सुविधा दिइएको थियो भने ती घोडाले आमजनताको खेतबारीमा पसेर फसल बर्बाद गरिदिँदा पनि कुनै कानुन लाग्दैनथ्यो । किसानहरूले मुआब्जासमेत पाउँदैनथे । त्यतिमात्र होइन, यी राजा व्यभिचारी पनि थिए । राम्रा तरुनी देख्नै नहुने, दरबारमा झिकाइहाल्नुपर्ने स्वभावका कारण त्यतिबेला काठमाडौंका जनता राजा सदाशिव मल्लसँग आजित भैसकेका थिए । उनीहरू मौका कुरेर बसेका थिए भने राजा सदाशिव मल्ल कहिले मर्ला र शान्तिको सास फेर्न पाइएला भन्ने कामना पनि गर्थे ।
एक दिन अचानक राजा सदाशिव मल्ल आफ्ना आठपहरियाहरूलाई छलेर घोडा कुदाउँदै काठमाडौं र भक्तपुर राज्यको सिमाना मनहरा फाँट पुगे । त्यहाँ काम गरिरहेका किसानहरूले उनलाई चिनेपछि तत्कालै घेराउ गरेर कुट्न थाले । आफ्नै जनताले त्यसरी कुट्न थालेपछि राजा सदाशिव मल्ल काठमाडौंतिर भाग्नुपर्नेमा भक्तपुरतिर भाग्न पुगे र आफ्नो गल्ती थाहा पाएपछि उनले भक्तपुरका राजा त्रैलोक्य मल्लसँग शरण मागेर आफ्नो ज्यान जोगाए ।
यता काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ शिवसिंह मल्लले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए । गद्दीच्युत राजा सदाशिव मल्लले भक्तपुरमा शरणमा रहँदा पनि आफ्नो व्यभिचार कायमै राखेपछि राजा त्रैलोक्य मल्लले आजित भएर उनलाई आफ्नै दरबार परिसरमा थुनिदिए । थुनामै रहँदा राजा सदाशिव मल्लको मृत्यु भएको इतिहासकारहरूको अनुमान छ । राजा सदाशिव मल्ल थुनिएको भक्तपुर दरबारको त्यो ठाउँलाई अहिले पनि सदाशिव चोकका नामले चिनिन्छ ।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !