबाब उत्पन्न भयो । त्यसपछि हरेक अवार्ड फङ्सनमा स्वयंलाई डिजाइनर गाउनमा फिट गर्ने होडबाजी देखियो । यो सिलसिला १९९० को दशकसम्म कायम रह्यो । ९० को दशकमा केट मोसको स्किनी फिगर सबैका लागि आइडियल फिगर बन्न पुग्यो । हरेक अभिनेतृले ऐनाअगाडि केटको जस्तै बडी बनाउने सपना देख्न थाले । हलिउड अभिनेतृहरूले साइज ४ देखि जिरोलाई आदर्श फिगर मान्दै र त्यसैको मार्गमा हिँड्न थाले । सन् २००० सम्म त जिरो फिगर फेसन र सुन्दरताको पर्याय नै बन्न पुग्यो । यही त्यो समय थियो जब अभिनेतृहरू केट मोसको शरीरको औसत आकार दुई र शून्यका बीचमा देखियो र उनको तौल कम भएका कारण साइज इफेक्टको चर्चा पनि हुन पुग्यो । कतिपय युवती साइज जिरो हासिल गर्ने क्रममा भोकै बस्न थाले र एनेक्सिरेसियाको सिकार हुन पुगे । त्यसपछि पनि साइज जिरोलाई नै सौन्दर्यको मापदण्ड मान्नेहरूको संख्या कम भएन । कतिपय हलिउड अभिनेतृले जिरो फिगर प्राप्त गर्न अनेकौं उपाय अपनाए । चलचित्र डि्रम गर्लकी अभिनेतृ वेयानले आफ्नो तौल कम गर्न अस्पतालको समेत सहयोग लिइन् । त्यहाँ उनलाई कागतीको रस, एप्पल सिरप र पानीको सहायतामा ४० दिनसम्म राखियो ।
कुनै निश्चित मापदण्डभित्र कुनै पनि देहलाई नाप्न सकिने बनाउन सकिन्छ । यसैलाई आधार मानेर हलिउड अभिनेतृहरू स्वयंलाई मनपर्ने मापदण्ड बनाएर आफूलाई ढाल्छन् जहाँ एञ्जलिना जोलीले आ-आफ्नो कट्स र कर्वका साथमा सबैका बीच स्थान बनाएकी छिन् । त्यही लिन्डसे लोहानले आफ्नो सपाट फिगरबाटै प्रशंसा बटुलेकी छिन् । कर्वी र प्लस साइज पनि हिट छ । त्यसैले 'ब्ल्याक आइड पिज' की अभिनेतृ फर्गीले आफ्नो तौल बढाएकी छिन् । ९ केजी तौल बढाएर पनि उनले चलचित्र 'वाइन' मा पोल डान्स गरेकी छिन् । त्यस्तै सुपरमोडल नाओमी क्याम्पबेलले पनि मोडल बन्न सुपर स्लिम हुनु अत्यावश्यक मानिन् भने लन्डन फेसन विकमा पनि पछिल्लो समयमा नर्मल फिगर भएका मोडलहरू हिट रहे ।
अहिले हलिउडमा हरेक प्रकारको बडी फेसनमा छ तर टपमा छ, आवर ग्लास बडी अर्थात् यस्तो शरीर जसमा नजर एक ठाउँमा अड्दैन पूरा शरीरमा दौडन्छ । यसमा बस्ट र हिप्स लगभग एक समान हुन्छ । कतिपयको वेस्ट बस्टभन्दा कम हुन्छ र खुट्टा धेरै सुन्दर हुन्छन् । हलिउडमा सुन्दरताको उदाहरण मर्लिन मुनरोपछि केट विन्सलेट, मारिया केरी, सलमा हायक, स्कारलेट जोनसन आदि सुन्दरीहरू यही श्रेणीमा पर्छन् ।
चौडा बस्ट, चौडा काँध, पातलो कम्मर, चर्चित अभिनेतृ एञ्जलिना जोली एवं केथरिना जेन्टा जोन्सज स्ता सेलव स्लिम एप्पल सेप्ड बडीका धनी हुन् । त्यही जेनिफर हडसन, एलिजावेथ हर्ले, रोजी ओ डोनल आदि फुल एप्पल सेप्ड बडीलाई डिफाइन गर्छन् । यसैगरी सकिरा पियर सेप्ड बडीकी रानी कहलिन्छन् । शरीरको माथिल्लो भाग कम चौडा र तल्लो भाग बढी चौडा हुन्छ । यस प्रकारको शारीरिक मापदण्डमा जाँघ र बटम चौडा हुन्छ । बस्ट सानो र काँध साँघुरो हुन्छ । जेनिफर लोपेज, वियोन्से नावेल्स, रेहान्ना, पेरिस हिल्टन, केथरिना, निकसन, इवा लांगोरिया तथा केली क्लार्क सनको शारीरिक विशेषता यस्तै प्रकारको छ ।
केट मोसको फिगरलाई जिरो साइज भनिन्छ, जसमा नारी सौन्दर्यलाई उभार्ने बस्ट, हिप्स र कम्मर नभएसरह हुन्छ । कियरा नाइटली, केरोन, डियाज, टिनी बुडाल, एलेक्जा चेग, केट हडसन र निकोलस विडमेन यही श्रेणी पर्छन् । टप फाइभ ब्युटिफुल फिगरका धनी हुन्-एञ्जलिना जोली, जेनिफर लोपेज, जेसिका अल्वा, केइरा नाइटली र जेनिफर एनिस्टोन ।
रोजिन शाक्य