CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कन्डमविरुद्ध मुद्दा रे ? किन ??

कन्डमविरुद्ध मुद्दा रे ? किन ??

वयस्क चलचित्रका कलाकारहरूले कन्डम लगाउनुपर्ने लस एन्जलसको कानुनलाई अमेरिकाका दुई ठूलो पोर्न कम्पनीले चुनौती दिएका छन्।  विविड इन्टरटेन्टमेन्ट तथा क्याफिल प्रोडक्सनले उक्त कानुन अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दाबी गर्दै  अदालतमा मुद्दा दायर गरेका हुन्। कन्डम लगाउने कि नलाउने भन्ने कुरा जन्मसिद्ध अधिकार भएको जिकिर गर्दै विविडका संस्थापक स्टिवनले  भनेका छन्- 'म यो कानुनलाई उल्टयाउन प्रतिबद्ध छु।' यो कानुन कार्यान्वयन भए आफ्नो
व्यापार चौपट हुने र गैरकानुनी ढंगले चलचित्र  बन्ने व्यवसायी तथा कलाकारहरू बताउँछन्। मेजर बी नामले परिचित उक्त कानुनलाई स्थानीय मतदाताले गत नोभेम्बरमा पारित गरेका थिए।  यो कानुन कार्यान्वयनपछि क्यालिफोर्नियामा वयस्क चलचित्र बनाउन अनुमति लिँदा कलाकारले अनिवार्य रूपमा कन्डम लगाउनु पर्ने सर्त  राखिन्छ। यो कानुनले वयस्क चलचित्रमा काम गर्ने कलाकारहरूलाई एड्सबाट बचाउने एड्स हेल्थकेयर फाउन्डेसनको दाबी छ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis