CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एच. एण्ड बी. बैंकको लापर्बाही

एच. एण्ड बी. बैंकको लापर्बाही

काठमाडौं/ हिमचुली र वीरगञ्ज फाइनान्स मिलेर बनेको एच. एण्ड बी. बैंक पछिल्लो समयमा एकदमै बद्नाम हुन पुगेको छ। नेपालको बैंकिङ इतिहासमै 'गुड फर पेमेन्ट' चेकको विषयमा बद्नामी कमाइरहेको उक्त बैंकमा अन्य व्यवस्थापकीय समस्या पनि रहेको छ।  
बुधबार सो बैंकको चेक साट्न नयाँ सडकस्थित बैंकिङ कार्यालयमा पुगेका सुरेश न्यौपाने आफ्नो हातमा रहेको चेक नसाट्ने भनी बैंकका कर्मचारीले भनेपछि छक्क परे। रकम जम्मा नभई चेक नदिने ठाउँबाट चेक दिइएको अवस्थामा उनले चेक नसाट्नुको कारण सोधे। बैंकका कर्मचारीले उक्त खातामा रकम नभएको भन्ने जबाफ दिएपछि न्यौपानेले चेक दिने व्यक्तिसँग सम्पर्क गरे। चेक दिने व्यक्तिले आफ्नो खातामा रकम रहेको दाबी गरेर बैंकका कर्मचारीले भनेको कुरा भनेपछि सम्बन्धित व्यक्तिले आफ्नो खाता रहेको कौशलटारस्थित बैंकको कार्यालयमा सम्पर्क गरेका थिए। त्यसरी सम्पर्क गर्दा कौशलटार शाखाका कर्मचारीले खातामा रकम रहेको तर बीचमा खाता नम्बर परिवर्तन गरिएको जानकारी गराएका थिए। उनले त्यो चेक लिएर नयाँ सडकस्थित बैकिङ शाखामा सम्पर्क गरेर आफ्नो शाखामा फोन गर्न लगाए रकम निकाल्न मिल्ने भनी जानकारी गराएका थिए। कौशलटार शाखाका कर्मचारीको सुझाव अनुसार न्यौपाने पुनः बैंकको नयाँ सडकस्थित शाखामा पुगेका थिए। त्यसरी दोस्रो पटक जाँदा बैंकका कर्मचारीले 'त्यो चेकको अधारमा रकम दिन मिल्दैन, कौशलटार शाखाले भन्दैमा हुँदैन' भनी रुखो जबाफ दिएका थिए। खातामा रकम हुँदाहुँदै रकम निकाल्न नपाउँदा न्यौपाने तथा सम्बन्धित खातावाला दुःखी बनेको गुनासो छ।  
यसरी उक्त बैंकले खाता नं. परिवर्तन गरी आफ्ना ग्राहक वर्गलाई हैरान पार्ने गरेको यो पहिलो पटक होइन। शुरुमा वीरगञ्ज फाइनान्स लिमिटेडले १० अंकको खाता नं. आफ्ना ग्राहकलाई दिएको थियो। त्यसपछि हिमचुलीसँग मिलेर पछि १६ अंकको खाता नं. बनाएको थियो। त्यसपछि एकाएका २० अंकको खाता नं. केही महिना पहिले परिवर्तित गरिए पनि त्यो पनि जानकारी दिनुपर्छ भन्ने बैंकले ठानेको देखिदैन। त्यसरी खाता नं. परिवर्तन हुँदा सम्बन्धित ग्राहकलाई फोन वा अन्य माध्यमबाट जानकारी गराउनुपर्नेमा उक्त बैंकको यस्तो कार्य नगरेको सम्बन्धित ग्राहकहरुको गुनासो छ। बैंकको जानकारी नआएपछि थोरै कारोबार गर्ने ग्राहकहरुले पुरानै चेकहरु चलाउने गरेका छन्। त्यसरी आउने पुराना खाता नं. का चेकहरु सम्बन्धित शाखाको मात्र साट्ने गरेको तथा अन्य शाखामा जाँदा नसाटिदिएर ग्राहकले हैरानी व्यहोर्नु परिरहेको छ। 
यस सम्बन्धमा बैंकको केन्द्रीय कार्यालयमा प्रतिक्रिया लिन फोन गर्दा एक शाखाबाट अर्को शाखामा भन्दै टार्ने कार्य मात्र गरिएको थियो।
--------------------------------------------------------------------------------------












सौ:नयाँ विमर्श 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis