CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » क कसले पाउला त यसपाली: ओस्कार अनुमान

क कसले पाउला त यसपाली: ओस्कार अनुमान

काठमाडौ, संसारमा सबभन्दा धेरै फिल्म बलिउडले बनाउने भए पनि सबभन्दा ठूलो फिल्म उद्योगचाहिँ अमेरिकाको हलिउड नै हो । यही हलिउड आइतबार साँझ एउटा उत्सवमा जुट्दै छ- एकेडेमी अवार्ड्स । बोलीचालीको भाषामा ओस्कार अवार्ड भनिने यसलाई फिल्म दुनियाको सबभन्दा ठूलो र
ग्ल्यामरस अवार्ड फङ्सन मानिन्छ । यसको नोमिनेसन गत जनवरी १० मा भएको थियो । हफिंग्टनपोस्टले बक्सअफिस मोजो, रोटन टोमाटोज, मेटाक्रिटिक, इनट्रेड, बेटफेयर र हलिउड एक्सचेन्जलाई आधार बनाएर ओस्कार कसले पाउँछ भन्ने प्रेडिक्सन गरेको छ । उत्कृष्ट फिल्मका लागि 'अर्गो'को दह्रो प्रतिस्पर्धी अर्को देखिएको छैन । सात विधामा मनोनयनमा परेको यो फिल्मले यसअघि भएका अरू चारवटा अवार्डसमेत पाइसकेको छ । ह्युग ज्याकम्यानले 'लेस मिजरेबल्स'मा करिअरकै उत्कृष्ट अभिनय गरे । तर दुर्भाग्य उनको यो फिल्म गलत समयमा आयो । हफिंग्टनपोस्टले उल्लेख गरेको छ- किनभने यो वर्ष 'लिंकन'बाट डेनियल डे लेविसले ओस्कार पाउने पक्काजस्तै छ । त्यसो भएमा उनको ओस्कारमा ह्याटि्रक हुनेछ । उत्कृष्ट अभिनेत्रीतर्फ जेनिफर लरेन्सको प्रतिस्पर्धा 'जिरो डार्क थर्टी'की जेसिका क्रिस्टनसँग हुनेछ । जेनिफरको गत वर्ष अर्को लोकपि्रय फिल्म 'हंगर गेम्स' पनि आएको थियो । तर, उनी मनोनितचाहिँ 'सिल्भर लाइनिंग्स'बाट भएकी छन् ।

बेस्ट सपोर्टिङ एक्टरमा 'लिंकन' कै टमी ली जोन्स छँदैछन् । यदि उनलाई छाड्ने हो भने 'द मास्टर' का फिलिप सेमोर हफम्यान तयार छन् । बेस्ट सपोर्टिङ एक्ट्रेसतर्फ भने 'लेस मिजरेबल्स'की एनी हेथ्वेको सम्भावना ज्यादा छ । बेस्ट डिरेक्टरमा पनि कसले अवार्ड पाउला भन्ने लगभग तय नै जस्तो छ । किनभने यसपालि स्टिवन स्पिलवर्गले 'लिंकन' बाट ओस्कारमा ह्याटि्रक गर्दै छन् । यसअघि सातपटक मनोनयनमा परेर दुईपटक उनले अवार्ड जितिसकेका छन् । वैकल्पिकमा चाहिँ 'लाइफ अफ पाई' का आंग ली पनि छन् । विदेशी भाषाको फिल्मको ओस्कार भने यसपालि पनि प|mेन्च फिल्म 'आमोर' को पोल्टामा जाने सम्भावना छ ।

--- कोशेली 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis