CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सुख स्पर्शको

सुख स्पर्शको

Health
काठमाडौ, फाल्गुन १२ - दुःखमा परेका बेला कसैले पिठिउँमा यसो सुमसुम्याउँदा, सुखमै रहेका बेला खुसी बाँड्न कसैले गाला मुसार्दा वा आलिंगनबद्ध गर्दा नरमाउने मान्छे को होला ? मानिस मात्र होइन, जनावरहरू पनि रमाउँछन्, कसैले स्पर्श गर्दा । तर यस्तो किन हुन्छ त ? कसैले सहानुभूति दर्साउन वा प्रेम प्रकट
गर्न स्पर्श गर्दा हामीलाई सुखानुभूति के कारणले हुन्छ ?
यसको कारण वैज्ञानिकहरूले पत्ता लगाएका छन् । मानिस वा जनावरको छालामा विशेष प्रकारका संवेदनशील कोषिका हुन्छन् । कसैले स्पर्श गर्दा ती कोषिकाले प्रतिक्रिया जनाउने गर्छन् ।
 स्पर्शको आनन्द मानिस र जनावर दुवैले उठाउने गरे पनि यसको कारण भने थाहा थिएन । मानिसको छाला सबैभन्दा सम्वेदनशील अंग हो । यसले सुमसुम्याइ, सुखद स्पर्श, चिमोटयाइ, काटेको, डढेको जस्तो स्पर्शमा फरक छुटयाउँछ ।
क्यालिफोर्निया इन्स्िटच्युट अफ टेक्नोलजीका अनुसन्धानकर्ताहरूले मुसामा परीक्षण गरेपछि उपर्युक्त तथ्य पत्ता लगाएका हुन् । उनीहरूका अनुसार, छालामा भएका विशेष प्रकारका सम्वेदशील न्युरोनले सुम्सुम्याउँदा प्रतिक्रिया दिने गर्छन् ।
अनुसन्धानकर्ता डेभिड एडरसन भन्छन्, 'हामीलाई ती न्युरोनका बारेमा धेरै जानकारी छ जसले चोट वा दुखाइ अनुभव गर्छन् । तर यसअघिसम्म सुखद अनुभव दिने न्युरोनहरूका बारेमा जानकारी थिएन ।'

--कान्तिपुर


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis