फागुन ८ गतेदेखि अस्पतालमा रहेका पूर्वयुवराज पारसलाई भेट्न पूर्वराजा बुधबार श्रीमती र नातिनातिनासाथ गएका थिए । हृदयघात भएपछि अस्पताल भर्ना भएका पारसको चेत अझै खुलेको छैन । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्काका अनुसार पूर्वराजदम्पत्तिले बुधबार
साँझ नै छोरा पारसलाई भेटेका हुन् ।
अस्पतालले बुधबार साँझ जारी गरेको विज्ञप्तीमा भने रातगोडामा सहज चाल देखिएको तथा औषधिबिनै रक्तचाप तथा मुटुको धड्कन नियन्त्रणमा आएको उल्लेख छ ।
यसैबीच गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले उपचाररत पारसको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्कामार्फत उनले स्वास्थ्यलाभको कामना गरेका हुन् । -- ईकान्तिपुर