CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » टेलिकम डुवाउने धन्दामा एनसेल

टेलिकम डुवाउने धन्दामा एनसेल

गाई मारेर गधा पोस्ने अभियानमा कर्मचारी टेलिकम डुवाउने धन्दामा एनसेल 

काठमाडौं। नेपाली जनतालाई सस्तो र सर्व सुलब सुविधा दिने भनेर तामझामका साथ अर्बौ लगानी गरेको एनसेल नामक विदेशी दुर सञ्चार कम्पनीले नेपाल र नेपालीलाई ठगेर अर्बौ रकम बिदेश लाने तयारी गरिरहेको समाचार प्राप्त भएको छ।  
प्राप्त समाचार अनुसार नेपाल टेलिकमका केहि कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी नेपाल टेलिकमको प्राविधिक एन्टेना आफ्नोमा भन्दा उच्च भोल्डको जडान गराउने र बढी क्षमताका फ्रिक्वेन्सी जडान गराएर एनसेलको सञ्चार सेवा प्रभावकारी बनाउने गरेको छ। उता नेपाल टेलिकमको फ्रिक्वेन्सी भने कम क्षमताको राखेर अप्रत्यक्षरुपमा उसलाई फाईदा पुर्‍याउने योजनामा
लागिरहेको थाहा भएको छ। समाचारका स्रोतकाअनुसार उक्त कम्पनीले बिभिन्न किसिमका राहत योजनाहरु देखाएर ग्राहक बन्न लगाउने  अनि सेवा दिनुको सट्टा पछि सेवा नै कटौती कसरी हुन्छ? त्यसतर्फ ध्यान दिंदै ग्राहकलाई लुटिरहेको थाहा भएको छ। एनसेलले आफ्ना धेरै ग्राहक भएको देखाउने, सिमकार्ड बढी बिक्री भएको देखाउने र त्यसबाट बिभिन्न ठाउमा बार्गेनिङ गर्ने गरेको एनसेलकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा रोडम्याप साप्ताहिकलाई बताएका छन्। 
उद्योगपतिदेखि बैंकरहरुलाई समेत आर्थिक प्रलोभनमा पारेर ठुलो रकम असुल गर्ने तर असुल गरे अनुसारको सेवा भने नदिने गरेको पनि एकउद्योगपतिले बताएका छन्। सिमकार्ड लिन लाइनमा बसेका ग्राहक र बिभिन्न कामका लागि एनसेल कार्यालयमा लाइन बसेका ग्राहकलाई समेत पेसेवर गुण्डा लागाई पैसा लुट्ने सिमकार्ड लुट्ने लगायत अन्य मानसिक यातना दिने गरेको रेग्मी थरका एक ग्राहकले बताए। पछिल्लो समयमा नेपाल टेलिकमको सञ्चार सेवाभन्दा एनसेलको सेवा राम्रो छ भन्दै ब्यापार गरिरहेको र त्यसका लागि नेपाल टेलिकमले बितरण गर्ने फाइबर लाइन समेत पैसाको भरमा बढी पावरको राख्ने गरेको पनि टेलिकमका कर्मचारीले बताएका छन्। नेपाली जनताको हितमा काम गर्नुपर्नेमा पैसाकै भरमा नेपाल टेलिकमलाई कमजोर पार्ने खेलमा लागेका टेलिकमका कमिशनखोर कर्मचारीहरुलाई समेत कारवाही गर्नुपर्ने इमान्दार कर्मचारहरुले बताएका छन्। अहिले नेपाल टेलिकमलाई एनसेलले सेवा शुल्क बापत २८ करोड बढी रकम तिर्न बाँकी रहेको र उक्त रकम  नतिर्नका लागि मुख्य अधिकृतहरुलाई आर्थिक प्रलोभनमा पारेर उम्किन खोजिरहेको पनि कर्मचारीहरुले बताएका छन्। यदि समयमै बाँकी बक्यौता उठाउन ताकेता नगरेको खण्डमा र आर्थिक प्रलोभनमा परेका टेलिकमका कर्मचारीहरुलाई तुरुन्त कारवाही नगरेको खण्डमा मुलुकले २८ करोड घाटा ब्यहोर्नुपर्ने निश्चित छ। यसरी सरकारी ढुकुटी डुबाइरहँदा समेत अख्तियार दुरुपयोग आयोगले रमिता हेरेर बस्नुलाई आम जनताले निक्कै अर्थपूर्ण ढंगले हेरेका छन्।  
युरोयिन मुलुकहरुमा ब्रम्हलुट गरेर आएको एनसेलले नेपाल लगायत अन्य मुलुकमा कार्यरत तल्लोस्थरका कर्मचारीहरुलाई श्रम शोसण गरेर अकुत सम्पत्ति कमाइरको छ भने सेवा सुबिधा दिने नाममा ग्राहकलाई पनि तीब्ररुपमा ठगिरहेको छ। – प्रशिक्षर्थी पत्रकार 

रोडम्याप 
- बद्रीबहादुर खत्री 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis