CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपाली बिकिनी ग्ल्यामर: स्विम सुट

नेपाली बिकिनी ग्ल्यामर: स्विम सुट


फाल्गुन ११ - चैत लागेपछि गर्मीका दिन सुरु हुन्छन् । गर्मी छल्न राजधानीमा विभिन्न क्लब, तारे होटल, पुलिस क्लब र रंगशालाको स्विमिङ पुलमा पौडिनेको भीड देखिने गर्छ । अझै पनि आउटडोर स्विमिङका लागि नेपाली केटीहरू कमै तयार हुन्छन् । यसको एउटै कारण स्विम सुट या बिकिनी लगाउन अप्ठ्यारो मान्नु ।

नेपालमा पनि विस्तारै क्यालेन्डर तथा पत्रपत्रिकाका लागि फोटो सुटमा मोडलहरु
बिकिनीमा देखिन थालेका छन् । अन्तर्राष्ट्रिय जगत्मा सन् १९१३ देखि बिकिनी लगाउने ट्रेन्ड सुरु भएको हो । त्यतिबेला ओलम्पिकमा आफ्नो परफरमेन्सलाई सजिलो बनाउन कार्ल जान्जटेनले टु पिस स्विमिङ कस्ट्युम लगाएकी थिइन् । 

त्यो टाइट फिटिङ सर्ट्स र टिसर्टको एउटा रूप मान्न सकिन्छ । स्विमिङ बिकिनी विवादको कारण बन्न सक्ने डरले यस्तो गरिएको थियो । नेपालको कुरा गर्दा झट्ट याद हुन्छ, करिश्मा मानन्धरको । उनले कस्तूरी चलचित्रमा स्विम सुटमा दृश्य दिएकी छन् । त्यसपछि नेपाली चलचित्रमा कृष्टि मैनालीले पनि हाम्रो समाजले बिकिनीको 'सभ्य' रूपमा लिने गरेको शरीरको केही बढी भाग छोपिने स्विम सुट लगाएकी थिइन् । 

चलचित्र बाहिर पुजना प्रधानले बिकिनी लगाएर फोटो सुट गराएकी छन् । त्यो फोटो सुटले उनी बढी चर्चामा पनि रहिन् । अहिले मिस नेपालको ताज पहिरिने सबै सुन्दरी जब अन्तर्राष्ट्रियस्तरको कम्पिटिसनमा जान्छन् । सबैले बिकिनीमा फोटो सेसन गराएकै छन् । राजधानीका स्विमिङ पुलमा पनि एकाध केटी बिकिनीमा देखिन्छन् । 

झन्डै डेढ महिनाअघि सीएनआई मिडियाले गरेको एक शोमा बिकिनी प्रदर्शन पनि समावेश थियो । यही शो विराटनगरमा पनि भएको थियो । विस्तारै राजधानीमा स्विम गर्न चाहने केटीहरूको संख्या बढ्दै गएको र शोमा पनि यसलाई समावेश गर्न थालिएकाले चार वर्षयता बिकिनी तथा स्विम सुटको बिक्री पनि बढेको न्युरोडस्थित व्यापारी बताउँछन् । 

अन्तर्राष्ट्रियस्तरमा १९१३ देखि सुरु भएको यसको स्वरूप परिवर्तन हुँदै आएको छ । अझ भनौं लगाउने तरिकामा विशेष परिवर्तन भएको हो । सन् १९३० देखि ४० सम्मको समयमा युरोपेली केटी तथा युवतीहरूले स्विम सुट या टु पिस बिकिनीमा स्किनसँग मिल्दो भित्री लुगा पनि लगाउँथे । 

परिवर्तित भइरहेको फेसन वल्र्डमा सन् १९४६ मा पेरिसका डिजाइनर ज्याक्यु हाइमले विश्वकै सानो स्विम सुट बनाए । हाइमले स्विम सुट बनाएको एक वर्ष भित्रै अर्का डिजाइनरले मात्र ३० इन्चको -हाइमको भन्दा सानो) स्विम सुट बनाए । उनले बनाएको यो डिजाइनलाई बिकिनी भनिएको थियो । इली फेसन म्यागेजिनका अनुसार सन् पचासको दशकमा युरोप, अधिकांश क्याथोलिक मुलुकहरू र मिस वल्र्ड प्याजेन्टमा बिकिनी 'ब्यान' गर्ने प्रयास भएको थियो । तर ५० हजार फ्यानको सहयोगमा रियार्ड कम्पनीले आफ्नो बिकिनी बजारमा सार्वजनिक गरेको थियो । त्यसपछि सन् १९५७ मा क्यानन फिल्म फेस्टिबलका क्रममा प|mान्सको दक्षिणी भागमा रहेको सबै बिचमा प|mेन्च हिरोइन बि्रगिट बारडटले बिकिनी लगाएको फोटो राखिएपछि तहल्का भएको थियो । उनकै पाइला पछ्याउँदै हलिउड स्टार मर्लिन मुनरे र स्थर विलियम्सले पनि बिकिनीमा फोटो खिचाएका थिए । 

सन् १९६० मा प्लेब्वोय म्यागेजिनले आफ्नो कभरमा बिकनी राखेको इलीको हिस्ट्री अफ बिकिनीमा उल्लेख छ । त्यसयता सन् १९६३ मा अमेरिकी स्टार एनिट फनिसेलोले बिच पार्टीमा लगाएको बेबी पिंक बिकिनीले अमेरिका वाइल्ड भएको थियो । त्यतिमात्र होइन 'बिच ब्वोय' हरूले 'क्यालिफोर्निया गल्र्स', सफिर्न सफारी' जस्ता उनीमाथि गीत नै लेखेका थिए । 

त्यसयता बिकिनी अफिसियली मेनस्टि्रममा आएको मानिन्छ । विस्तारै बिकिनीलाई फरक-फरक फेबि्रकमा बनाउन थालियो । यहाँसम्मकी गोल्ड मेटलको बिकिनी पनि बनाइएको थियो । त्यसलाई स्टार वार्सको छैटौं एपिसोडमा पि्रन्सेस लियाले लगाएकी थिइन् । इलीका अनुसार सन् १९८८ यता बिकिनीको पपुलारिटी निकै बढेको हो । 

अहिले बिकिनी एउटा आउटफिटकै रूपमा पनि बन्ने गरेको छ । सन् २०१० मा इभा हर्जिगभाले रेट्रो लुकिङ लेदरको बिकिनी लगाएकी थिइन् । त्यसमाथि आउटर प्रयोग गरिएको थियो । त्यसयता पनि बिकिनीमा धेरै एक्सपेरिमेन्ट हुँदै आएका छन् । अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा मात्र नभएर विस्तारै यस्ता नेपाली कम्पिटिसनमा सौन्दर्य नाप्ने एउटा टुल पनि बन्न थालेको छ, स्विम सुट ।
--शिला पाण्डे, कान्तिपुर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis