CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » राजेश हमाललाई डेटिङमा डिस्टर्ब ?? यही वर्ष बिहे??

राजेश हमाललाई डेटिङमा डिस्टर्ब ?? यही वर्ष बिहे??



काठमाडौं, फागुन २ - हतारको जिन्दगी पन्छाउँदै अभिनेता राजेश हमाल मंगलबार साँझ नागपोखरीको इमेगो डि क्याफेमा प्रकट भए। 'भ्यालेन्टाइन गफ' भन्ने टपिक सुन्नेबित्तिकै उनका आँखामाथिको भूगोल परिचित अन्दाजमा उचालियो, ओर्लियो। प्रेम र बिहेबारे 'डिप्लोम्याटिक' जवाफ दिन सिपालु उनी यसपटक बढी इमानदार देखिए। उनको अनुहारमा लजालुपन घरीघरी सञ्चार भइरहयो। लाग्थ्यो, उनी पहाडको डिलमा उभिएका छन्। 
तपाईलाई भ्यालेन्टाइन्स डेमा शुभकामना दिनेहरू कति छन्?

साथीहरू छन्, जसले मलाई 'विश' गर्छन्। अनि विशेष साथी पनि।
विशेष साथी एउटी कि केही?
एउटी नि।
भनेपछि बिहे गर्ने हल्ला सत्य रहेछ?
बिल्कुल। यही वर्ष गर्दैछु बिहे। पोहोर गर्ने विचार थियो, भ्याइएन।
यही वर्ष भन्नाले २०६९ कि २०१३?
२०१३।
बिहे गर्ने निर्णय अचानक किन लिनुभयो?
अब कति सारिरहने त बिहे? म हैरान पनि छु, बिहेको प्रश्न सुन्दा सुन्दा।
तपाईको बिहेको खबरले युवतीहरू निराश होलान् नि?
निराश नहोलान्। मैले कोही निराश भएको पाएको छैन। धेरैले यसमा मेरो भलाइ नै चिताएका छन्रुवा चिताउँछन वा चिताउँछन् जस्तो लाग्छ।
तपाईं आफ्नो भ्यालेन्टाइनको परिचय किन खुलाउनु हुन्न?
पहिले बिहे हुनुपर्योछ। अनि मात्र खुलाउँछु। बिहेपछि नै सम्बन्ध अफिसियल हुन्छ। बिहे नहोउन्जेल उनी पराई नै हो नि।
तपाईंहरू डेटिङ जानुहुन्छ?
जान्छु बेलाबेला। धेरै निस्किरहने चाहिँ गर्दैनौं। आवश्यक परेको बेलामात्र भेट्छौं।
राजेश हमाललाई डेटिङ जान गाह्रो हुँदैन? 
गाह्रो त छ। तर पब्लिकले अहिलेसम्म डिस्टर्ब गरेको छैन। कसैकसैले मसँग हिँड्ने युवतीको अनुहार घोरिएर हेरेको पाउँछु, सायद मेरो गर्लफ्रेन्ड होला भनेर अनुमान लगाउँछन्।
प्राइभेसी जोगाउन के गर्नुहुन्छ?
सबैकुरा लुकाइराख्न जरुरी छैन। म संकुचित हुँदिन पनि। तर, यसको मतलब निजी कुरालाई छरपष्ट पारेर प्रदर्शन गर्छु भन्ने पनि होइन।
तपाईहरूमध्ये कसले पहिला मन पराएको हो?
दुईतर्फी नै हो। भेटघाट हुँदैगयो, मन मिलेको जस्तो लाग्यो।
बिहेको प्रस्ताव कसले राख्नुभयो?
प्रस्ताव कसैले राखेनौं। हामीबीच बिहेको चाहना भएको हो। यो निर्णयमा पुग्न निकै धैर्यता अपनायौं।
सायद तपाईले उहाँलाई भन्दा उहाँले तपाईंलाई बु‰न धेरै समय लाग्यो होला?
मलाई पनि त्यस्तै लाग्छ। उनी मभन्दा कान्छी। मेरो पब्लिक फिगर र मभित्रको मान्छेलाई बु‰न समय पक्कै लाग्नसक्छ। त्यसैले हामीले हतार गरेनौं।
तपाईभन्दा कान्छी भनेपछि उमेरको अन्तर फराकिलो छ कि?
कान्छी त हुन्। तर, उमेरमा फराकिलो अन्तर छैन र देखिँदैन पनि। राजेश हमाल कहाँ बुढो छ र, जवानै छ नि।
भ्यालेन्टाइन्स डेमा के छ तपाईंहरूको योजना?
