ब्रेकफास्ट खाइरहेका पर्यटकहरुले देखेपछि सहयोगका लागि चिच्याएको र नजिकै गस्तीमा रहेको प्रहरीलाई बोलाएको उनले जानकारी दिए। प्रहरीले आगो निभाई उनलाई अस्पतालमा पठाएको थियो।
भारतको धर्मशालामा रहेको निर्वासित तिब्बती सरकारका अनुसार यसअघि ९९ जना तिब्बतीले आत्मदाह गरेका छन्। ती मध्ये ८३ जनाको मृत्यु भएको छ।
दलाई लामाको कार्यालयद्वारा पुष्टि
नयाँ दिल्ली, फागुन २ (एएफपी)- दलाई लामाको कार्यालयले नेपालमा एक भिक्षुले आज बिहान गरेको आत्मदाह प्रयास सन् २००९ देखि भएको चिनियाँ शासनविरुद्धको १०० औँ विरोध भएको बताएको छ। "यो १०० औँ आत्मदाह प्रयास भएको हामी पुष्टि गर्छौँ", नयाँ दिल्लीस्थित दलाई लामाको कार्यालयका प्रतिनिधि टेम्पा छिरिङले बताए। उनले आफैलाई जलाउने भिक्षुको निर्णय 'निकै दुर्भाग्यपूर्ण' भएको बताए।
तस्बिरः एएफपी
नागरिक
