काठमाडौं , फाल्गुन १७ - थाइल्याण्डको समितिभेज अस्पतालले बिहीबार जारी गरेको बिज्ञप्तीमा पूर्व युवराज पारस शाहको स्थिति अझैं नाजुक र स्थिर रहेको जनाएको छ । उनको मुटुको धड्कन र रक्तचाप सामान्य रहेको बिज्ञप्तीमा जनाइएको छ ।
प्रकाशित मिति: २०६९ फाल्गुन १७ ११:००
साभार - इकान्तिपुर
अस्पतालका न्यूरोलोजिस्ट सोङ्चाई तिन्वान्तानाकुलद्वारा जारी बिज्ञप्तीमा उनको
हातखुल्टाका मांशपेशी चल्मलाउन थालेको उल्लेख छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ ।
फागुन ८ गतेदेखि हृदयघातका कारण अस्पताल भर्ना गरिएका पारसलाई भेट्न उनका पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र पारस पत्नी हिमानी बैंकमै छन् ।
पूर्वराजाले छोरा पारस भेटे
पूर्वराजा ज्ञानेन्द्र शाहले बैंककको समितिभेज अस्पतालमा छोरा पारसलाई भेटेका छन् ।
फागुन ८ गतेदेखि अस्पतालमा रहेका पूर्वयुवराज पारसलाई भेट्न पूर्वराजा बुधबार श्रीमती र नातिनातिनासाथ गएका थिए । हृदयघात भएपछि अस्पताल भर्ना भएका पारसको चेत अझै खुलेको छैन । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्काका अनुसार पूर्वराजदम्पत्तिले बुधबार साँझ नै छोरा पारसलाई भेटेका हुन् ।
अस्पतालले बुधबार साँझ जारी गरेको विज्ञप्तीमा भने हाततगोडामा सहज चाल देखिएको तथा औषधिबिनै रक्तचाप तथा मुटुको धड्कन नियन्त्रणमा आएको उल्लेख छ ।
यसैबीच गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले उपचाररत पारसको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्कामार्फत उनले स्वास्थ्यलाभको कामना गरेका हुन् ।
अस्पतालले बिहीबार जारी गरेको बिज्ञप्ती :
प्रकाशित मिति: २०६९ फाल्गुन १७ ११:००
साभार - इकान्तिपुर