दुई-तीन वर्ष भइसक्यो हाम्रो भ्यालेन्टाइन्स डेमा भेट नभएको। भोलि पनि म नेपालगञ्जमा हुनेछु। भेट नहुने भो। सामान्य आफ्नै ढंगमा उनलाई 'विश' गर्नेछु।
प्रेम गर्नेलाई भ्यालेन्टाइन्ड डे त चाहिँदैन होला नि?
दशैँमा मासु खान्छौं, क्रिसमसमा टर्की खान्छन्। तर यसको मतलब यो होइन कि मासु र टर्की खान दशैं र क्रिसमस नै कुर्नुपर्छ। प्रेम गर्नेले भ्यालेन्टाइन्स डे पर्खिनुपर्दैन। तैपनि धेरै मान्छेको प्रेमजीवनमा यो दिनले विशेष भूमिका खेलेको हुनसक्छ।
कस्तो भूमिका?
यो बेला धेरैले कुण्ठा व्यक्त गर्न सक्छ। कसैले बोल्न नसकेकोसँग बोल्ने आँट देखाउनसक्छ। 'ह्यापी भ्यालेन्टाइन्स डे' भनेर सन्देश पठाउँदा, त्यसमा केही लुकेको छ कि भनेर सोच्न बाध्य बनाउन सक्छ। अनि कसैकसैको सम्बन्ध नवीकरण हुनसक्छ।
तपाईंलाई यो उमेरमा पनि भ्यालेन्टाइन्स डेले छुन्छ?
भ्यालेन्टाइन्स डेलाई उमेरले छेक्दैन। ८० वर्ष पुगे पनि मान्छेमा प्रेम गर्ने चाहना सक्रिय हुन्छ। तर उमेर अनुसार क्रिया-प्रतिक्रिया फरक हुन्छ।
भ्यालेन्टाइन्स डेसँगै प्रेमको व्यापारीकरण भएकोमा मान्छेहरू चिन्तित छन् नि?
म चाहिँ चिन्तित छैन। भ्यालेन्टाइन्स डेमात्र होइन अचेल सबै चाडपर्वमा व्यापारीकरण हुन्छ। यो स्वभाविक प्रक्रिया हो।
हिजोआज मान्छेहरूको प्रेम क्षणिक बन्दै गएको हो?
प्रेम होइन मान्छे क्षणिक बन्ने हो। मान्छे परिवर्तनशील हुन्छ। एउटा समयमा गरेको निर्णय अर्को समयमा ठिक नलाग्न सक्छ। त्यतिबेला प्रेमसम्बन्ध टुंगिने हो।
प्रेम दिगो बनाउन तपाईंको सल्लाह के छ?
पहिलो आकर्षणलाई प्रेम मानिहाल्न मिल्दैन। परिपक्व उमेरमा जीवनको भोगाइपछि मात्र प्रेम गर्दा दिगो हुनसक्छ। १६, २६, ३६ वा ४६ मा प्रेमसम्बन्धी बुझाइ बदलिँदै जान्छ।
अचेल प्रेम र सेक्सलाई अलगअलग राख्ने चलन बढेको जस्तो लाग्छ तपाईंलाई?
म यसलाई जनरालाइज गर्दिनँ। प्रेम र सेक्स भन्ने कुरा नितान्त व्यक्तिगत चरित्र, स्वभाव र जीवनशैलीमा भर पर्छ। कसैले प्रेमलाई महŒव देला कसैले सेक्सलाई। यो एउटा समाजको विविधता हो। कसैलाई गलत ठान्दिनँ।
पहिलो प्रेम कुन उमेरमा लगाइयो?
१४ वर्षमा। त्यसपछि अरू पनि सम्बन्ध भए तर टिकेनन्।
किन दिगो हुन सकेन ती सम्बन्ध?
त्यही हो, एउटा विन्दुमा सही लागेको कुरा अर्को विन्दुमा पुग्दा सही लागेन। तर कुनै पनि सम्बन्ध झैंझगडामा चाहिँ टुंगिएन।
तपाईंले मन पराउनुभएको तर प्रेमसम्बन्ध नबनेको कुनै युवती थियो?
अहँ थिएन। मैले मन पराएका सबै युवतीसँग मेरो सम्बन्ध रहयो। तर सबै सम्बन्धमा युवतीकै अग्रसरता हुन्थ्यो। १४ वर्षको उमेरमा भएको पहिलो प्रेममा पनि।
युवतीलाई प्रभावित पार्ने मामिलामा निकै माहिर हुनुहुन्छ कि क्या हो?
