‘सात दिन भित्र महसुल तिर्न आग्रह गर्दै नागार्जुन दरबारलाई बुधबार पत्राचार गरिएको छ, महसुल नतिरेमा लाइन काटिने जानकारी गराएका छौं,’ प्राधिकरण काठमाण्डौं क्षेत्रीय कार्यालयका प्रमुख ऋषिकेश शर्माले जानकारी गराएको खबर नयाँ पत्रिकाले छापेको छ ।
गणतन्त्र घोषणापछि दरबार सरकारको स्वामित्वमा आएपनि विजुलीको ग्राहकको नाम भने, ‘पूर्व श्री ५ महाराजाधिराज नागर्जुन दरबार’ नै रहेको छ । दरबारको पुससम्मको ५३ लाख १७ हजार ३ सय ७२ रुपैयाँ बक्यौता छ ।