सुदूरपश्चिमको माघेवर्षा र हिमपात लगत्तै ६ माघमा धनगढीबाट बझङ हिंडियो । बैतडीको खोड्पेदेखि नै अगाडिको यात्रा सहज नहुने संकेत पाइसकिएको थियो । कसैले रूख ढलेर सडक बन्द छ भने त कसैले
पहिरो र हिउँका कारण । कुरो १५–२० किलोमिटर परको भए पनि यकिन जानकारी कसैलाई थिएन । ट्रक
दुर्घटनाको खबर पाएर गएको प्रहरी भ्यान पनि फर्किसकेको थिएन । केही दिनदेखि बिजुली नआएकोले खोड्पे बजारवासीका फोन चार्ज हुन पाएका थिएनन् ।
बैतडीतिरबाट गएका धेरै गाडी रोकिएको ठाउँ बाजपानी ।
डोजर पनि आएकै रहेनछ । चार गते बेलुकी जहाँ पुग्यो हिउँले त्यहीं रोकिएका दर्जनौ गाडी कतै डोजर त कतै प्रहरी, यातायातकर्मी र स्थानीयको पाँच दिनको प्रयास पछि मात्र अगाडि बढेका थिए ।
खोड्पे–चैनपुर सडक। तस्वीरः बद्री पौड्याल
- बद्री पौड्याल