कुनै युवतीलाई प्रभावित पारेर केही गरिहालुँ भन्ने नेचर मेरो कहिल्यै रहेन। पहिलो प्रेम पनि केटी पक्षकै पहलमा भएकोले सायद म यो मामिलामा अल्छी भएँ होला।
भनेपछि तपाईं युवतीलाई फलो गर्नुहुन्न?
धेरैपटक भेटघाट र गफगाफ भएपछि मात्र म कसैलाई मन पराउँछु। पहिलो आँखा जुधाइ वा पहिलो भेटमै म मोहित हुँदिन। फोटो देखेर कसैलाई मन पराउने खालको म होइन।
कुनै राम्री युवती आफ्नो अगाडि पर्दा आँखा जाँदैन?
यदि सही मर्द हो भने सबैको आँखा गइहाल्छ नि। राम्रो चीजमा नोटिस गरेन भने उसको ओरियन्टेसनमा शंका गरे हुन्छ। राम्रो गाडी वा राम्री युवती देख्दा आँखा जानु अस्वभाविक होइन।
काठमाडौंका युवतीहरू कतिका सुन्दर छन्?
नेपाली महिलाहरू औसत रूपमा आकर्षक अनुहारका धनी नै छन्। कुनै सार्वजनिक ठाउँमा जाने हो भने सुन्दर युवतीको बाहुल्य देख्छु। जबकि अमेरिका वा भारतमा चाहिँ सार्वजनिक ठाउँमा यहाँजस्तो राम्री युवती त्यति धेरै देखिँदैनन्। फेरि यहाँका युवतीहरूको सुन्दरता भिन्न-भिन्न छन्।
तपाईंलाई कुनै युवतीले 'ह्यान्डसम' भनेर प्रशंसा गर्दा कस्तो महसुस हुन्छ?
ह्यान्डसम भन्दा मलाई तरंग आउने खालको महसुस हुँदैन। नराम्रो पनि लाग्दैन। मलाई ह्यान्डसम छैन भन्नेहरू पनि छन्।
यतिका फिल्ममा हिरो भइसकेको तपाईंलाई ह्यान्डसम छैन भन्दा दुःख लाग्दैन?
मेरो एउटा मान्यता छ, मन पराउनेले जति प्रशंसा गर्छ, आफूलाई त्यति विघ्न राम्रो ठान्दिनँ। त्यस्तै घृणा गर्नेले जति कुरूप छ भन्छ, त्यति कुरूप पनि छ भन्ने सोच्दिनँ। यो सोचाइलाई मैले सन्तुलनमा राख्दै आएको छु।
युवतीहरूलाई प्रेम गर्न देखावटी पनि बन्नुपर्छ भन्ने गुनासो धेरै युवकहरूको छ। के भन्नुहुन्छ?
जोडीअनुसार भर पर्छ। कुनै युवतीलाई फूल दिनुपर्ने वा आई लभ यु नै भन्नुपर्ने हुनसक्छ भने कुनै युवतीले युवकका व्यवहारबाटै पनि प्रेम महसुस गर्लिन्। यस्तो अवस्थामा आफ्नी प्रेमिका जस्तो छे, त्यस्तै व्यवहार देखाउनुको विकल्प छैन।
पहिलो भेटमै कुनै मान्छेमाथि भरोसा गर्न सकिन्छ?
पहिलो वा सुरुसुरुका भेटमा सबैले आफ्नो मार्केटिङ गर्छन्। राम्रा-राम्रा पक्षमात्र प्रस्तुत गर्छन्। त्यसैले भरोसा गरिहाल्न मिल्दैन। कुनैकुनै परिपक्व मान्छे पनि होला, जसले पहिलो भेटमै जस्तो पनि मान्छे चिन्न सक्छ।
अर्को वर्षको भ्यालेन्टाइन्स डेमा तपाई कसैको लोग्ने भइसक्नु हुन्छ?
अहिलेसम्मको अवस्था र आत्मीयतालाई हेर्दा पक्कै भइसक्छु।
बिहेपछि हनिमुनको औपचारिकता पूरा गर्नुहुन्छ?
प्रेममा मान्छेका भावना लगभग एकैखाले हुन्छ। प्रेम दर्शाउने व्यवहार मात्रै फरक हुने हो। कोही बाहिरबाट रोमान्टिक होला, कोही भित्रबाट मात्र। प्रेम, बिहे र परिवारका बारेमा अरू मान्छेमा जस्तो भावना हुन्छ, मेरो पनि त्यस्तै हुन्छ। हनिमुन जान सकिन्छ। यही ठाउँ वा यही समय भन्ने चाहिँ छैन।


---
-- दीपेन्द्र लामा, नागरिक 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis