CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बौद्धमा एक तिब्बतीले आफूलाई जिउँदै जलाए

बौद्धमा एक तिब्बतीले आफूलाई जिउँदै जलाए


काठमाडौँ, फागुन २ (एएफपी) - एक तिब्बती पुरुषले नेपालको बौद्धमा रहेको रेस्टुरेन्टमा आज बिहान आफूलाई जिउँदै जलाएको प्रहरीले बताएको छ। उनको अवस्था अहिले चिन्ताजनक रहेको छ। सन् २००९ देखि सुरु भएको तिब्बती आत्मदाहको यो सयौँ घटना हो। प्रहरी प्रवक्ता केशव अधिकारीले एएफपीलाई बताए अनुसार बौद्धनाथ स्तुपनजिकै
रहेको रेस्टुरेन्टमा पेट्रोल खन्याई ती युवकले आफै आगो लगाएका थिए। बिहान ८ बजेर २० मिनेटतिर शौचालयमा गई जिउमा पेट्रोल खन्याई आगो लगाएको उनले बताए।
ब्रेकफास्ट खाइरहेका पर्यटकहरुले देखेपछि सहयोगका लागि चिच्याएको र नजिकै गस्तीमा रहेको प्रहरीलाई बोलाएको उनले जानकारी दिए। प्रहरीले आगो निभाई उनलाई अस्पतालमा पठाएको थियो।
भारतको धर्मशालामा रहेको निर्वासित तिब्बती सरकारका अनुसार यसअघि ९९ जना तिब्बतीले आत्मदाह गरेका छन्। ती मध्ये ८३ जनाको मृत्यु भएको छ।
दलाई लामाको कार्यालयद्वारा पुष्टि
नयाँ दिल्ली, फागुन २ (एएफपी)- दलाई लामाको कार्यालयले नेपालमा एक भिक्षुले आज बिहान गरेको आत्मदाह प्रयास सन् २००९ देखि भएको चिनियाँ शासनविरुद्धको १०० औँ विरोध भएको बताएको छ। "यो १०० औँ आत्मदाह प्रयास भएको हामी पुष्टि गर्छौँ", नयाँ दिल्लीस्थित दलाई लामाको कार्यालयका प्रतिनिधि टेम्पा छिरिङले बताए। उनले आफैलाई जलाउने भिक्षुको निर्णय 'निकै दुर्भाग्यपूर्ण' भएको बताए।

तस्बिरः एएफपी

नागरिक 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis